काठमाडौं । राजधानीमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तरगत जनकपुर बोल्ट्सले पोखरा एभेन्जर्सलाई ९ रनले हराएको छ। याे जनकपुरकाे दाेस्राे जित हाे। ३ खेलबाट ४ अंकसहित जनकपुर दाेस्राे स्थानमा समेत उक्लिएकाे छ। लगातार दाेस्राे खेल हारेकाे पाेखरा भने पुछारमा छ। जनकपुरले दिएकाे १४८ रनको लक्ष्य पछ्याएकाे पाेखराले ९ विकेटको क्षतिमा १३८ रन मात्रै बनाउन सक्याे । जसमा कप्तान कुशल भुर्तेलले सर्वाधिक ३५ रन बनाए। जनकपुरका माेइन अलिले ३, कप्तान हर्मित सिंह र सैफ हसनले २/२ विकेट लिए। यसअघि कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको जनकपुरले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १४७ रन बनायाे। जसमा तृतराज दासले अर्धशतकीय पारी खेल्दै ६१ रनको याेगदान गरे। तृत जारी प्रतियोगितामा अर्धशतक प्रहार गर्ने छैटौं खेलाडी समेत बनेका छन्। यस्तै अभिषेश तिवारीले २४ , माेइन अलीले २१ रन बनाए। पाेखराका सकिब अल हसनले ३,चमिका करूणारत्नेले २ विकेट लिए। प्रतियोगिता अन्तरगत भाेलि दुई खेल हुनेछन् । पहिलाे खेलमा मध्यान्ह १२ बजे काठमाडौं गाेर्खाज र कर्णाली याक्स भिड्दा दाेस्राे खेलमा साँझ ५ बजे सुदूरपश्चिम राेयल्स र चितवन राइनाेज आमनेसामने हुनेछन् ।
एनपीएल: जनकपुरको दाेस्राे जित,पाेखराकाे लगातार दाेस्राे हार

Read Complete Original Article
Published originally on अनलाइनपाना






