एनपीएल क्रिकेटः सुदूरपश्चिमद्वारा लुम्बिनीलाई ८८ रनको सामान्य लक्ष्य

काठमाडौं । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो खेलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८८ रनको सामान्य लक्ष्य दिएको छ । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर पहिला ब्याटिङ गरेको सुदूरपश्चिम ८७ रनमा समेटियो । जसमा कप्तान दीपेन्द्रसिंह ऐरीले सर्वाधिक २७ रन बनाए । त्यस्तै, तल्लो क्रममा ब्याटिङ गरेका अनिल खरेल २६ बलमा १५ रन जोड्दै अविजित (नटआउट) रहे भने ओपनर सैफ जैबले १४ बलमा १३ रन बनाए । अन्य ब्याट्सम्यानहरूले भने दोहोरो अंकमा रन छुन सकेनन् । विनोद भण्डारी ८ बलमा ९ रन, ईशान पाण्डे ९ बलमा ७ रन, अविनाश बोहरा ९ बलमा ३ रन, ब्रान्डन म्याकमुलेन २ बलमा २ रन र शेरफेन रदरफोर्ड ४ बलमा १ रन बनाएर पेभिलियन फर्किए । आरिफ शेख (६ बल), स्कट कुग्गेलेइन (२ बल) र हेमन्त धामी (१ बल) खाता नखोली शून्य रनमै आउट भए । सुदूरपश्चिमले अतिरिक्त बापत १० रन प्राप्त गरेको थियो ।
Read Complete Original Article
Published originally on अनलाइनपाना
Related News

सुदूरपश्चिमको कमजोर शुरूआतबारे यसो भन्छन् प्रशिक्षक उल हक
सुदूरपश्चिम रोयल्सका प्रशिक्षक मिसबाह उल हकले नेपाल प्रिमियर लिगको उद्घाटन खेलमा हारपछि आफ्ना ब्याटरले सहजै विकेट गुमाएको बताएका छन् । ...

रुस स्थानीय युद्धविरामका लागि तयार, तर युक्रेनमाथिको आक्रमण नरोकिने
काठमाडाैँ। रुसले युक्रेनमा जारी आक्रमणको तीव्रता कम नगर्ने स्पष्ट पारेको छ । यद्यपि, मानवीय उद्देश्यका लागि स्थानीय स्तरमा सीमित अवधिको युद्धविराम गर्न भने आफू तयार रहेको मस्कोले जनाएको छ। क्रेमलिनका अनुसार... ...

मेटाले आफ्नो एआई महत्वाकाङ्क्षा पूरा गर्न ३५ अर्ब डलर उठाउने
काठमाडाैँ। मेटाले आफ्नो कृत्रिम बुद्धिमत्ता (एआई) विकासमा लगानी गर्न सेयर निष्कासनमार्फत ३५ अर्ब डलर उठाउने योजना बनाएको छ। अमेरिकी धितोपत्र तथा विनिमय आयोग (एसईसी) ले सोमबार सार्वजनिक रिपोर्टमा सेयर निष्कासनमार्फत मेटाले... ...

मलेसियासँग श्रमिक भर्नाबारे बैठक गर्न नेपालको प्रस्ताव
प्रस्तावित बैठकमा श्रमिक छनोट तथा भर्ना प्रक्रियालाई थप व्यवस्थित, पारदर्शी र श्रमिकमैत्री बनाउने विषयका साथै सन् २०१८ मा नेपाल र मलेसियाबीच सम्पन्न श्रमसम्बन्धी समझदारीपत्रको नवीकरणसम्बन्धी मस्यौदालाई अन्तिम रूप दिने विषयमा समेत छलफल हुने अपेक्षा गरिएको छ । ...


