कृषि, वन तथा पर्यावरण मन्त्रालयले लामो समयदेखि कार्यालयमा अनुपस्थित एक निजामती कर्मचारीसँग स्पष्टीकरण माग गरेको छ । मन्त्रालयले बुधबार एक सूचना जारी गर्दै पशु विकास अधिकृत डा. सरोज खतिवडासँग स्पष्टीकरण माग गरेको हो । मन्त्रालयका अनुसार खतिवडा बिदा स्वीकृत नगराई आफ्नो पदाधिकार रहेको कार्यालयमा लगातार ९० दिनभन्दा बढी समय अनुपस्थित रहेको पाइएको छ । वैदेशिक अध्ययन पूरा गरेपछि तोकिएको समयभित्र सम्बन्धित कार्यालयमा हाजिर भएको पनि नदेखिएको मन्त्रालयले जनाएको छ । यसअघि मन्त्रालयले निजामती सेवा नियमावली, २०५० को नियम ११० बमोजिम १५ दिनभित्र सफाइ पेस गर्न मौका दिएको थियो । तर, खतिवडाले मन्त्रालयमा कुनै जवाफ नपठाएको सूचनामा उल्लेख छ । त्यसपछि मन्त्रालयले निजामती सेवा ऐन, २०४९ को दफा ६७ बमोजिम सजाय किन नगर्ने भन्दै ३० दिनभित्र स्पष्टीकरण पेस गर्न निर्देशन दिएको छ ।
९० दिनभन्दा बढी कार्यालयमा अनुपस्थित कर्मचारीसँग कृषि मन्त्रालयले माग्यो स्पष्टीकरण

Read Complete Original Article
Published originally on पर्दाफास






