Wednesday, November 18, 2026||
MultiKhabarMultiKhabar

एमालेको राष्ट्रिय भेला आजदेखि, ओलीको नेतृत्वमा पार्टीको राजनीतिक दिशा र चुनावी रणनीति तय गर्ने तयारी

Share:WhatsAppFacebookX (Twitter)Telegram
एमालेको राष्ट्रिय भेला आजदेखि, ओलीको नेतृत्वमा पार्टीको राजनीतिक दिशा र चुनावी रणनीति तय गर्ने तयारी
Photo / Coverage: जनताटाइम्स

काठमाडौं, मंसिर २ । नेकपा एमालेको राष्ट्रिय भेला आजदेखि काठमाडौंमा सुरु हुँदैछ । पार्टीको आगामी राजनीतिक कार्यदिशा स्पष्ट पार्ने, संगठनलाई थप सक्रिय बनाउने र स्थानीय तहको निर्वाचनको तयारीलाई तीव्रता दिने उद्देश्यसहित एमालेले राष्ट्रिय भेला आयोजना गरेको हो । काठमाडौंको बबरमहलस्थित कार्की ब्यांक्वेटमा बिहान ११ बजेदेखि सुरु हुने भेलामा सहभागी हुन देशका विभिन्न भागबाट अधिकांश प्रतिनिधि काठमाडौं आइपुगिसकेको पार्टीले जनाएको छ । एमालेका उपमहासचिव लेखराज भट्टका अनुसार भेलामा राष्ट्रिय राजनीतिक परिस्थिति, पार्टीको आगामी रणनीति, संगठनात्मक गतिविधि तथा स्थानीय तहको निर्वाचनको तयारीलगायत विषयमा छलफल हुनेछ । विशेषगरी गत असोज ५ देखि ८ गतेसम्म बसेको केन्द्रीय कमिटी बैठकले गरेका निर्णय कार्यान्वयनमा एकरूपता कायम गर्ने र पार्टीले आगामी दिनमा गर्नुपर्ने १५ वटा महत्वपूर्ण कामका विषयमा भेलाले दिशा निर्देश गर्नेछ । हिजो बसेको पार्टी स्थायी कमिटी बैठकले राष्ट्रिय भेलामा प्रस्तुत हुने एजेन्डासमेत अनुमोदन गरिसकेको छ । भेलामा केन्द्रीय कमिटीका सदस्य, प्रदेश तथा जिल्ला कमिटीका पदाधिकारी, पालिका कमिटीका अध्यक्ष र उपाध्यक्ष, जनसंगठनका प्रतिनिधि, केन्द्रीय निकायका सदस्य, संघीय तथा प्रदेश सांसद र स्थानीय तहका प्रमुख तथा उपप्रमुख सहभागी हुनेछन् । यसले भेलालाई पार्टीको केन्द्रीय नेतृत्वदेखि स्थानीय तहसम्मका नेतृत्व र जनप्रतिनिधि सहभागी हुने महत्वपूर्ण राजनीतिक जमघटका रूपमा स्थापित गरेको छ । एमालेले राष्ट्रिय राजनीतिको दिशा स्पष्ट पार्ने र निर्वाचनको तयारी गर्ने उद्देश्य देखाए पनि यस भेलालाई सामान्य सांगठनिक छलफलका रूपमा मात्र हेर्न मिल्दैन । पार्टीको केन्द्रीय नेतृत्व, प्रदेश तथा जिल्ला तहका पदाधिकारी र जनप्रतिनिधिलाई एकै ठाउँमा भेला गरेर नेतृत्वको राजनीतिक सन्देश तल्लो तहसम्म पुर्‍याउने तथा संगठनलाई एउटै रणनीतिमा परिचालन गर्ने प्रयासका रूपमा समेत यसलाई हेरिएको छ । स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै पार्टीको जनाधार बलियो बनाउने, संगठनात्मक कमजोरी पहिचान गर्ने र नेता–कार्यकर्तालाई चुनावी अभियानका लागि तयार पार्ने विषय भेलाको महत्वपूर्ण प्राथमिकतामा रहने देखिन्छ । साथै, समसामयिक राष्ट्रिय राजनीतिक परिस्थितिबारे पार्टीको आधिकारिक धारणा तय गर्ने र आगामी राजनीतिक गतिविधिमा एमालेको भूमिका कस्तो रहने भन्ने विषयमा पनि भेलाको छलफल अर्थपूर्ण हुने अपेक्षा गरिएको छ । भेलाको उद्घाटन पार्टी अध्यक्ष केपी शर्मा ओलीले गर्ने कार्यक्रम छ । उद्घाटन समारोहमा अध्यक्ष ओलीसहित वरिष्ठ नेता विद्यादेवी भण्डारी, उपाध्यक्षद्वय रामबहादुर थापा र विष्णु पौडेल तथा महासचिव शंकर पोखरेलले सम्बोधन गर्ने कार्यक्रम रहेको पार्टीको प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यले जानकारी दिनुभएको छ । नेतृत्व तहदेखि स्थानीय जनप्रतिनिधिसम्मको सहभागिता रहने यस भेलाबाट एमालेले कस्तो राजनीतिक सन्देश प्रवाह गर्छ, संगठन परिचालनका लागि कस्ता निर्णय लिन्छ र स्थानीय निर्वाचनलाई लक्षित गरेर कस्तो रणनीति अघि सार्छ भन्ने विषयलाई राजनीतिक वृत्तले चासोका साथ हेरेको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on जनताटाइम्स

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
निजामती कर्मचारीको ट्रेड युनियन खारेज गर्ने सरकारको निर्णयविरुद्धको मुद्दा संवैधानिक इजलासमा
PoliticsJust now

निजामती कर्मचारीको ट्रेड युनियन खारेज गर्ने सरकारको निर्णयविरुद्धको मुद्दा संवैधानिक इजलासमा

सर्वोच्च अदालतले निजामती कर्मचारीहरुको ट्रेड युनियन खारेज गर्ने सरकारको निर्णयलाई संवैधानिक इजलासबाट छिनोफानो गर्ने भएको छ । न्यायाधीशहरु टेकप्रसाद ढुंगाना र चन्द्रबहादुर सारुको इजलासले कर्मचारीहरुको ट्रेड युनियन खारेज गर्ने सरकारको निर्णय विरुद्ध परेको रिट निवेदनलाई संवैधानिक इजलासमा पठाउने आदेश गरेको हो । नेपाल निजामती कर्मचारी संगठनको केन्द्रीय कार्यसमितिको तर्फबाट भवानी दाहालले सरकारको निर्णय विरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेकी थिइन् । सर्वोच्च ...

फरकधार
प्रधानमन्त्रीलाई हर्क साम्पाङको सुझाव : राष्ट्रहितविपरीत कुनै पनि कागजमा हस्ताक्षर नगर्नु, जे दिन्छन् टन्न खाइ-पिइ आउनु
PoliticsJust now

प्रधानमन्त्रीलाई हर्क साम्पाङको सुझाव : राष्ट्रहितविपरीत कुनै पनि कागजमा हस्ताक्षर नगर्नु, जे दिन्छन् टन्न खाइ-पिइ आउनु

काठमाडौं, मंसिर २ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्री बालेन्द्र शाहलाई भारत भ्रमणका क्रममा राष्ट्रिय हितविपरीत कुनै पनि सन्धि तथा सम्झौतामा हस्ताक्षर नगर्न सुझाव दिनुभएको छ । प्रधानमन्त्री शाह भारत भ्रमणमा जान लाग्नुभएको सन्दर्भमा अध्यक्ष साम्पाङले मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो सुझाव सार्वजनिक गर्नुभएको हो । उहाँले प्रधानमन्त्रीलाई भारत भ्रमणका क्रममा नेपालको नदी, नाला, खनिज तथा सिमानासँग सम्बन्धित राष्ट्रिय ...

जनताटाइम्स
जलवायु परिवर्तनको जोखिममा अस्ट्रेलिया, एक वर्षमै २६ स्थान माथि उक्लियो
PoliticsJust now

जलवायु परिवर्तनको जोखिममा अस्ट्रेलिया, एक वर्षमै २६ स्थान माथि उक्लियो

जलवायु परिवर्तनका कारण उत्पन्न चरम मौसमी घटनाबाट सबैभन्दा बढी प्रभावित हुने देशहरूको विश्वव्यापी सूचीमा अस्ट्रेलिया २६ स्थान माथि उक्लिएको छ । सन् २०२४ मा ५५औँ स्थानमा रहेको अस्ट्रेलिया पछिल्लो प्रतिवेदनमा शीर्ष ३० प्रभावित देशभित्र परेको छ । खडेरी र अतिवृष्टि दुवैको सामना गर्दै आएको देशका रूपमा चिनिने अस्ट्रेलियामा पछिल्ला वर्षहरूमा जलवायुजन्य विपद्को जोखिम बढ्दै गएको पछिल्लो प्रतिवेदनले देखाएको छ । जर्मनीस्थित वातावरणीय ...

फरकधार
अनुपस्थित र बिनास्वीकृति बिदामा बसेका ७ इन्जिनियरलाई पूर्वाधार विकास मन्त्रालयले सेवाबाट हटायो
PoliticsJust now

अनुपस्थित र बिनास्वीकृति बिदामा बसेका ७ इन्जिनियरलाई पूर्वाधार विकास मन्त्रालयले सेवाबाट हटायो

पूर्वाधार विकास मन्त्रालयले कार्यालयमा अनुपस्थित भएको तथा स्वीकृतिबिना बिदामा बसेको कसुरमा सात जना इन्जिनियरलाई सरकारी सेवाबाट हटाएको छ । नेपाल इन्जिनियरिङ सेवा, सिभिल इन्जिनियरिङ समूह, बिल्डिङ एन्ड आर्किटेक्ट उपसमूहका राजपत्रांकित तृतीय श्रेणीका सात जना इन्जिनियरलाई सेवाबाट हटाइएको हो । सेवाबाट हटाइएकामध्ये ६ जना कार्यालयमा हाजिर नभएको र एक जना स्वीकृत नगराई बिदामा बसेको कसुरमा कारबाहीमा परेका छन् । कार्यालयमा हाजिर नभएको कसुरमा सेवाबाट ...

फरकधार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play