एनपीएल: हिलो र पानी छल्दै दर्शक मैदानमा, खेल सुरु हुने प्रतीक्षामा

काठमाडौं । लगातारको वर्षाका कारण सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) प्रभावित भएको छ। वर्षाले मैदानमा पानी जमेपछि आजको पहिलो खेल लुम्बिनी लायन्स र चितवन राइनोजबीचको खेल रद्द भएको छ। दुवै टोलीले एक–एक अंक बाँडेका छन्। दोस्रो खेल पनि निर्धारित समयमा सुरु हुन सकेको छैन। मैदानमा जमेको पानी मेसिनको सहायताले हटाइए पनि खेल सञ्चालनका लागि मैदान पर्याप्त सुक्खा नभएपछि खेल ढिला हुने भएको हो। दोस्रो खेलमा विराटनगर किंग्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ। खेल ढिला हुने भएपछि ओभर घटाएर खेलाउने सम्भावना छ। दुवै टोलीका समर्थक मैदान पुगिसकेका छन् भने खेलाडीहरू पनि त्रिवि क्रिकेट मैदानमा उपस्थित भइसकेका छन्। आयोजक र अम्पायरले मैदानको निरीक्षण गरेका छन्।
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News

५ ओभरमा विराटनगरको विश्व कीर्तिमान
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार भएको खेलमा विराटनगर किङ्सले पाँच ओभरको खेलमा सर्वाधिक रन बनाउने कीर्तिमान कायम गरेको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुदूरपश्चिम रोयल्सविरुद्ध... ...

सर्वोच्चका न्यायाधीश फुयालबारे रास्वपाले तय गरेका तीन विकल्प
सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ‘न्यायालय क्षेत्रमा देखिएका विकृति र विवाद’ समाधानका लागि संसदबाटै आवश्यक प्रक्रिया अगाडि बढाउने निचोडमा पुगेको छ। सर्वोच्च अदालतका प्रधानन्यायाधीश डा. मनोज शर्मा र न्यायाधीश हरिप्रसाद फुयाललगायत केही न्यायाधीशहरू बिचौलिया इनम सापकोटासँग सम्पर्कमा रहेको समाचार आएपछि सत्तारुढ रास्वपाले यसलाई ‘न्य... ...

विराटनगरद्वारा सुदूरपश्चिमलाई विशाल लक्ष्य
विराटनगरले वर्षाका कारण पाँच ओभरमा छोट्याइएको खेलमा दुई विकेट गुमाउँदै १०५ रन बनाएपछि सुदूरपश्चिमले १०६ रनको लक्ष्य पाएको छ। ...

एनपीएलमा विराटनगरले सुदूरपश्चिमलाई दियो पाँच ओभरमा १०६ रनको चुनौती
नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको आठौँ खेलमा विराटनगर किंग्सले कीर्तिमानी रन खडा गरेको छ ...


