Tuesday, October 20, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/एनपीएलमा पहिलोपटक डीआरएस, एलबीडब्ल्यूसहित रनआउट र नो बलको पनि रिभ्यू हुने

एनपीएलमा पहिलोपटक डीआरएस, एलबीडब्ल्यूसहित रनआउट र नो बलको पनि रिभ्यू हुने

Share:WhatsAppFacebookX (Twitter)Telegram
एनपीएलमा पहिलोपटक डीआरएस, एलबीडब्ल्यूसहित रनआउट र नो बलको पनि रिभ्यू हुने

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग हुने भएको छ। यही कात्तिक ९ गतेदेखि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुरु हुने प्रतियोगितामा डीआरएस प्रयोग गरिने जानकारी एनपीएलको आधिकारिक फेसबुक पेजमार्फत दिइएको हो। डीआरएस प्रयोगसँगै प्रतियोगितामा अम्पायरको निर्णयमाथि पुनरावलोकन गर्न सकिनेछ। यसले खेलका महत्त्वपूर्ण क्षणमा निर्णयको शुद्धता बढाउनुका साथै खेललाई थप प्रतिस्पर्धात्मक बनाउन सहयोग गर्ने अपेक्षा गरिएको छ। एनपीएलमा एलबीडब्ल्यूको निर्णय पुनरावलोकन गर्न फूल थ्रीडी बल ट्र्याकिङ प्रविधि प्रयोग गरिनेछ। यस्तै, रनआउट, स्टम्पिङ र नो बलको पनि रिभ्यू गर्न सकिने व्यवस्था रहनेछ। प्रतियोगितामा कृत्रिम बुद्धिमत्ता (एआई) को सहायताबाट ब्याटमा बलले एज लिएको पहिचान गर्ने प्रविधिसमेत प्रयोग हुनेछ। यसका अतिरिक्त हाइटका आधारमा वाइड बलको मूल्यांकन, छक्काको दूरी र उचाइ मापन तथा अन्य बलिङ एनालिटिक्स पनि उपलब्ध हुने जनाइएको छ। डीआरएस क्रिकेटमा अम्पायरको निर्णय पुनरावलोकन गर्न प्रयोग गरिने प्रविधि हो। यसको सहायताले खेलाडीले निश्चित अवस्थामा अम्पायरको निर्णय चुनौती दिन सक्छन्। उपलब्ध प्रविधिबाट प्राप्त प्रमाणका आधारमा निर्णय कायम राख्ने वा परिवर्तन गर्ने प्रक्रिया अघि बढाइन्छ। नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले एनपीएलमा डीआरएसको प्रयोग नेपाली क्रिकेटका लागि कोसेढुंगा साबित हुने बताएका छन्। डीआरएस र अन्य आधुनिक प्रविधिको प्रयोगले एनपीएलको प्राविधिक स्तर उकास्नुका साथै नेपाली क्रिकेटमा अन्तर्राष्ट्रियस्तरको खेल अनुभव विकास गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on अनलाइनपाना

Visit Publisher Site →

Related News

सीमा बन्द नगरे युरोप समाप्त हुने ट्रम्पको चेतावनी
ताजा खबरJust now

सीमा बन्द नगरे युरोप समाप्त हुने ट्रम्पको चेतावनी

वासिङटन।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आप्रवासन नियन्त्रण गर्न सीमा बन्द नगरे र अपराधमा संलग्न व्यक्तिहरूलाई देशबाट निष्कासन नगरे युरोपको अस्तित्व संकटमा पर्ने चेतावनी दिएका छन्। उनले फ्रान्ससहित युरोपका विभिन्न देशमा देखिएको अशान्तिको मुख्य कारण आप्रवासन भएको दाबी गरेका छन्। ह्वाइट हाउस बाहिर सोमबार पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले फ्रान्सको समस्या शिक्षा वा घरेलु नीतिसँग नभई आप्रवासनसँग सम्बन्धित रहेको बताए। उनले फ्रान्सेली राष्ट्रपति इमानुएल ...

नेपालन्युज
खाना स्वाद मात्र होइन नेपाली संस्कृति पनि हो: वरिष्ठ सेफ केसी
ताजा खबरJust now

खाना स्वाद मात्र होइन नेपाली संस्कृति पनि हो: वरिष्ठ सेफ केसी

खाना जिब्रोको स्वादका लागि मात्र नभएर शारीरिक स्वास्थ्यका लागि खानुपर्दछ भनिन्छ। किनभने जिब्रोलाई मिठोमात्र लाग्ने खानाले स्वास्थ्यमा सधैँ राम्रै गर्छ भन्ने हुँदैन। मानिसमा प्रायः कुन खानाले आफ्नो शरीरलाई के कस्तो असर या राम्रो गर्छ भन्ने ज्ञान हुन्छ। तर पनि स्वादका लागि र जिब्रोका लागि खाने गरेका हुन्छन्। त्यसैले पछिल्लो समय मिठो भन्दा पनि स्वस्थ एवं सन्तुलित खानाको सूची बनाए... ...

नेपालखबर
दसैंजस्तो नहुने दसैं
ताजा खबरJust now

दसैंजस्तो नहुने दसैं

कामको अत्यधिक चाप हुने चाडबाडको समयमा पनि घरमा महिलालाई सघाउने हातहरू हुँदैनन् भने कस्तो परिवार र केको उल्लास! ...

कान्तिपुर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play