Thursday, November 19, 2026||
MultiKhabarMultiKhabar

एमालेको राष्ट्रिय भेला हाटबजार जस्तो होइन : अध्यक्ष ओली

Share:WhatsAppFacebookX (Twitter)Telegram
एमालेको राष्ट्रिय भेला हाटबजार जस्तो होइन : अध्यक्ष ओली
Photo / Coverage: जनताटाइम्स

काठमाडौं, मंसिर ३। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीका नेता तथा कार्यकर्तामा अनुशासनको कमी देखिएको भन्दै राष्ट्रिय भेलामा अनुशासित भएर बस्न निर्देशन दिनुभएको छ। राष्ट्रिय भेलाको दोस्रो दिन बिहीबार बन्दसत्रको अध्यक्षता ग्रहण गर्दै अध्यक्ष ओलीले भेलाको गरिमा र मर्यादा कायम राख्न सहभागी नेता तथा कार्यकर्तालाई आग्रह गर्नुभएको हो। उहाँले एमालेजस्तो अनुशासित पार्टीको राष्ट्रिय भेलामा सहभागीहरू पनि अनुशासनमा रहनुपर्नेमा जोड दिनुभयो। ‘एमालेजस्तो अनुशासित पार्टीको भेला अनुशासनमा रहनुपर्‍यो,’ उहाँले भन्नुभयो। भेलाको पहिलो दिन उद्घाटन तथा बन्दसत्रका क्रममा सहभागीहरू बीचमै हलबाट बाहिरिने, कार्यक्रमप्रति पर्याप्त चासो नदेखाउने तथा अनधिकृत व्यक्तिहरूसमेत प्रवेश गरेको देखिएपछि अध्यक्ष ओलीले दोस्रो दिन भने सहभागी र स्वयंसेवकलाई अनुशासन पालनामा कडाइ गर्न निर्देशन दिनुभएको हो। अध्यक्ष ओलीले भेलामा सहभागीहरू कार्यक्रम नसकिँदै बाहिरिने प्रवृत्तिप्रति असन्तुष्टि जनाउँदै राष्ट्रिय भेलालाई व्यवस्थित र मर्यादित बनाउनुपर्ने बताउनुभयो। ‘भेलालाई भेला जस्तो बनाउनुपर्छ। हिजो अन्तिममा फाट्टफुट्ट साथीहरू मात्रै थिए। घरका मान्छेहरूले सोधे भने के गर्ने होला ? स्वास्थ्य समस्या भए नजिकै डाक्टरहरू हुनुहुन्छ। उहाँहरूको अनुमतिमा जानुहोला। शौचका लागि नजिकै शौचालयमा जानुहोला। कार्यक्रम सक्कियो कि सक्किएन भन्ने जस्तो भयो,’ उहाँले भन्नुभयो। उहाँले पार्टीको राष्ट्रिय भेलालाई सामान्य जमघट वा अव्यवस्थित कार्यक्रमका रूपमा लिन नहुने टिप्पणी गर्दै भन्नुभयो, ‘एमालेको राष्ट्रिय भेला हाटबजार जस्तो होइन।’ अध्यक्ष ओलीको अभिव्यक्तिले भेलाको पहिलो दिन देखिएको अव्यवस्थाप्रति नेतृत्व असन्तुष्ट रहेको संकेत गरेको छ। पार्टीको राष्ट्रिय भेलाजस्तो महत्वपूर्ण कार्यक्रममा नेता तथा कार्यकर्ताको उपस्थिति, सहभागिता र अनुशासनलाई नेतृत्वले गम्भीरतापूर्वक लिनुपर्ने उहाँको भनाइ थियो।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on जनताटाइम्स

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
एमाले उपाध्यक्ष बादल भन्छन्- आगामी चुनाव सामान्य हुँदैन, फासीवादी र राष्ट्रवादी शक्तिबीच भीषण संघर्ष हुन्छ
PoliticsJust now

एमाले उपाध्यक्ष बादल भन्छन्- आगामी चुनाव सामान्य हुँदैन, फासीवादी र राष्ट्रवादी शक्तिबीच भीषण संघर्ष हुन्छ

नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा (बादल)ले आगामी निर्वाचन फासीवादी तथा पपुलिस्ट शक्तिहरू र लोकतान्त्रिक तथा राष्ट्रवादी शक्तिहरूबीचको भीषण संघर्ष हुने बताएका छन् । पार्टीले काठमाडौंमा आयोजना गरेको दुईदिने राष्ट्रिय भेलालाई आज सम्बोधन गर्दै उनले राष्ट्रिय स्वाधीनता, लोकतन्त्र र समृद्धिका लागि संघर्षको विकल्प नभएको बताए । ‘विगतको निर्वाचन पपुलिस्ट तथा फासीवादी शक्तिहरू र लोकतान्त्रिक तथा राष्ट्रवादी शक्तिहरूबीचको भीषण संघर्षका रूपमा रहेको थियो । ...

फरकधार
ओलीको गम्भीर आरोप : सामाजिक सञ्जालसँगै सुरक्षा निकाय पनि प्रयोग गरेर एमालेलाई हराइयो
PoliticsJust now

ओलीको गम्भीर आरोप : सामाजिक सञ्जालसँगै सुरक्षा निकाय पनि प्रयोग गरेर एमालेलाई हराइयो

काठमाण्डु- नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीले व्यहोरेको पछिल्लो निर्वाचनको धक्का आन्तरिक कमजोरीका कारण मात्रै नभई निर्वाचनअघि नै आफू नेतृत्वको सरकार विस्थापन गर्ने प्रक्रियाबाट सुरु भएको बताएका छन्। उनले सामाजिक सञ्जाल, एल्गोरिदम र सुरक्षा निकायको प्रयोग गरेर एमालेलाई जनताबाट टाढा पुर्‍याइएको तथा निर्वाचनमा पराजित गरिएको आरोप लगाएका छन्। पार्टीको राष्ट्रिय भेलाको दोस्रो दिन सम्बोधन […] ...

काठमाण्डुपाटी
अस्ट्रेलियामा अभिभावक भिसा बन्द गर्ने प्रस्ताव, नेपालीसहित हजारौँ आप्रवासी परिवार प्रभावित हुने
PoliticsJust now

अस्ट्रेलियामा अभिभावक भिसा बन्द गर्ने प्रस्ताव, नेपालीसहित हजारौँ आप्रवासी परिवार प्रभावित हुने

अस्ट्रेलियाको आप्रवासन नीतिलाई थप कडा बनाउने प्रस्तावसहित दक्षिणपन्थी राजनीतिक दल वान नेसनले आप्रवासीका अभिभावकलाई दिइँदै आएको स्थायी भिसा कार्यक्रम बन्द गर्ने घोषणा गरेको छ। दलकी नेतृ तथा सिनेटर पाउलिन ह्यान्सनले बुधबार सार्वजनिक गरेको नयाँ आप्रवासन नीतिअनुसार अस्ट्रेलियामा बसोबास गर्ने आप्रवासीका बाबुआमा तथा हजुरबुबा–हजुरआमालाई स्थायी रूपमा अस्ट्रेलिया आउन दिने हालको भिसा कार्यक्रम अन्त्य गरिनेछ । यो प्रस्ताव लागू भए अस्ट्रेलियामा रहेका नेपालीसहित विभिन्न ...

फरकधार
म कर्मचारी कि दलाल
PoliticsJust now

म कर्मचारी कि दलाल

कविता: म कर्मचारी कि दलाल कवि: प्रेमप्रसाद संजेल“खतरा” म कानमा लाउने सुनको दलाल म तिहुनमा लाउने नुनको दलाल म... ...

सिंहदरबार न्युज
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play