Getty Images संयुक्त राज्य अमेरिकामा एमएमआर खोप लगाउने दर ९२.४ प्रतिशतमा झरेको छ संयुक्त राज्य अमेरिकाले तीन दशक यताको सर्वाधिक ठूलो दादुरा सङ्क्रमण सामना गरेपछि उसले औपचारिक रूपमा नै उक्त घातक रोग उन्मुलन गर्ने राष्ट्रको हैसियत गुमाएको छ।अघिल्लो वर्षको सुरुवात यता दादुरा सङ्क्रमणका घटनामा वृद्धि देखिएको छ र त्यसयता उक्त रोगको सङ्क्रमण झन्डै ८ हजार जना व्यक्तिमा देखिएको छ भने १३ जनाको मृत्यु रेकर्ड गरिएको छ।कोभिड महामारीको समयमा खोपप्रति न्यून विश्वसनीयता देखिएयता बालबालिकाले खोप लिने क्रम नाटकीय रूपमा घट्नुलाई प्रमुख कारण मानिएको छ।अहिलेका स्वास्थ्य मन्त्री रोबर्ट केनेडी जुनिअर पनि खोपप्रति शङ्कालु दृष्टिकोण राख्छन्।पान अमेरिकन हेल्थ अर्गनाइजेशन (पीएएचओ)ले मेक्सिको र बोलिभियालाई पनि दादुरामुक्त हैसियतबाट हटाएको छ। परीक्षणमा रहेको खोपले मेलानोमा दोहोरिन 'रोक्यो', क्यान्सर उपचारमा नयाँ आशा विश्वभरि दादुराको प्रकोप बढ्दो, यो रोगका लक्षण कस्ता संयुक्त राष्ट्र सङ्घको एउटा विशिष्टीकृत निकाय रहेको पीएएचओले १२ महिनाभन्दा बढीसमयसम्म एउटा प्रकारको दादुराको सङ्क्रमण संयुक्त राज्य अमेरिकामा अविराम ढङ्गले फैलिरहेको निष्कर्ष निकालेको हो।पीएएचओका निर्देशक जार्बास बार्बोजाले खोप अभियानमा देखिएका खाडलका कारण पुन: देखिएका सङ्क्रमणहरूले गर्दा मेक्सिको र बोलिभियाले पनि दादुरा उन्मुलन गरेका राष्ट्रको हैसियत गुमाएको बताए।किन यस्तो भयो? CDC/PA अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनले खोपसम्मको पहुँचलाई विस्तार गरेर 'दादुरा उन्मुलन गरेको हैसियत पुन: कायम गर्न' आफू प्रतिबद्ध रहेको जनाएको छ।यो वर्ष मात्रै संयुक्त राज्य अमेरिकामा ५,४०० वटा दादुरा सङ्क्रमणका घटना देखिएका छन्। दादुराको कारण १० जनाको ज्यान गएको छ जुन सन् १९९० को दशक यताकै सर्वाधिक बढी हो।शरीरभर रातो बिमिराजस्तो धब्बा देखा पर्ने दादुराले यसको खोपको विकास हुनु एक वर्षअघिसम्म पनि बर्सेनि दशौँ लाख बालबालिकालाई सङ्क्रमण गर्ने गर्थ्यो।तीव्र गतिमा सर्ने यो भाइरस घातक हुन सक्छ र कतिपय बिरामीहरूले इन्सेफलाइटिस र इम्युन एम्निजिआसहितका दीर्घकालीन जटिलता सामना गर्नुपर्ने हुनसक्छ। यसले प्रतिरोधी प्रणालीलाई कमजोर बनाउने हुनाले नयाँ सङ्क्रमणसँग जुध्ने मानिसको क्षमता सीमित बन्ने विज्ञहरू बताउँछन्।संयुक्त राज्य अमेरिकामा १ देखी ६ वर्षबीचका बालबालिकालाई दुईवटा दादुरा, मम्प्स र रूबेला (एएमआर) खोप दिने गरिन्छ। ती खोप सङ्क्रमणबाट जोगाउन ९७ प्रतिशत प्रभावकारी रहँदै आएका छन्।विश्व स्वास्थ्य सङ्गठन माताहतको निकाय रहेको पीएएचओले उक्त भाइरस एक वर्षभन्दा बढीसमय अनवरत रूपमा फैलिरहेको निष्कर्ष निकाल्दै दादुरा उन्मुलनको अमेरिकी मान्यता रद्द गरिदिएको हो।"यी आँकडाहरू हाम्रो क्षेत्रका लागि गम्भीर चेतावनी हुन्,"पीएएचओका निर्देशक बार्बोसाले मङ्गलवार आयोजित पत्रकार सम्मेलनमा भने। "खोप अभियानमा निरन्तर देखिएका खाडलका कारण विश्वव्यापी रूपमा नै दादुरा पुन: देखा परिरहेको छ।" BBC उनले कैयौँ ठूला सङ्क्रमणपछि दादुरा उन्मुलनको हैसियत अघिल्लो वर्ष गुमाएको क्यानडाले सङ्क्रमणको विस्तारलाई रोक्न यो वर्ष उल्लेख्य उपलब्धिहरू हासिल गरेको बताए।पीएएचओका खोपसम्बन्धी कार्यकारी व्यवस्थापक डेनियल सालासले दादुरा उन्मुलनको हैसियत गुमाएका अमेरिका र अन्य देशहरूले खोप दर सुधारका लागि चालिने कदमहरूसहितको कार्य योजना बुझाउनुपर्ने बताए। खोपबारे आशङ्का गर्ने रोबर्ट एफ केनडी जूनिअर अमेरिकाका स्वास्थ्यमन्त्री विश्वमा दादुराको जोखिम बढ्दो, नेपालमा पनि पूरक खोप अभियान अमेरिकी स्वास्थ्य निकायहरूले के भनिरहेका छन्? संयुक्त राज्य अमेरिकाका स्वास्थ्य मन्त्री रोबर्ट एफ केन्नेडी जुनिअरले देशको खोपसम्बन्धी नीति र सुझावहरूमा व्यापक परिवर्तनहरू ल्याउने प्रयास गरेका थिए। खोपलाई शङ्कालु नजरले हेर्ने उनले हालैका वर्षमा अमेरिकामा खोप लगाउने प्रतिशत घटिरहँदा एमएमआर खोपको सुरक्षालाई लिएर पनि बारम्बार प्रश्न उठाउने गर्थे।केनेडीले आफूले जिम्मेवारी सम्हाल्नुअघिबाट नै दादुराका सङ्क्रमणका घटना बढेको भन्दै छिमेकी देशहरूमा पनि बढी सङ्क्रमण देखिएको तर्क गरेका छन्।मङ्गलवारको घोषणापछि सेन्टर फर डिजिज कन्ट्रोल र उसका साझेदारहरूले 'दादुरा सङ्क्रमण रोक्न, अमेरिकीहरूको सुरक्षा गर्न र दादुरा उन्मुलन हैसियत प्राप्त गर्न' प्रतिबद्ध रहेको जनाएको छ।"हामीले मिलेर एमएमआर खोपलाई प्रोत्साहन गर्ने छौँ, खोपको पहुँच विस्तार गर्ने छौँ र समुदायहरूलाई सुरक्षामा देखिएका कमजोरी सम्बोधन गर्न सघाउने छौँ," सो एजेन्सीले भनेको छ।सीडीसीकी निर्देशक एरिका स्वोर्टसले दादुरा उन्मुलनको हैसियतले अमेरिकीहरूलाई सुरक्षा नदिएको उल्लेख गर्दै भनिन्, "खोपले (सुरक्षा) दिने हो। हामीलाई थाहा छ कहाँ सङ्क्रमण देखा परिरहेको छ। हामीले राज्य र स्थानीय स्वास्थ्य निकायहरूमा समुदायहरूसँग पहुँच कायम गर्न १० करोड डलर लगानी गरेका छौँ।" EPA बोलिभिया र मेक्सिकोको दादुरामुक्त हैसियत पनि रद्द गरिएको छ सामाजिक सञ्जालमा राखेको पोस्टमा केनेडीले दादुरा नियन्त्रण गर्ने सबैभन्दा प्रभावकारी उपाय एमएमआर खोप भएको भन्दै आफूले त्यसका लागि निरन्तर सुझाव दिने बताएका छन्।"हामीले खोप अभियानमा देखिएका कमजोरी हल गर्न र सर्वसाधारणको विश्वसनीयता पुन: कायम गर्न काम गरिरहेका छौँ," परिवारहरूका खोपको लाभ र जोखिमबारेका प्रश्नको इमानदारीसाथ जवाफ दिइने उल्लेख गर्दै उनले लेखेका छन्।यसै वर्षको प्रारम्भमा रुस, अजरबैजान र उज्बेकिस्तानसहित युरोपकका यूके, स्पेन र अष्ट्रियाले दादुरा उन्मुलनको हैसियत गुमाएका थिए। कङ्गोमा फैलिएको इबोला 'निकै चिन्ताजनक' रहेको चेतावनी नेपालमा जापानिज इन्सेफलाइटिसको प्रकोप, खोप ल्याउन सरकार के गर्दै छ खोपप्रति शङ्काको दृष्टिकोण कति जिम्मेवारकोलम्बिया विश्वविद्यालयको इर्भिङ मेडिकल सेन्टरका सहप्राध्यापक नुवान गुनबर्धनले संयुक्त राज्य अमेरिकाले उन्मुलन हैसियत गुमाउनु 'एउटा ठूलो पश्चगमन' भएको बताए।खोप अभियानका कारण दादुरा उन्मुलन गर्ने अमेरिकी महादेशको पहिलो देश संयुक्त राज्य अमेरिका रहेको जोन हप्किन्स ब्लुमबर्ग स्कूल अफ पब्लिक हेल्थका पेडिएट्रिक सङ्क्रामक रोग विशेषज्ञ विलियम मस बताउँछन्।डाक्टर गुनबर्धनजस्ता विज्ञहरू स्वास्थ्य अधिकारी र चिकित्सकहरूको ठूलो प्रयासले गर्दा एएमआरजस्ता खोपहरू लगाउन मानिसहरूमा विश्वास जागेको बताउँदै त्यसका कारण सङ्क्रमण दर र मृत्यु पनि कम भएको उल्लेख गर्छन्।तर कोभिड महामारीको समय यता खोपप्रतिको विश्वास निरन्तर ओरालो लागेको छ। डाक्टर गुनबर्द्धन त्यो समयमा बिरामीहरूलाई खोपबाट प्राप्त हुने सुरक्षाबारे मिथ्या सूचना फैलाइएको र सर्वसाधारणहरूले सार्वजनिक स्वास्थ्य प्रणालीप्रति थप भरोसा गुमाएको ठान्छन्। EPA संयुक्त राज्य अमेरिकामा एमएमआर खोप लगाउने दर ९२.४ प्रतिशतमा झरेको छ जुन 'हर्ड इम्युनिटि' भनिने सामूहिक रूपमा प्रतिरोधी क्षमता कायम राख्ने ९५ प्रतिशत भन्दा कम हो।पेन्सलभेनियामा १,४०० नयाँ सङ्क्रमण पुष्टि भएका छन् र त्यो वास्तविक भन्दा धेरै कम सङ्ख्या भएको ठानिएको छ। राज्यका अधिकारीहरूका अनुसार त्यहाँ दादुराका कारण ७ जनाको ज्यान गएको छ।स्वास्थ्य मन्त्री केनेडीले दादुराको मृत्युको गणनाको विषयलाई लिएर पेन्सलभेनियाका अधिकारीहरूसँग आक्रोश पोख्ने गरेका छन्। सीडीसीले पनि अहिलेका लागि कतिपय मृत्यु आफ्नो तथ्याङ्क भण्डारमा अभिलेख गर्न अस्वीकार गरेको छ।अघिल्लो वर्ष स्वास्थ्य मन्त्रीले एउटा मुख्य खोप सल्लाहकार समूहका सबै सदस्यलाई बर्खास्त गरेका थिए भने तिनको सट्टामा आफैँले नयाँ नियुक्तिहरू गरेका थिए। त्यसरी नियुक्ति पाउनेमध्ये कतिपय खोपका आलोचक पनि थिए।उक्त समूहले कैयौँ परिवर्तनहरू सिफारिस गरेको थियो जसमा सबै नवजात शिशुहरूलाई हेपाटाइटीस बी विरुद्धको खोप आवश्यक नपर्ने निर्णय पनि उल्लेख थियो। तर एक जना सङ्घीय न्यायाधीशले उक्त निर्णयको कार्यान्वयन रोकेका थिए।यसै वर्ष राष्ट्रपति डोनल्ड ट्रम्पले दादुरा, मम्प्स र रुबेलाको अलग अलग तीनवटा खोप दिनुपर्ने कार्यकारी आदेश जारी गरेर एएमआर खोप सुरक्षाबारे आशङ्का निम्त्याएका थिए। सार्वजनिक स्वास्थ्यका विज्ञहरूले यस्तो कदमले खोपलाई महङ्गो तुल्याउने र अहिले नै सुरक्षित खोपबारे अन्योल निम्त्याउने प्रतिक्रिया जनाएका थिए।चिकित्सकहरू र सार्वजनिक स्वास्थ्य अधिकारीहरूले केनेडी र ट्रम्पबाट आएका मिथ्या सूचनाले खोप लगाउने दर घट्नुमा मूख्य भूमिका खेलिरहेको बताए।"त्यसले बिरामीहरूलाई अलमलमा पारेको छ। त्यसले परिवारहरूलाई अलमलमा पारेको छ," गुनवर्द्धनले भने। "हामी माथिबाट प्रस्ट सन्देश चाहन्छौँ।" डेढ अर्ब रुपैयाँको कोभिड खोपको म्याद सकिएपछि 'फाल्ने' ठाउँ खोज्दै सरकार के हामी स्तन क्यान्सरविरुद्धको खोप नजिक पुगेका हौँ बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।
ठूलो सङ्ख्यामा सङ्क्रमण देखिएसँगै २६ वर्षपछि अमेरिकाले गुमायो दादुरामुक्त हैसियत

Read Complete Original Article
Published originally on बीबीसी नेपाली






