एनपीएल खेल्दै यी भेट्रान खेलाडी, जसका खेल हुनेछन् जादुमयी

काठमाडौं– यस सिजनको नेपाल प्रिमियर लिग (एनपीएल) सोमबार साँझ सुरु हुँदैछ । यस सिजनमा आफ्नो खेल देखाउन संसारभरिका धेरै स्टार नेपाल आइपुगेका छन् । यस पटकको चर्चा कुल ६ जना भेट्रान खेलाडी नेपाल आएका छन्, जो यस सिजनको एनपीएलमा छाउन सक्छन् । नेपाली खेलाडीमध्ये सबैभन्दा पाका खेलाडी सम्भवतः विनोद भण्डारी हुन् । विनोद भण्डारीले सुदूरपश्चिमका लागि खेल्ने गर्छन् । सन् २००९ मा कुवेतसँग भएको एसीसी टी-२० को खेलमा अन्तिम बलमा नेपालका लागि खेल जित्न ७ रन आवश्यक थियो । सो समयमा उनले छक्का प्रहार गरेपछि खेल बराबरीमा सकिएको थियो । युवा खेलाडी रहेको भण्डारीको सो खेल नै अहिलेसम्मको सम्भवतः सबैभन्दा यादगार खेल हुन पनि सक्छ । सन् २००९ मा मलेसियासँग भएको खेलमा उनको विस्फोटक ब्याटिङले नेपालले १७३ रनको योगफल खडा गर्दै ६ रनको जित हात पारेको थियो । सो खेलमा उनले २५ बलमा अविजित ५० रनको योगदान गरेका थिए । उनी खेलको म्यान अफ द म्याचसमेत घोषित भए । सन् २०१९ को विश्वकपमा सकिब अल हुसेनले अफगानिस्तानविरुद्ध ५१ रन प्रहार गरेका थिए । साथै २९ रन खर्चेर ५ विकेट लिन सफल भएका थिए । विश्वकपको एकै खेलमा अर्धशतक प्रहर गर्नुका साथै ५ विकेट लिने दुर्लभ सफलता उनले पाएका थिए । ३९ वर्षीय उनी यस सिजनको एनपीएलमा पोखरा एभेन्जर्समा आबद्ध छन् । खेल जीवनमा थुप्रै सफलता हात पारेका डेभिड वार्नरको हकमा सन् २०१९ मा एडिलेडमा भएको टेस्टमा पाकिस्तानविरुद्ध प्रहार गरेको तेहेरो शतक सबैभन्दा यादगार छ । उनले ४१८ बलमा अविजित ३३५ रन प्रहार गरेका थिए । सन् २०१६ मा सनराइजर्स हैदरावादलाई आईपीएलको उपाधि दिलाउने क्रममा उनले ३८ बलमा ६९ रन प्रहार गरेका थिए । उनको विस्फोटक ब्याटिङकै कारण हैदरावादले २०८ रनको योगफल खडा गरेको थियो । फाइनलमा रोयल च्यालेन्जर बंगलोर ८ रनले पराजित भएको थियो । उनले सन् २००९ मा दक्षिण अफ्रिकाविरुद्ध पहिलो टी-२० डेव्यु खेलमा ४३ बलमा ८९ रन जोडेका थिए । ३९ वर्षीय वार्नर काठमाडौं गुर्खाजका लागि खेलिरहेका छन् । यस सिजनको एनपीएलमा आबद्ध हुनेमध्ये एन्जेलो म्याथ्युज पनि ३९ वर्षका हुन् । अलराउन्डर उनले ११९ टेस्ट खेल्दै ८२१ रन बनाएका छन् । उनले सन् २०१४ मा भएको इङ्ल्यान्डविरुद्धको टेस्टमा पहिलो पारीमा ४ विकेट लिँदै ४४ रन खर्चेका थिए । दोस्रो पारीमा उनले १६० रन बनाएका थिए । सोही प्रदर्शनका कारण उनी म्यान अफ द म्याच पनि घोषित भएका थिए । उनको यसै प्रदर्शनका कारण श्रीलङ्काले टेस्टमा पनि अन्तिम बलमा सफलता पाएको थियो । त्यस भन्दाअघि पनि उनले इङ्ल्यान्डसँगको खेलमा १०२ रन मात्र बनाएनन्, अन्तिम विकेट जोगाएर आफ्नो टोलीलाई हारबाट बचाएका थिए । सन् २०१४ मा उनी साँच्चै बेजोड फर्ममा थिए । अबुधावीमा पाकिस्तानसँग भएको खेलमा उनले ९१ रन र १५७ रन प्रहार गरेका थिए । त्यसमा उनी प्लेयर अफ द म्याच भएका थिए । सन् २००९ मा कोलम्बोमा भारतसँग भएको एकदिवसीय खेलमा उनले ६ विकेट लिएका थिए । सन् २०१४ मा राँचीमा भारतसँग भएको एकदिवसीय खेलमा उनले १३९ रन बनाएका थिए । सन् २००९ को टी-२० तथा २०११ को एकदिवसीय विश्वकपमा उनको टोली श्रीलङ्का उपविजेता बनेको थियो । सन् २०१२ को टी-२० विश्वकपमा पनि श्रीलङ्का उपविजेता बनेको थियो । उनी विराटनगर किङ्समा आबद्ध छन् । कोलकाता नाइटराइडर्स तथा नाइट राइडर्स ग्रुपका भरपर्दा अलराउन्डर आन्द्रे रसेलको जीवनमा पनि धेरै अविस्मरणीय खेल छन् । यसै खेलमध्ये सन् २०१८ मा जमैका तालावासको तर्फबाट ट्रिनबागो नाइट रइडर्सका लागि गरेको प्रदर्शन सायद टी-२० इतिहासकै उत्कृष्ट प्रदर्शन हो । उनले फाइनल ओभर बलिङ गर्दै ह्याट्रिक गरेका थिए । उनी आफ्नो टोलीले १६ रनमा चार विकेट गुमाएको समयमा ब्याटिङ गर्न आएका थिए । २२४ रन पछ्याएको टोली पराजयको नजिक पुगेको समयमा उनले ४९ बलमा अविजित १२१ रन प्रहार गरे । उनको टोली अन्तिम बलमा जित हात पार्न सफल भएको थियो । ३८ वर्षीय उनी पनि विराटनगर किङ्समा आबद्ध छन् । दक्षिण अफ्रिकाका डेभिड मिलर सन् २०१७ मा बनाएको कीर्तिमानी शतकका लागि परिचित छन् । बङ्गलादेशसँगको खेलमा उनले ३६ बलमा अविजित १०१ रन प्रहार गरेका थिए । उनले ३५ बलमा शतक प्रहार गरेका थिए । सो समयमा सबैभन्दा छिटो टी-२० कीर्तिमानको रूपमा त्यस ब्याटिङ रहेको थियो । सन् २०२२ मा गुहावटीमा मिलरले भारतसँगको खेलमा ४७ बलमा १०६ रन बनाए । २३८ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिका १६ रनले पराजित भएको थियो । यी नै आकर्षक मिलर अहिले कर्णाली यक्समा आबद्ध छन् ।
Read Complete Original Article
Published originally on विश्वखबर
Related News

सप्तकोशीमा बोट दुर्घटना : तीन जनाको मृत्यु, एक बेपत्ता
भोजपुर । यात्रु बोकेको बोट सप्तकोशीमा दुर्घटना भएको छ । आइतबार दिउँसो करिब साढे एक बजेतिर भोजपुरको कोप्चेबाट १४... ...

सम्हालिएको सेयर बजारमा सम्पत्ति शुद्धीकरणको लगाम, के होला अबको कारोबार ?
काठमाडौं । दसैँ बिदाको अघिल्लो दिन असोज ३० गते धितोपत्र बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डले नयाँ निर्देशन जारी गर्यो । त्यही दिनदेखि लागु हुने नियमले सेयर कारोबारमा बोर्डले कडाइ गरेको... ...

इन्ज्युरी समयमा दुई गोल गर्दै इन्टर शीर्षमा
एलेक्स जिमिनेजको गोलमा पाहुना टोलीले ६५औं मिनेटमा अप्रत्याशित अग्रता लिएको थियो । तर मार्कस थुरामले ९१ औं मिनेटमा बराबरी गोल फर्काए भने पिट्र जेलेन्स्कीले ९८ औं मिनेटमा पेनाल्टीमार्फत निर्णायक गोल गरे । ...
.jpg)
बर्जुमा बोराभित्र पुरुषको शव फेला
सुनसरी, कात्तिक ८ गते । सुनसरीको बर्जु गाउँपालिका–२ भीमपुरस्थित केसेलिया खोलामा बोराभित्र हालिएका अवस्थामा एक पुरुषको शव फेला परेको छ ।भारतको बनारस घर भई हाल विराटनगर महानगरपालिका–... ...


