Thursday, November 12, 2026||
MultiKhabarMultiKhabar

एनभिडियाका कार्यकारी हुआङको अर्को प्रेम सम्बन्ध बाहिरियो, पदबाट हटाउने तयारी

Share:WhatsAppFacebookX (Twitter)Telegram
एनभिडियाका कार्यकारी हुआङको अर्को प्रेम सम्बन्ध बाहिरियो, पदबाट हटाउने तयारी
Photo / Coverage: कर्पोरट खबर

काठमाडौं । अमेरिकी प्रविधि कम्पनी एनभिडियाका प्रमुख कार्यकारी अधिकृत जेन्सेन हुआङको पद निरन्तरताबारे कम्पनीको सञ्चालक समितिमा छलफल भएको छ । हुआङसँग जोडिएका दुई महिलासँगको कथित सम्बन्धबारे अमेरिकी सञ्चारमाध्यममा समाचार सार्वजनिक भएपछि कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ । त्यसपछि सञ्चालक समितिले उनको पदबारे पुनर्विचार गर्न थालेको वाल स्ट्रिट जर्नल र फाइनान्सियल टाइम्सले जनाएका छन् । यसअघि हुआङको चीनका लागि जासुसी गरेको आरोप लागेकी एक महिलासँग सम्बन्ध रहेको दाबीसहित समाचार सार्वजनिक भएको थियो । उक्त विषयमा अनुसन्धान गर्न कम्पनीले एक प्रतिष्ठित कानुनी संस्था नियुक्त गरेको थियो । यसैबीच, द न्युयोर्क टाइम्सले हुआङको एनभिडियामै कार्यरत अर्की एक कर्मचारीसँग पनि सम्बन्ध रहेको दाबी गर्दै समाचार प्रकाशित गरेको छ । दोस्रो समाचार सार्वजनिक भएपछि सञ्चालक समितिमा उनको पद निरन्तरताको विषय उठेको बताइएको छ । लगातार दुईवटा कथित सम्बन्धका विषय सार्वजनिक भएपछि एनभिडियाको सेयर मूल्यमा गिरावट आएको र सञ्चालक समितिमा उनको नेतृत्वबारे प्रश्न उठेको बताइएको छ । यसअघि भने कम्पनीको गोप्य सूचना वा राष्ट्रिय सुरक्षासँग सम्बन्धित कुनै विवरण चुहिएको प्रमाण नरहेको भन्दै सञ्चालक समितिले हुआङप्रति समर्थन जनाएको थियो । बुधबार रातिसम्म कम्पनीको सञ्चालक समितिले यस विषयमा कुनै आधिकारिक धारणा सार्वजनिक नगरेको बताइएको छ । The post एनभिडियाका कार्यकारी हुआङको अर्को प्रेम सम्बन्ध बाहिरियो, पदबाट हटाउने तयारी appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
पहेँलपुर तोरीबारी
Latest NewsJust now

पहेँलपुर तोरीबारी

काभ्रेपलान्चोकको पनौती नगरपालिका–९ स्थित सुनथानमा फुलेर पहेँलपुर बनेको तोरीबारी। ...

हाम्राकुरा
साउदीको दुःख भुल्न गाउँमै उद्यम : २५ रोपनीमा लटरम्म किवी
Latest NewsJust now

साउदीको दुःख भुल्न गाउँमै उद्यम : २५ रोपनीमा लटरम्म किवी

बागलुङ । बसाइँसराइले गाउँ सुनसानप्रायः छ । वरपरका टोल र छिमेकी पनि गाउँ छाडेर सहर झर्न थालेका छन् । तर, बागलुङको जैमिनी नगरपालिका–२, दमेकका मातृकाप्रसाद शर्मा भने गाउँमै अडिएका छन् । साउदी... ...

रातोपाटी
खोलामा खाल्डो खनेर लुकाइएको २३१ किलोभन्दा बढी गाँजा बरामद
Latest NewsJust now

खोलामा खाल्डो खनेर लुकाइएको २३१ किलोभन्दा बढी गाँजा बरामद

सिरहा । सप्तरीको बलान बिहुल गाउँपालिका–४ स्थित बलान खोलामा खाल्डो खनेर लुकाइएको २३१ किलो ८०० ग्राम गाँजा प्रहरीले बरामद गरेको छ । सिरहा र सप्तरी जिल्लाको सिमानामा पर्ने बलान खोलाको बीचमा... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play