एमालेसँग तत्काल पार्टी एकताको सम्भावना छैन : प्रचण्ड

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा (एमाले) सँग तत्काल पार्टी एकताको सम्भावना नरहेको बताएका छन्। राष्ट्रिय स्वाधीनता, लोकतान्त्रिक अधिकार र देशको हितका विषयमा आवश्यकताअनुसार सहकार्य गर्न सकिने भए पनि त्यसलाई पार्टी एकताका रूपमा बुझ्न नहुने उनको भनाइ छ। शनिबार काठमाडौँस्थित पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित ‘पार्टी जागरण अभियान’को शुभारम्भ कार्यक्रममा सञ्चारकर्मीसँग कुरा गर्दै दाहालले नेपाली कम्युनिस्ट पार्टी र एमालेको राजनीतिक दृष्टिकोण तथा कार्यशैली फरक रहेको दाबी गरे। उनले आफ्नो पार्टी भ्रष्टाचारविरुद्ध र सुशासनको पक्षमा उभिएको उल्लेख गर्दै एमालेमाथि सुशासनको सवालमा कमजोर देखिएको आरोप लगाए। दाहालले तत्कालीन नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) लगायत २६ वटा साना–ठूला कम्युनिस्ट घटक एकीकृत भएर नेपाली कम्युनिस्ट पार्टी गठन भएको बताए। पार्टीको नाम परिवर्तन हुँदैमा राजनीतिक विचार, उद्देश्य र जनपक्षीय एजेन्डा समाप्त नहुने उनको भनाइ थियो। उनले वर्तमान पार्टीलाई विघटन नभई विभिन्न कम्युनिस्ट शक्तिको रूपान्तरण र एकीकरणका रूपमा व्याख्या गरे। एमाले र नेपाली कांग्रेसबीचको गठबन्धनप्रति टिप्पणी गर्दै दाहालले संसद्का दुई ठूला दल मिलेर आफूलाई सरकारबाट हटाएको स्मरण गरे। सुशासन, सामाजिक न्याय र समृद्धिका लागि अभियान सञ्चालन गरिरहेका बेला आफू नेतृत्वको सरकार विस्थापित गरिएको उनको दाबी थियो। उनले दुई ठूला दलको गठबन्धनले मुलुकमा राजनीतिक तथा संवैधानिक जटिलता निम्त्याउन सक्ने भन्दै यसअघि नै सचेत गराएको पनि बताए। ‘हामी भ्रष्टाचारविरुद्ध लड्ने र सुशासन, सामाजिक न्याय तथा समृद्धिका लागि प्रतिबद्ध छौँ। राष्ट्रिय स्वाधीनता, लोकतान्त्रिक अधिकार र देशको हितका लागि आवश्यक परे जोसँग पनि सहकार्य गर्न तयार छौँ। तर यसको अर्थ एमालेसँग पार्टी एकता हुन्छ भन्ने होइन,’ दाहालले स्पष्ट पारे। उनले कम्युनिस्ट आन्दोलनको भविष्यबारे उठाइने प्रश्न र आलोचना नयाँ नभएको उल्लेख गर्दै विगतमा पनि यस्तै निराशाजनक भाष्य निर्माण हुने गरेको बताए। २०४६ सालको जनआन्दोलनपछि समेत कम्युनिस्ट आन्दोलनको सम्भावनाबारे संशय व्यक्त गरिएको स्मरण गर्दै उनले परिवर्तनका लागि आफूहरूले निरन्तर संघर्ष गरेको बताए। सामाजिक सञ्जाल र नयाँ प्रविधिको प्रभावका बीच कम्युनिस्ट आन्दोलनको सान्दर्भिकतामाथि प्रश्न उठिरहेका बेला दाहालले आलोचना र नकारात्मक प्रचारमा अल्झिनुभन्दा राजनीतिक लक्ष्य तथा जनताका मुद्दामा केन्द्रित हुनुपर्नेमा जोड दिए। उनले पार्टीभित्र विभिन्न घटकका विचार र भावनालाई समेट्दै आन्दोलनलाई थप सशक्त बनाउने प्रतिबद्धता व्यक्त गरे। दाहालका अनुसार राष्ट्रिय मुद्दामा राजनीतिक दलहरूबीच सहकार्य सम्भव भए पनि पार्टी एकताका लागि इतिहास, राजनीतिक पृष्ठभूमि र वैचारिक भिन्नताबारे गम्भीर समीक्षा आवश्यक हुन्छ।
Read Complete Original Article
Published originally on नेपालन्युज
Related News

बालेन सरकार : रहस्य नै रहस्यमा छ महिना पार
प्रधानमन्त्री बालेन शाहले सरकारको नेतृत्व सम्हालेको लगभग सात महिना पुग्न लागेको छ। संविधानतः बहुमतप्राप्त सरकारको आयु पाँच बर्ष हुने भएपनि नेपालमा औसत सरकारहरुको आयु नै छ–सात महिना हुने गरेको सन्दर्भमा चाहिँ यो अवधि कम होइन। विहानीले दिउँसोको संकेत गर्नुपर्नेमा मध्यान्ह हुँदासमेत सरकारले आफूलाई कुनै पृथक रुपमा प्रस्तुत गर्न सकेन। यस अवधिमा अघिल्ला सरकारहरूभन्... ...

हारको संघारमा पुगेको भारतको सनसनीपूर्ण जित, तिलक र नितिशले कोरे विजयरेखा
तिलकले २६ बलमा अविजित रहँदै ५१ रन बनाए भने नितिशले १३ बलमा अविजित रहँदै २६ रनको योगदान दिए। ...

तनहुँको जामुनेमा तीन वटा सवारी साधन ठोक्किए
दमौलीबाट पोखरातर्फ जाँदै गरेको बा १९ च १४७७ नम्बरको स्कारपिओ र विपरीत दिशाबाट आउँदै गरेको ग १ ज ९००८ नम्बरको ईभी माइक्रो एकआपसमा ठोक्किएका थिए । ...

तनहुँको जामुनेमा तीन वटा सवारी साधन ठोक्किए, दुई जना घाइते
पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–२ जामुनेस्थित पृथ्वीराजमार्गमा आज तीन सवारीसाधन एकआपसमा ठोक्किँदा दुई जना घाइते भएका छन्। दमौलीबाट पोखरातर्फ जाँदै गरेको बा १९ च १४७७ नम्बरको स्कारपिओ र विपरीत दिशाबाट आउँदै गरेको ग १ ज ९००८ नम्बरको ईभी माइक्रो एकआपसमा ठोक्किएका थिए। ठक्करपछि अनियन्त्रित भएको स्कारपिओ डिभाइडर नाघेर विपरीत लेनमा पुगेको र पो... ...


