Thursday, November 12, 2026||
MultiKhabarMultiKhabar

एनभिडियाका सीईओ जेन्सेन हुआङलाई हटाउने तयारी

Share:WhatsAppFacebookX (Twitter)Telegram
एनभिडियाका सीईओ जेन्सेन हुआङलाई हटाउने तयारी
Photo / Coverage: टेक्नोलोजी खबर

अमेरिकी चिप निर्माता कम्पनी एनभिडियाका सहसंस्थापक तथा प्रमुख कार्यकारी अधिकृत जेन्सेन हुआङलाई पदबाट हटाउने विषयमा सञ्चालक समितिले छलफल गर्न लागेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । उनीमाथि विवाहेतर सम्बन्ध र विदेशी गुप्तचरीसँग जोडिएका आरोप सार्वजनिक भएपछि कम्पनीले अनुसन्धानसमेत थालेको छ। वाल स्ट्रिट जर्नलका अनुसार, हुआङको भविष्यबारे छलफल गर्न सञ्चालक समितिले बुधबार आकस्मिक बैठक बोलाउने तयारी गरेको थियो । न्युयोर्क टाइम्सले उनको कम्पनीकै उपाध्यक्ष किम्बर्ली पावेलसँग पनि विवाहेतर सम्बन्ध रहेको दाबी गरेको छ। यसअघि सिङ्गापुरस्थित डेटा सेन्टर कम्पनीकी वरिष्ठ अधिकारी एलिस हुआङसँगको सम्बन्ध सार्वजनिक भएको थियो । हुआङले एनभिडियाका कर्मचारीलाई पठाएको सन्देशमा एलिससँगको सम्बन्ध स्वीकार गर्दै पत्नीप्रति बेइमानी गरेको बताएका थिए। अमेरिकी गुप्तचर निकायले एलिस चीनको राज्य सुरक्षा मन्त्रालयसँग आबद्ध रहेको आरोप लगाएको विवरण पनि सार्वजनिक भएको छ। एनभिडियाको सञ्चालक समितिले हुआङ विदेशी गुप्तचरको निशानामा परेको रिपोर्टबारे स्वतन्त्र अनुसन्धान सुरु गरेको जनाएको छ। उनले अनुसन्धानमा पूर्ण सहयोग गर्ने बताएका छन्। यसैबीच, अमेरिकी कङ्ग्रेसले पनि एलिससँगको सम्बन्धबारे उनीसँग बन्द कोठामा जानकारी मागेको न्युयोर्क टाइम्सले जनाएको छ । व्यक्तिगत सम्बन्धसम्बन्धी विवरण सार्वजनिक भएपछि एनभिडियाको सेयरमा गिरावट आएको छ । कम्पनी र हुआङविरुद्ध लगानीकर्तासँगको सम्बन्धबारे आवश्यक जानकारी नदिएको आरोपमा सेयरधनीहरूले सामूहिक मुद्दासमेत दायर गरेका छन् । कृत्रिम बौद्धिकता (एआई) प्रविधिका लागि चिप उत्पादन गर्ने एनभिडिया विश्वकै प्रभावशाली प्रविधि कम्पनीमध्ये एक हो । The post एनभिडियाका सीईओ जेन्सेन हुआङलाई हटाउने तयारी appeared first on Technology Khabar.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टेक्नोलोजी खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
मोटोरोलाले सार्वजनिक गर्‍यो क्वालकमको फ्ल्यागशिप चिपसहितको ‘सिग्नेचर २७’ प्रिमियम ह्यान्डसेट
TechnologyJust now

मोटोरोलाले सार्वजनिक गर्‍यो क्वालकमको फ्ल्यागशिप चिपसहितको ‘सिग्नेचर २७’ प्रिमियम ह्यान्डसेट

मोटोरोलाले क्वालकमको फ्ल्यागशिप चिपसहितको ‘सिग्नेचर २७’ प्रिमियम ह्यान्डसेट सार्वजनिक गरेको छ। सेप्टेम्बरमा आयोजित ‘स्मार्टग्रागन समिट’ मा आफ्नो फ्ल्यागशिप डिभाइस ‘सिग्नेचर २७’ को झलक प्रस्तुत गरेपछि, मोटोरोलाले आधिकारिक रूपमा यस स्मार्टफोनलाई बजारमा ल्याएको हो। ७,००० एमएएच ब्याट्री क्षमता भएको यो ह्यान्डसेटमा रहेको ब्याट्री, यसको अघिल्लो ‘सिग्नेचर’ मोडलको तुलनामा ३५ प्रतिशत ठूलो छ। ७.९९ मिलिमिटर बाक्लो आल्मुनियम बडीमा निर्मित यस फोनमा क्वालकमको प्रिमियम ...

टेक्नोलोजी खबर
स्मार्टफोन लामो समयसम्म नयाँजस्तै चलाउन अपनाउनुहोस् यी ६ प्रभावकारी उपाय
TechnologyJust now

स्मार्टफोन लामो समयसम्म नयाँजस्तै चलाउन अपनाउनुहोस् यी ६ प्रभावकारी उपाय

काठमाडौं । स्मार्टफोन अहिले सञ्चारको साधनमा मात्र सीमित छैन । अनलाइन भुक्तानी, कार्यालयका काम, मनोरञ्जन, अध्ययनदेखि व्यक्तिगत जानकारी भण्डारण गर्नेसम्मका काममा यसको प्रयोग हुन्छ । दैनिक जीवनका अधिकांश काम स्मार्टफोनमा निर्भर हुन थालेपछि यसको कार्यक्षमता र सुरक्षा कायम राख्नु पनि उत्तिकै आवश्यक बनेको छ ।तर, धेरै प्रयोगकर्ताले फोन खरिद गर्दा यसको मूल्य र सुविधामा ध्यान दिए पनि प्रयोगका क्रममा आवश्यक ...

आइसिटी समाचार
एनभिडियाका सीईओमाथि विवादै विवाद, पद गुम्ने चर्चादेखि ८० अर्ब डलरको सम्पत्तिसम्म
TechnologyJust now

एनभिडियाका सीईओमाथि विवादै विवाद, पद गुम्ने चर्चादेखि ८० अर्ब डलरको सम्पत्तिसम्म

काठमाडौं । विश्वकै अग्रणी चिप निर्माता कम्पनी एनभिडियाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जेन्सन हुआङ व्यक्तिगत सम्बन्ध र कम्पनीको नेतृत्वलाई लिएर विवादमा तानिएका छन् । द न्युयोर्क टाइम्समा प्रकाशित एक रिपोर्टअनुसार, हुआङको चिनियाँ नागरिक एलिस हुआङसँग मात्र नभई एनभिडियाकी वरिष्ठ अधिकारी किम्बर्ली पावेलसँग पनि सम्बन्ध रहेको दाबी सार्वजनिक भएको छ ।रिपोर्टमा किम्बर्लीले कम्पनीभित्र सिधै हुआङलाई रिपोर्ट गर्ने गरेको उल्लेख छ । ...

आइसिटी समाचार
जिमेल प्रयोगकर्ताले जान्नैपर्ने ७ उपयोगी फिचर, जसले बचाउँछ समय र बनाउँछ काम सहज
TechnologyJust now

जिमेल प्रयोगकर्ताले जान्नैपर्ने ७ उपयोगी फिचर, जसले बचाउँछ समय र बनाउँछ काम सहज

काठमाडौं । इमेल पठाउन र प्राप्त गर्न मात्र नभई दैनिक कामलाई व्यवस्थित बनाउन पनि जिमेल निकै उपयोगी प्लेटफर्म हो । व्यक्तिगत कुराकानी, कार्यालयका काम, व्यावसायिक सम्पर्कदेखि विभिन्न अनलाइन सेवामा खाता खोल्नेसम्म जिमेलको प्रयोग व्यापक छ । तर, धेरै प्रयोगकर्तालाई यसमा उपलब्ध सबै उपयोगी सुविधाबारे जानकारी नहुन सक्छ ।गुगलले जिमेलमा यस्ता थुप्रै फिचर उपलब्ध गराएको छ, जसको सही प्रयोगले समय बचाउनुका ...

आइसिटी समाचार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play