Wednesday, November 18, 2026||
MultiKhabarMultiKhabar

प्रधानमन्त्रीलाई हर्क साम्पाङको सुझाव : राष्ट्रहितविपरीत कुनै पनि कागजमा हस्ताक्षर नगर्नु, जे दिन्छन् टन्न खाइ-पिइ आउनु

Share:WhatsAppFacebookX (Twitter)Telegram
प्रधानमन्त्रीलाई हर्क साम्पाङको सुझाव : राष्ट्रहितविपरीत कुनै पनि कागजमा हस्ताक्षर नगर्नु, जे दिन्छन् टन्न खाइ-पिइ आउनु
Photo / Coverage: जनताटाइम्स

काठमाडौं, मंसिर २ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्री बालेन्द्र शाहलाई भारत भ्रमणका क्रममा राष्ट्रिय हितविपरीत कुनै पनि सन्धि तथा सम्झौतामा हस्ताक्षर नगर्न सुझाव दिनुभएको छ । प्रधानमन्त्री शाह भारत भ्रमणमा जान लाग्नुभएको सन्दर्भमा अध्यक्ष साम्पाङले मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो सुझाव सार्वजनिक गर्नुभएको हो । उहाँले प्रधानमन्त्रीलाई भारत भ्रमणका क्रममा नेपालको नदी, नाला, खनिज तथा सिमानासँग सम्बन्धित राष्ट्रिय सम्पत्ति र भूभागमा कुनै असर पर्ने कागजातमा हस्ताक्षर नगर्न आग्रह गर्नुभएको छ । अध्यक्ष साम्पाङले फेसबुकमा लेख्नुभएको छ, ‘प्रधानमन्त्रीले भारत गएर कुनै किसिमको राष्ट्रघाती सन्धि सम्झौता गर्नु हुँदैन ! नदी, नाला, खनिज र सिमाना गुम्ने किसिमको कुनै कागजमा सही गर्नु हुँदैन ! जे दिन्छन् टन्न खाएर पिएर आउनु बरु !’ प्रधानमन्त्री शाह भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा आगामी मंसिर ६ र ७ गते भारतको राजकीय भ्रमणमा जाँदै हुनुहुन्छ । भ्रमणलाई करिब २५ घण्टाको बनाइएको छ । भ्रमणका क्रममा उहाँले भारतीय राष्ट्रपति द्रौपदी मुर्मुसँग शिष्टाचार भेट तथा भारतीय प्रधानमन्त्री मोदीसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । नेपाल र भारतबीच लामो समयदेखि छलफलमा रहेका सीमा, जलस्रोत, ऊर्जा, व्यापार, हवाई मार्ग तथा पूर्वाधार विकासलगायतका विषय भ्रमणका क्रममा उठ्ने अपेक्षा गरिएको छ । यस्तो अवस्थामा राष्ट्रिय स्वाधीनता, भौगोलिक अखण्डता र प्राकृतिक स्रोतसाधनको संरक्षणलाई प्राथमिकतामा राखेर मात्रै कुनै पनि सहमति तथा सम्झौता गर्नुपर्ने अध्यक्ष साम्पाङको सुझाव देखिन्छ । भारतसँगको सम्बन्धलाई थप सुदृढ बनाउने क्रममा नेपालको राष्ट्रिय हित र सार्वभौमिकतामा कुनै सम्झौता हुन नहुने सन्देशसमेत उहाँको अभिव्यक्तिले दिएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on जनताटाइम्स

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
आजदेखि एमालेको राष्ट्रिय कार्यकर्ता भेला
PoliticsJust now

आजदेखि एमालेको राष्ट्रिय कार्यकर्ता भेला

काठमाडौँ, मङ्सिर २ गते । स्थानीय तहको निर्वाचनको तयारीका लागि नेपाल कम्युनिष्ट पार्टी (एमाले)को राष्ट्रिय कार्यकर्ता भेला आजदेखि यहाँ सुरु हुँदैछ ।भेलामा भाग लिन केन्द्रीय कमिटीका... ...

गोरखापत्र
एमालेको राष्ट्रिय भेला आजदेखि, ओलीको नेतृत्वमा पार्टीको राजनीतिक दिशा र चुनावी रणनीति तय गर्ने तयारी
PoliticsJust now

एमालेको राष्ट्रिय भेला आजदेखि, ओलीको नेतृत्वमा पार्टीको राजनीतिक दिशा र चुनावी रणनीति तय गर्ने तयारी

काठमाडौं, मंसिर २ । नेकपा एमालेको राष्ट्रिय भेला आजदेखि काठमाडौंमा सुरु हुँदैछ । पार्टीको आगामी राजनीतिक कार्यदिशा स्पष्ट पार्ने, संगठनलाई थप सक्रिय बनाउने र स्थानीय तहको निर्वाचनको तयारीलाई तीव्रता दिने उद्देश्यसहित एमालेले राष्ट्रिय भेला आयोजना गरेको हो । काठमाडौंको बबरमहलस्थित कार्की ब्यांक्वेटमा बिहान ११ बजेदेखि सुरु हुने भेलामा सहभागी हुन देशका विभिन्न भागबाट अधिकांश प्रतिनिधि काठमाडौं आइपुगिसकेको पार्टीले जनाएको छ । एमालेका ...

जनताटाइम्स
निजामती कर्मचारीको ट्रेड युनियन खारेज गर्ने सरकारको निर्णयविरुद्धको मुद्दा संवैधानिक इजलासमा
PoliticsJust now

निजामती कर्मचारीको ट्रेड युनियन खारेज गर्ने सरकारको निर्णयविरुद्धको मुद्दा संवैधानिक इजलासमा

सर्वोच्च अदालतले निजामती कर्मचारीहरुको ट्रेड युनियन खारेज गर्ने सरकारको निर्णयलाई संवैधानिक इजलासबाट छिनोफानो गर्ने भएको छ । न्यायाधीशहरु टेकप्रसाद ढुंगाना र चन्द्रबहादुर सारुको इजलासले कर्मचारीहरुको ट्रेड युनियन खारेज गर्ने सरकारको निर्णय विरुद्ध परेको रिट निवेदनलाई संवैधानिक इजलासमा पठाउने आदेश गरेको हो । नेपाल निजामती कर्मचारी संगठनको केन्द्रीय कार्यसमितिको तर्फबाट भवानी दाहालले सरकारको निर्णय विरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेकी थिइन् । सर्वोच्च ...

फरकधार
जलवायु परिवर्तनको जोखिममा अस्ट्रेलिया, एक वर्षमै २६ स्थान माथि उक्लियो
PoliticsJust now

जलवायु परिवर्तनको जोखिममा अस्ट्रेलिया, एक वर्षमै २६ स्थान माथि उक्लियो

जलवायु परिवर्तनका कारण उत्पन्न चरम मौसमी घटनाबाट सबैभन्दा बढी प्रभावित हुने देशहरूको विश्वव्यापी सूचीमा अस्ट्रेलिया २६ स्थान माथि उक्लिएको छ । सन् २०२४ मा ५५औँ स्थानमा रहेको अस्ट्रेलिया पछिल्लो प्रतिवेदनमा शीर्ष ३० प्रभावित देशभित्र परेको छ । खडेरी र अतिवृष्टि दुवैको सामना गर्दै आएको देशका रूपमा चिनिने अस्ट्रेलियामा पछिल्ला वर्षहरूमा जलवायुजन्य विपद्को जोखिम बढ्दै गएको पछिल्लो प्रतिवेदनले देखाएको छ । जर्मनीस्थित वातावरणीय ...

फरकधार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play