एनपीएल तेस्रो संस्करण: म्याथ्युज विराटनगर र शेड्ली लुम्बिनीमा आबद्ध

काठमाडौं- श्रीलङ्काका क्रिकेटर एन्जेलो म्याथ्युजले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) विराटनगर किङ्सबाट खेल्ने भएका छन् । विराटनगर किङ्ग्सले उनलाई स्वागत गर्दै उनी एक अनुभवी, उत्कृष्ट र शालीन खेलाडी भएको उल्लेख गरेको छ । म्याथ्युज अन्तर्राष्ट्रिय क्रिकेटमा लामो अनुभव बटुलेका अनुभवी खेलाडी हुन् । श्रीलङ्काको टेस्ट तथा एकदिवसीय टोलीको कप्तानी सम्हालिसकेका ३९ वर्षीय म्याथ्युजले लामो समय राष्ट्रिय टोलीमा महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् । उनले आफ्नो अन्तर्राष्ट्रिय करिअरमा टेस्टमा ११९ खेलमा आठ हजार २१४, एकदिवसीयमा २२६ खेलमा पाँच हजार ९१६ र ९० टी–२० अन्तर्राष्ट्रिय खेलमा एक हजार ४१६ रन बनाएका छन् । बलिङतर्फ उनले टेस्टमा ३३, एकदिवसीयमा १२६ र टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा ४५ विकेट लिएका छन् । म्याथ्युजले इन्डियन प्रिमियर लिग (आइपीएल) र लङ्का प्रिमियर लिग (एलपीएल) पनि खेलिसकेका छन् । त्यस्तै दक्षिण अफ्रिकी मूलका अमेरिकन अलराउन्डर शेड्ली भान स्काल्कविकले लुम्बिनी लायन्सबाट एनपीएलको तेस्रो संस्करण खेल्ने भएका छन् । लुम्बिनीले आज सामाजिक सञ्जालमार्फत उनलाई टोलीमा अनुबन्ध गरेको जनाएको हो । शेड्लीले हालसम्म १३ एकदिवसीय खेल र १८ टी–२० अन्तर्राष्ट्रिय खेल खेलेका छन् । उनले क्यारेबियन प्रिमियर लिग (सीपीएल), लङ्का प्रिमियर लिग (एलपीएल), आईएल टी–२० जस्ता प्रतिष्ठित लिगमा प्रतिस्पर्धा गरिसकेका छन् । तेस्रो संस्करणको एनपीएल यही कात्तिक ९ गतेदेखि काठमाडौंस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आयोजना हुँदैछ ।
Read Complete Original Article
Published originally on विश्वखबर
Related News

दार्चुलाको सुन्सेरामा पहिलोपटक पुग्यो बस
वर्षौँको प्रतीक्षापछि सुन्सेरामा बस पुगेपछि स्थानीयमा खुसी छाएको छ । ...

कम्दीघाटस्थित राप्ती नदीमा करिब चार सय मूर्ति विसर्जन
बाँकेमा बडादसैँका लागि विभिन्न स्थानमा स्थापना गरिएका दुर्गा भगवतीका मूर्ति बिहीबार एकादशीका दिन नगर परिक्रमापश्चात् विसर्जन गरिएको छ । ...

अम्बे स्टिलमा आगलागी, फर्नेस आयलको ट्यांकीमा क्षति
फलाम उद्योगमा प्रयोग हुने फर्नेस आयलको ट्यांकीमा विद्युत् लाइन सर्ट हुँदा आगलागी भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । ...

अचानक शुक्रबार भारत भ्रमणमा जाँदै रवि लामिछाने
सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने बिहीबार भारत भ्रमणमा जाने भएका छन्। लामिछानेको निजी सचिवालयका अनुसार उनले शुक्रबार कात्तिक ६ देखि तीन दिनसम्म भारत भ्रमण गर्ने भएका हुन्। विज्ञप्तिमा भनिएको छ, ‘राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेज्यू भोलि मिति २०८३ कार्तिक ६ गतेदेखि तीन दिने निजी... ...


