Thursday, October 29, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/एनपीएल : कर्णाली याक्सको रोमाञ्चक जित

एनपीएल : कर्णाली याक्सको रोमाञ्चक जित

Share:WhatsAppFacebookX (Twitter)Telegram
एनपीएल : कर्णाली याक्सको रोमाञ्चक जित

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले विराटनगर किंग्सलाई ४ विकेटले पराजित गर्दै लगातार दोस्रो जित दर्ता गरेको छ। बिहीबार भएको खेलमा विराटनगरले दिएको १८७ रनको लक्ष्य कर्णालीले अन्तिम ओभरको अन्तिम बलमा ६ विकेट गुमाएर पूरा गर्यो। विराटनगरले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १८६ रन बनाएको थियो। विराटनगरका लागि लोकेश बमले ५२ बलमा ९ छक्का र ३ चौकासहित सर्वाधिक ५२ रनको योगदान दिए। एन्जेलो म्याथ्युजले ३१ र आन्द्रे रसेलले २७ रन बनाए। बलिङतर्फ कर्णालीका कप्तान सोमपाल कामीले ४ ओभरमा ३३ रन खर्चेर ४ विकेट लिए। मार्क वाट र नन्दन यादवले एक-एक विकेट लिए। जवाफी ब्याटिङमा उत्रिएको कर्णालीको जितमा कप्तान सोमपाल कामीले उत्कृष्ट प्रदर्शन गरे। उनले ३२ बलमा ३ छक्का र ३ चौकासहित अविजित ६२ रन बनाए। यस्तै, पवन सर्राफले ३६, अरिफुल इस्लामले ३२, गुलशनकुमार झाले अविजित २८ र दीपक डुम्रेले २० रनको योगदान दिए। विराटनगरका एन्जेलो म्याथ्युजले ३ विकेट लिए भने चारिथ असलंका, सन्दीप लामिछाने र प्रतिस जिसीले समान १ विकेट लिए। यो हारसँगै विराटनगरले प्रतियोगितामा लगातार दोस्रो पराजय भोगेको छ। यसअघि विराटनगर चितवन राइनोजसँग पराजित भएको थियो, भने कर्णालीले आफ्नो पहिलो खेलमा जनकपुर बोल्ट्सलाई हराएको थियो। मंसिर ५ गतेसम्म सञ्चालन हुने यस प्रतियोगितामा ८ टोलीको सहभागिता रहेको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

धादिङमा सिग्नेचर ब्रिजसहित पाँच सडकको स्तरोन्नति गरिने
ताजा खबरJust now

धादिङमा सिग्नेचर ब्रिजसहित पाँच सडकको स्तरोन्नति गरिने

काठमाडौँ । धादिङ जिल्लाका बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण तथा सडक पूर्वाधार स्तरोन्नतिका सम्बन्धमा सरकार र स्थानीय जनप्रतिनिधिबिच महत्त्वपूर्ण सहमति भएको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, पूर्वाधार विकास मन्त्री सुनील... ...

रातोपाटी
मनास्लु क्षेत्रमा पदयात्रा नगर्न प्रशासनको आग्रह
ताजा खबरJust now

मनास्लु क्षेत्रमा पदयात्रा नगर्न प्रशासनको आग्रह

गोरखा, कात्तिक १२ गते । जिल्ला प्रशासन कार्यालय गोरखाले आगामी तीनदिन मनास्लु क्षेत्रमा पदयात्रा नगर्न सम्बन्धित सबैमा आग्रह गरेको छ । यही बिहीबार, शुक्रबार र शनिबार उच्च पहाडी तथा... ...

गोरखापत्र
मन्त्री चौधरीसँग युएनडिपीका प्रतिनिधि चेभिलार्डको भेट
ताजा खबरJust now

मन्त्री चौधरीसँग युएनडिपीका प्रतिनिधि चेभिलार्डको भेट

काठमाडौँ । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीसँग संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) का प्रतिनिधि जुलियन चेभिलार्ड (फ्रान्स)ले भेट गरेका छन् । बिहीबार भएको भेटमा उनीहरूबिच जलवायु परिवर्तन, विपद् जोखिम न्यूनीकरण,... ...

रातोपाटी
गोविन्द केसीसँग भएका सहमति कार्यान्वयनमा सरकार : चिकित्सा शिक्षामा कहाँ कसरी हुँदैछ सुधार ?
ताजा खबरJust now

गोविन्द केसीसँग भएका सहमति कार्यान्वयनमा सरकार : चिकित्सा शिक्षामा कहाँ कसरी हुँदैछ सुधार ?

काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्रालयले प्रा. डा. गोविन्द केसीसँग विभिन्न समयमा भएका सहमति कार्यान्वयन गर्दै चिकित्सा शिक्षा सुधारका काम अघि बढिरहेको जनाएको छ । मन्त्रालयले राष्ट्रिय चिकित्सा शिक्षा ऐन जारी,... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play