Sunday, November 15, 2026||
MultiKhabarMultiKhabar

एन्ड्रोइड प्रयोगकर्ताका फोटो र भिडियोमा अनुमतिबिना पहुँच बनाएको भन्दै मेटालाई ८८ करोड ७० लाख डलर जरिवाना

Share:WhatsAppFacebookX (Twitter)Telegram
एन्ड्रोइड प्रयोगकर्ताका फोटो र भिडियोमा अनुमतिबिना पहुँच बनाएको भन्दै मेटालाई ८८ करोड ७० लाख डलर जरिवाना
Photo / Coverage: टेक्नोलोजी खबर

प्रयोगकर्ताको अनुमति नलिई एन्ड्रोइड डिभाइसमा रहेका फोटो तथा भिडियोमा पहुँच बनाएको भन्दै इटालीले सामाजिक सञ्जाल कम्पनी मेटालाई ८८ करोड ७० लाख अमेरिकी डलर जरिवाना गरेको छ। इटालीको डाटा संरक्षण निकायले शनिबार मेटालाई ८० करोड ५० लाख यूरो जरिवाना गरेको हो। कम्पनीले प्रयोगकर्तालाई जानकारी नदिई र उनीहरूको सहमति नलिई व्यक्तिगत ग्यालरीमा रहेका फोटो तथा भिडियोमा पहुँच बनाएको अनुसन्धानबाट पुष्टि भएको निकायले जनाएको छ। मेटाले फेसबुक एपमा रहेको एउटा सुविधामार्फत प्रयोगकर्ताको व्यक्तिगत ग्यालरीमा भएका फोटो तथा भिडियो पहुँच गरी फेसबुकमा पोस्ट गर्न सकिने सामग्री सुझाव दिने गरेको थियो। उक्त सुविधा पूर्वनिर्धारित रूपमा बन्द गर्न र प्रयोगकर्ताबाट छुट्टै अनुमति लिन मेटालाई ६० दिनको समय दिइएको छ। रोयटर्सका अनुसार मेटाका प्रवक्ताले भने कम्पनीले उक्त निर्णयविरुद्ध अपिल गर्ने बताएका छन्। उनले जरिवानालाई असमानुपातिक भन्दै निर्णयप्रति कडा असहमति जनाएका छन्। उनका अनुसार यो सुविधा फेसबुकमा फोटो तथा भिडियो साझा गर्न सहयोग गर्ने सामान्य सुविधा हो। यो सञ्चालन हुनुअघि प्रयोगकर्ताले आफ्नो डिभाइसमा अनुमति दिनुपर्ने र चाहेको समयमा सेटिङमार्फत अनुमति परिवर्तन गर्न सक्ने व्यवस्था रहेको कम्पनीको दाबी छ। सन् २०२५ मा सुरु भएको अनुसन्धानमा प्रयोगकर्ताका फोटो तथा भिडियो कृत्रिम बुद्धिमताका मोडेललाई तालिम दिन प्रयोग गरिएको विषय भने समेटिएको थिएन। मेटाले यस्तो अभ्यास गरेको आरोप अस्वीकार गर्दै आएको छ। त्यस्तै, प्रयोगकर्ताको ग्यालरीमा रहेका सामग्रीलाई क्लाउडमा प्रशोधन गर्न सक्ने सन् २०२६ मा सुरु गरिएको नयाँ सुविधाको पनि छुट्टै मूल्याङ्कन गर्न सक्ने अधिकार आफूसँग सुरक्षित रहेको इटालीको डेटा संरक्षण निकायले जनाएको छ। निकायका अनुसार मेटालाई गरिएको जरिवाना कम्पनीको विश्वव्यापी आम्दानीको करिब ०.४७ प्रतिशत बराबर हो। यो घटनाबाट इटालीका करिब २ करोड एन्ड्रोइड प्रयोगकर्ता प्रभावित भएका छन्। The post एन्ड्रोइड प्रयोगकर्ताका फोटो र भिडियोमा अनुमतिबिना पहुँच बनाएको भन्दै मेटालाई ८८ करोड ७० लाख डलर जरिवाना appeared first on Technology Khabar.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टेक्नोलोजी खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
सामाजिक सञ्जालमा चेतावनी सन्देश राख्नुपर्ने कानुनविरुद्ध न्युयोर्कमाथि मुद्दा
TechnologyJust now

सामाजिक सञ्जालमा चेतावनी सन्देश राख्नुपर्ने कानुनविरुद्ध न्युयोर्कमाथि मुद्दा

सम्भावित रूपमा लत लगाउने सुविधा भएका सामाजिक सञ्जाल प्लेटफर्ममा सरकारी स्वीकृत चेतावनी सन्देश राख्नुपर्ने न्युयोर्क राज्यको कानुन रोक्न माग गर्दै इन्टरनेट व्यापारसम्बन्धी समूह नेटच्वाइसले शुक्रबार मुद्दा दायर गरेको छ। संघीय अदालतमा दायर गरिएको उजुरीमा नेटच्वाइसले उक्त कानुनले अमेरिकी संविधानको पहिलो संशोधनले सुनिश्चित गरेको अभिव्यक्ति स्वतन्त्रताको अधिकार उल्लङ्घन गरेको दाबी गरेको छ। राज्यले अनलाइन सुरक्षाबारे व्यक्त गर्न चाहेको सन्देश आफ्ना सदस्य कम्पनीलाई ...

टेक्नोलोजी खबर
शाओमी १८ मा १०० वाटको फास्ट चार्जिङसहित ७२०० एमएएचको ब्याट्री हुने
TechnologyJust now

शाओमी १८ मा १०० वाटको फास्ट चार्जिङसहित ७२०० एमएएचको ब्याट्री हुने

शाओमी १८ स्मार्टफोन डिसेम्बर महिनामा आउने अपेक्षा गरिएको छ र यसको सार्वजनिक हुनुअघि नै यसका विशेषताहरू बाहिर आउन थालेका छन्। यो डिभाइस विभिन्न प्रमाणीकरण प्लेटफर्महरूमा पनि देखिएको छ। पछिल्लो जानकारीले यसको चार्जिङ क्षमताका बारेमा प्रकाश पारेको छ। चीनमा यो फोनले एक महत्त्वपूर्ण प्रमाणीकरण प्राप्त गरेको छ, जसले यसमा ‘फास्ट चार्जिङ’ सुविधा र ब्याट्री क्षमता रहने कुरा खुलाएको छ। प्राप्त जानकारी ...

टेक्नोलोजी खबर
भेराइजनले टेम्स फ्रिपोर्टमा निजी फाइभजी नेटवर्क सञ्चालनमा ल्यायो
TechnologyJust now

भेराइजनले टेम्स फ्रिपोर्टमा निजी फाइभजी नेटवर्क सञ्चालनमा ल्यायो

अमेरिकी दूरसञ्चार कम्पनी भेराइजनले बेलायतको टेम्स फ्रिपोर्ट क्षेत्रमा निजी फाइभजी नेटवर्क जडान गर्ने काम पूरा गरेको छ। युरोपकै सबैभन्दा ठूला निजी फाइभजी नेटवर्कमध्ये एक मानिएको यो परियोजना लन्डननजिकै रहेको टेम्स फ्रिपोर्ट क्षेत्रमा सञ्चालनमा आएको हो। यस क्षेत्रमा बन्दरगाह, सामान ढुवानी तथा भण्डारण केन्द्र र उत्पादन उद्योगहरू रहेका छन्। नेटवर्क सञ्चालनमा आएसँगै विभिन्न निजी फाइभजीमा आधारित सेवाहरूको परीक्षण सुरु गरिएको छ। यो नेटवर्क ...

टेक्नोलोजी खबर
थेसिस वा अन्य शोधपत्रमा एआई प्रयोगलाई स्वतः बौद्धिक चोरी मान्ने त्रिविको नियमविरुद्ध सर्वोच्चमा रिट
TechnologyJust now

थेसिस वा अन्य शोधपत्रमा एआई प्रयोगलाई स्वतः बौद्धिक चोरी मान्ने त्रिविको नियमविरुद्ध सर्वोच्चमा रिट

शैक्षिक तथा अनुसन्धान सामग्री तयार पार्दा कृत्रिम बुद्धिमता (एआई) प्रयोग गरेको आधारमा विद्यार्थीलाई स्वतः साहित्यिक/बौद्धिक चोरीको आरोप लगाउने अभ्यासविरुद्ध कानुनका ६ विद्यार्थीले सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका छन्। निवेदकहरूले एआईको प्रयोग र वास्तविक साहित्यिक चोरीबीच स्पष्ट कानुनी भिन्नता कायम गर्न तथा विदेशी एआई डिटेक्टरको नतिजालाई मात्र आधार बनाएर विद्यार्थीमाथि कारबाही गर्ने अभ्यास रोक्न माग गरेका छन्। त्रिभुवन विश्वविद्यालय र मातहतका क्याम्पसमा ...

टेक्नोलोजी खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play