एनपीएल : टस जितेर कर्णाली याक्स बलिङमा, विराटनगर पहिले ब्याटिङ गर्दै

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत बिहीबारको दोस्रो खेलमा कर्णाली याक्सले विराटनगर किङ्सविरुद्ध टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा खेल साँझ ५ बजे सुरु हुने तालिका छ । वर्षाका कारण केही समय पानी परेर रोकिएपछि मौसम धुम्मिएको छ । खेल सञ्चालन हुने आशामा दर्शकहरू रंगशालामा प्रतीक्षारत छन् ।

दुवै टोलीले प्रतियोगितामा दोस्रो खेल खेल्दैछन् । पहिलो खेलमा कर्णालीले जनकपुर बोल्ट्सलाई १९ रनले पराजित गरेको थियो । विराटनगर भने चितवन राइनोजसँग ८ रनले पराजित भएको थियो ।

कर्णाली आजको खेल जित्दै लगातार दोस्रो जित निकालेर आफ्नो विजयी यात्रा कायम राख्न चाहन्छ । विराटनगर भने पहिलो हारपछि पुनरागमन गर्दै प्रतियोगितामा पहिलो जित दर्ता गर्ने लक्ष्यमा छ ।

एनपीएलका अघिल्ला दुई संस्करणमा कर्णाली र विराटनगरबीचको प्रतिस्पर्धा पनि रोचक बनेको थियो । पहिलो संस्करणमा कर्णालीले विराटनगरलाई ७ रनले हराएको थियो भने दोस्रो संस्करणमा विराटनगरले कर्णालीलाई ३ विकेटले पराजित गरेको थियो ।

Read Complete Original Article
Published originally on आर्थिक न्यूज
Related News

कम्पनीको कर, शुल्क र जरिबाना मिनाहाको म्याद पुस मसान्तसम्म थप
काठमाडौं । कम्पनी ऐन, २०६३ बमोजिम दर्ता भएका कम्पनीलाई लाग्ने कर, शुल्क, दस्तुर, ब्याज तथा जरिबाना मिनाहा हुने व्यवस्थाअन्तर्गत विवरण पेस गर्ने समयसीमा आगामी पुस मसान्तसम्म थप गरिएको छ। यसअघि २०८३ असोज मसान्तसम्म तोकिएको म्याद बढाएर २०८३ पुस मसान्तसम्म कायम गरिएको हो। सम्बन्धित निकायले २०८३ कात्तिक ९ गते गरेको निर्णयअनुसार कम्पनीहरूले आर्थिक वर्ष २०८२/८३ का लागि कानुनबम… ...

बजाज आरई इलेक्ट्रिक तीनपाङ्ग्रेमा ५० हजारसम्म छुट, अन्य सुविधा र अफरहरू के छ ?
काठमाडौँ / बजाज दुईपाङ्ग्रे तथा तीनपाङ्ग्रे सवारीसाधनको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि.ले बजाज आरई इलेक्ट्रिक तीनपाङ्ग्रे सवारीसाधनमा चाडपर्व लक्षित विशेष योजना सार्वजनिक गरेको ...

नेपालमा वर्षेनी ५० देखि ७५ हजार मानिस स्ट्रोकबाट प्रभावित
काठमाडौँ /नेपालमा वर्षेनी ५० हजारदेखि ७५ हजार मानिस मस्तिष्कघात (स्ट्रोक) बाट प्रभावित हुने गरेको ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालका वरिष्ठ न्यूरोलोजिस्ट डा. राजु पौडेलले बताएका छन् । विश्व ...

नेपालमा तीन महिनामै टिकटकका २० लाखभन्दा बढी भिडियो हटाइए
काठमाडौँ / टिकटकले सन् २०२६ को दोस्रो त्रैमासिक अर्थात् अप्रिलदेखि जुनसम्म नेपालमा कम्युनिटी गाइडलाइन्स उल्लङ्घन गर्ने २० लाख ३६ हजार १९१ वटा भिडियो हटाएको छ ...