एनपीएलमा पहिलो पटक अम्पाएरको निर्णय पुनरावलोकन हुने डीआरएस लागू

काठमाडौँ । एनपीएलमा पहिलो पटक अम्पाएरको निर्णय पुनरावलोकन हुने डीआरएस लागू हुने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले एनपीएलको तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डिआरएस) लागु गर्ने निर्णय भएको जानकारी दिएको हो । यससँगै नेपाली क्रिकेटमा नयाँ उपलब्धि थपिएको छ । डीआरएसको प्रयोगले खेलका क्रममा अम्पायरको निर्णय पुनरावलोकन गर्न सकिनेछ, जसले खेललाई थप निष्पक्ष र विश्वसनीय बनाउन सहयोग पुग्नेछ । एनपीएलको तेस्रो संस्करणमा आइसीसीले मान्यता दिएपछि टेस्ट खेल्ने देशका खेलाडीहरु पनि धमाधाम भित्रिरहेका छन् । एनपीएलको तेस्रो संस्करण कात्तिक ९ देखि मंसिर ५ सम्म अर्थात अक्टोबर २६ देखि नोभेम्बर २१ सम्म हुदैछ ।
Read Complete Original Article
Published originally on विश्वखबर
Related News

अमेरिकामा सरकारी ठगीको सूचना दिनेलाई ३० हजार डलरसम्म पुरस्कार
संघीय कार्यक्रम र सरकारी रकमको दुरुपयोग अन्त्य गर्ने प्रयास तीव्र पारिरहेका बेला राष्ट्रपति डोनाल्ड ट्रम्प र उपराष्ट्रपति जेडी भान्सले यस्तो घोषणा गरेका हुन् । ...
_bwmLIOJRof.jpg)
कस्तो रहनेछ आजको मौसम ?
काठमाडौँ। हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अहिले देशका हिमाली र पहाडी भू-भागमा आंशिक बादल लागेको छ। तराई भू-भागमा भने... ...

सबै किन्न पाइन्छ अमेरिकामा, तर दसैंको उत्साह पाइन्न
अमेरिकामा दसैं मनाउन चाहिने अक्षता, जमरा, पूजाका सामान वा मासु-मिठाई सबै बजारमा किन्न पाइन्छ । तर, गाउँको आत्मीयता, रोटे पिङको मच्चाइ अनि परिवारका सबै सदस्य एकै ठाउँमा बसेर मनाइने दसैंको मौलिक न्यानोपन कुनै सुपरमार्केटमा किन्न पाइँदैन रहेछ। ...

बडा दशैंको मुख्य दिन आज, उत्तम साइत बिहान १०ः२६ बजे
काठमाडौँ- बडादशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइँदै छ । दशैं घर वा पूजा कोठामा नौ दिनसम्म पूजा आराधना गरिएको देवीको प्रसाद आज मान्यजनबाट लगाइन्छ । टीका प्रसाद ग्रहण गर्न साइत खोज्नेका लागि नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आज बिहान १०ः२६ बजेको साइत उत्तम रहेको जनाएको ...


