Sunday, October 25, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/एनपीएलमा पाकिस्तानी खेलाडीको सहभागिता अनिश्चित

एनपीएलमा पाकिस्तानी खेलाडीको सहभागिता अनिश्चित

Share:WhatsAppFacebookX (Twitter)Telegram
एनपीएलमा पाकिस्तानी खेलाडीको सहभागिता अनिश्चित

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) मा पाकिस्तानी खेलाडीहरूको सहभागिता अनिश्चित बनेको छ। क्रिकइन्फोका अनुसार एनपीएलमा सहभागी हुने पाकिस्तानी खेलाडीहरूले नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) प्राप्त गर्ने सम्बन्धमा समस्या देखिएको छ। यसअघि एनओसी पाइसकेका खेलाडीहरूलाई समेत प्रतियोगितामा सहभागी हुन रोक लगाइएको बताइएको छ। एनपीएलसँग सम्बन्धित स्रोतहरूले पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले एनओसी जारी गर्नका लागि प्रत्येक खेलाडीसँग २५ हजार अमेरिकी डलर माग गरेको दाबी गरेका छन्। यद्यपि, पीसीबीले आयोजकलाई लिखित रूपमा यस्तो शुल्क माग गरेको आधिकारिक पुष्टि हुन सकेको छैन। क्रिकइन्फोले यस विषयमा प्रतिक्रियाका लागि पीसीबीलाई सम्पर्क गरे पनि तत्काल कुनै जवाफ प्राप्त भएको छैन। प्रतियोगिता भोलि सोमबारदेखि सुरु हुँदै छ, जसमा आठ टोलीले प्रतिस्पर्धा गर्नेछन्। केही पाकिस्तानी खेलाडीहरू काठमाडौं आइपुगेका छन् भने अन्य खेलाडीहरूले समस्या समाधान नभएसम्म आफ्नो यात्रा स्थगित गरेका छन्। एनपीएलमा सहभागी हुन लागेका खेलाडीहरूमा साहिबजादा फरहान, हैदर अली, हुनैन शाह, हुसेन तलात, इफ्तिखार अहमद, हसन अली र उसामा मिर रहेका छन्। यी खेलाडीहरू हाल पाकिस्तानको कुनै पनि एकदिवसीय वा टेस्ट टोलीमा समावेश छैनन्। यस वर्ष पीसीबीले रातो बल र सेतो बलको क्रिकेटका लागि नयाँ केन्द्रीय सम्झौता संरचना घोषणा गरेको थियो। यसअन्तर्गत टी-२० विशेषज्ञ मानिने खेलाडीहरूलाई अन्तर्राष्ट्रिय जिम्मेवारीसँग मिति नजुध्ने अवस्थामा विदेशी लिग खेल्ने स्वतन्त्रता दिने व्यवस्था थियो। तर, पीसीबीले कुन खेलाडी कुन श्रेणीमा पर्छन् भन्ने सार्वजनिक गरेको छैन र नयाँ सम्झौता पूर्ण रूपमा कार्यान्वयनमा आएको छ वा छैन भन्ने स्पष्ट छैन।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

दसैँपछि मुक्तिनाथ मन्दिरमा दर्शनार्थी बढे
ताजा खबरJust now

दसैँपछि मुक्तिनाथ मन्दिरमा दर्शनार्थी बढे

मुस्ताङ । हिन्दु तथा बौद्ध धर्मालम्बीहरुको धार्मिक साझा तीर्थस्थल मुक्तिनाथ मन्दिरमा दसैँपछि भक्तजनको सङ्ख्या बढेको छ । दसैँ अगाडि प्रायः सुनसान जस्तै रहेको मुक्तिनाथ मन्दिरमा अहिले भने पर्यटकको चहलपहल बाक्लो... ...

रातोपाटी
सप्तरी सहिदहरूको भूमि हो : महामन्त्री संग्रौला
ताजा खबरJust now

सप्तरी सहिदहरूको भूमि हो : महामन्त्री संग्रौला

सप्तरी । नेपाली कांग्रेसका महामन्त्री महिला डा डिला संग्रौलाले सप्तरी सहिदहरूको भूमि भएको बताएकी छन् । सप्तरी क्षेत्र नं २ प्रदेश तथा नगर कार्यसमितिले राजविराजमा आज आयोजना गरेको दसैँ, तिहार तथा... ...

रातोपाटी
न्युक्यासलसँग क्रिस्टल प्यालेस २–० ले पराजित
ताजा खबरJust now

न्युक्यासलसँग क्रिस्टल प्यालेस २–० ले पराजित

काठमाडौँ । इङ्लिस प्रिमियर लिग फुटबलमा न्युक्यासल युनाइटेडले क्रिस्टल प्यालेसलाई २–० गोलले पराजित गरेको छ । आइतबार प्यालेसको घरेलु मैदान सेलहर्स्ट पार्कमा भएको खेलमा न्युक्यासलले दोस्रो हाफमा दुई गोल गरेको... ...

रातोपाटी
हल सिटी र ब्रेन्टफोर्डले खेले १–१ को बराबरी
ताजा खबरJust now

हल सिटी र ब्रेन्टफोर्डले खेले १–१ को बराबरी

काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबलमा हल सिटी र ब्रेन्टफोर्डले १–१ गोलको बराबरी खेलेका छन् । दुवै टोलीले एक–एक गोल गरेपछि अङ्क बाँडेका हुन् । ब्रेन्टफोर्डले दोस्रो हाफमा पुनरागमन गर्दै... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play