एप्पलको फोल्डेबल आईफोन ‘डुओ’ बजारमा, अर्डर गरेकाले नयाँ वर्षसम्म कुर्नुपर्ने!

काठमाडौं । एप्पलको पहिलो फोल्डेबल स्मार्टफोन ‘आईफोन डुओ’ विश्व बजारमा बिक्रीका लागि उपलब्ध भएको छ । २ हजार डलरभन्दा बढी सुरुवाती मूल्य रहेको यो फोनप्रति उपभोक्ताको आकर्षण उच्च देखिए पनि सीमित उत्पादनका कारण मागअनुसार आपूर्ति गर्न कम्पनीलाई चुनौती परेको छ । शुक्रबारदेखि बिक्री सुरु भएको आईफोन डुओ एप्पलका विश्वभरका आधिकारिक स्टोरमा उपलब्ध हुन थालेको छ । अग्रिम अर्डर गरेका ग्राहकले पनि फोन प्राप्त गर्न थालेका छन् । तर, सुरुवाती चरणमै अत्यधिक माग र सीमित मौज्दातका कारण पहिलो दिनमै फोन हात पार्न चाहने कतिपय ग्राहकले स्टोरबाहिर लामो समय प्रतीक्षा गर्नुपर्ने अवस्था आएको छ । पछिल्ला वर्षमा एप्पलका उत्पादन सार्वजनिक हुँदा स्टोरबाहिर देखिने लामो लाइन कम हुँदै गएको थियो । अनलाइन अर्डर, घरमै डेलिभरी र समय तोकेर स्टोरबाट सामान लिन सकिने व्यवस्थाले यस्तो भीड घटाएको थियो । तर, आईफोन डुओको सीमित अग्रिम आपूर्तिका कारण यसपटक एप्पल स्टोरबाहिर पुनः ग्राहकको लाइन देखिएको छ । अमेरिकाको न्युयोर्कस्थित एप्पलको प्रमुख फिफ्थ एभिन्यु स्टोरमा बिहीबार साँझसम्म अग्रिम अर्डर नगरेका दर्जनौँ ग्राहक फोन खरिद गर्ने आशामा लाइनमा बसेका थिए । एसिया र अस्ट्रेलियाका विभिन्न स्थानमा पनि यस्तै दृश्य देखिएको छ । कम्पनीले स्टोरबाटै खरिद गर्न चाहने ग्राहकका लागि सीमित सङ्ख्यामा फोन उपलब्ध गराएको छ । माग धान्न नसकेपछि अग्रिम अर्डर खुलेको केही समयमै फोनको डेलिभरी मिति पछि सरेको छ। केही ग्राहकले फोन पाउन सन् २०२७ को जनवरीसम्म कुर्नुपर्ने भएको छ। डेलिभरीका लागि यति लामो समय कुर्नुपर्ने अवस्था एप्पलका पछिल्ला वर्षका उत्पादनमा विरलै देखिएको थियो । फोनको भण्डारण क्षमताअनुसार यसको मूल्य ३ हजार १९९ अमेरिकी डलरसम्म पुगेको छ । झन्डै दुई दशक लामो आईफोन इतिहासमा डुओलाई सबैभन्दा ठूलो डिजाइन परिवर्तनका रूपमा हेरिएको छ । फोल्डेबल स्मार्टफोन बजारमा एप्पल पहिलो कम्पनी नभए पनि आकर्षक डिजाइन, प्रयोगकर्ता अनुभव र आफ्नै प्रणालीसँगको एकीकरणका आधारमा प्रतिस्पर्धीलाई चुनौती दिने उसको अपेक्षा छ । यसअघि एप्पलको भिजन प्रो हेडसेट सार्वजनिक हुँदा अपेक्षाअनुसारको बजार प्रतिक्रिया नदेखिएको सन्दर्भमा आईफोन डुओको सुरुवाती मागलाई कम्पनीका लागि सकारात्मक सङ्केतका रूपमा हेरिएको छ । विगतका आईफोन सार्वजनिक गर्दाका दृश्य सम्झाउने गरी यसपटक माग आपूर्तिभन्दा धेरै देखिएको छ । यद्यपि, उत्पादनमा जटिल प्रविधिको प्रयोगले आपूर्ति सहज बनाउन कठिन बनाएको छ । फोनमा प्रयोग गरिएको उन्नत कब्जा प्रणाली र नयाँ डिस्प्ले प्रविधिका कारण उत्पादन प्रक्रिया जटिल रहेको छ । त्यसमाथि यसको उत्पादन चीनका सीमित कारखानामा मात्र भइरहेको छ । एप्पलले परम्परागत आईफोनको उत्पादन भारतसम्म विस्तार गरे पनि डुओको उत्पादनमा त्यस्तो विस्तार हुन सकेको छैन ।
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News

यमन र साउदीमा राजनीतिक समाधान खोज्न राष्ट्रसङ्घको आग्रह
संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले संयम अपनाउन र राजनीतिक समाधान खोज्न आग्रह गरेका छन् । ...

सिगारु नाच : हस्तान्तरण हुँदै मौलिक संस्कृति
सिगारु नाचमा सामूहिक सहभागिताको विशेष महत्त्व छ । ...

साउदीमा एक नेपालीको मृत्युप्रति एमालेद्वारा दुःख व्यक्त
काठमाडौं।साउदी अरबको सायबाह तेल क्षेत्रमा भएको ड्रोन आक्रमणका क्रममा खसेको भग्नावशेष लागेर एक नेपालीको मृत्यु भएको घटनाप्रति नेकपा (एमाले) ले दुःख व्यक्त गरेको छ। एमालेका प्रचार तथा प्रकाशन विभागका प्रमुख निरज आचार्यले आज विज्ञप्तिमार्फत् दिवङ्गत नेपाली नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेका छन्। विज्ञप्तिमा निर्दोष नागरिकको ज्यान जाने गरी हुने हिंसात्मक घटना मानवीय मूल्य–मान्यताविपरीत रहेको जनाइएको छ। सो पार्टीले ...

काठमाडौंका सडकमा बढ्न थाल्यो सवारी र पैदलयात्रीको चाप
काठमाडौं । शुक्रबार आज काठमाडौं उपत्यकाकामा सडकमा सवारी चाप बढेको छ। दसैँका लागि उपत्यका बाहिरिएका मानिसहरू फर्किन थालेसँगै सडकमा चहलपहल बढन थालेको हो । अन्य दिनको तुलनामा आज (शुक्रबार) सार्वजनिक सवारीसाधनको चाप बढ्नुका साथै यात्रु र पैदलयात्रीको आवागमन पनि बढेको पाइएको छ । यस वर्ष दसैँ मनाउन काठमाडौं उपत्यका छाड्नेको सङ्ख्या पाँच लाख ७६ हजार नाघेको थियो। दसैँ बिदापछि उपत्यकामा मानिसहरूको आवागमन बढ्दै ...


