Friday, October 30, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/एनपीएलमा नेपाली खेलाडीको दबदबा, लगातार ६ खेलमा ‘प्लेयर अफ दी म्याच’

एनपीएलमा नेपाली खेलाडीको दबदबा, लगातार ६ खेलमा ‘प्लेयर अफ दी म्याच’

Share:WhatsAppFacebookX (Twitter)Telegram
एनपीएलमा नेपाली खेलाडीको दबदबा, लगातार ६ खेलमा ‘प्लेयर अफ दी म्याच’

काठमाडौं । राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा नेपाली खेलाडीले उच्च प्रदर्शन गर्दै ‘म्याच विनर’ बनेका छन् । कात्तिक ९ गतेदेखि सुरु भएको प्रतियोगितामा हालसम्म छ खेल सम्पन्न भएका छन् । हालसम्म सम्पन्न छवटै खेलमा नेपाली खेलाडी ‘म्याच विनर’ बन्दै ‘प्लेयर अफ दी म्याच’ चुनिएका छन् । एनपीएल इतिहासमा यसरी लगातार छ खेलमा नेपाली खेलाडी प्लेयर अफ दी म्याच बनेको पहिलो रेकर्ड हो । लिगको पहिलो खेलमा लुम्बिनीमा आबद्ध स्पिनर शेर मल्ल, दोस्रो म्याचमा चितवनमा आबद्ध कमल सिंह ऐरी, तेस्रो खेलमा कर्णालीमा आबद्ध स्पिनर युनिसविक्रम ठकुरी ‘प्लेयर अफ द म्याच’ घोषित भए । यस्तै, चौथो म्याचमा सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्र सिंह ऐरी, पाँचौँ खेलमा जनकपुर बोल्ट्समा आबद्ध राहुल यादव र छैटौँ म्याचमा कर्णाली याक्सका कप्तान सोमपाल कामी ‘प्लेयर अफ द म्याच’ चुनिए । बिहीबार सम्पन्न दोस्रो खेलमा कर्णाली याक्सले विराटनगर किङ्समाथि ४ विकेटको सनसनीपूर्ण जित निकाल्यो । जसमा कप्तान सोमपाल कामीले अलराउण्ड प्रदर्शन गरे । उनले अविजित ६२ रन बनाउनुका साथै बलिङमा पनि ४ विकेट हात पारेका थिए । यो खेलमा सोमपाल म्यान अफ दी म्याच चुनिए । बिहीबार नै सम्पन्न पहिलो खेलमा काठमाडौं गोर्खाजमाथि ८ विकेटको जित निकाल्ने क्रममा जनकपुर बोल्ट्सका १७ वर्षीय बलर राहुल यादव चम्किए । काठमाडौंको पारी ध्वस्त पार्ने क्रममा राहुलले ४ विकेट चट्काउदै म्यान अफ दी म्याच चुनिए । बुधबार सुदूरपश्चिमलाई जिताउने क्रममा कप्तान दीपेन्द्रसिंह ऐरीले अलराउण्ड प्रदर्शन गरे । पोखरा एभेन्जर्सलाई ६ विकेटले हराउने क्रममा दीपेन्द्रले अविजित ५१ रन र १ विकेट हात पारेका थिए । उनी खेलका उत्कृष्ट खेलाडी चुनिए । मंगलबार सम्पन्न दोस्रो खेलमा कर्णालीले जनकपुरलाई १९ रनले हरायो । जसमा युनिश विक्रम ठकुरीले ३ विकेट लिदैं प्लेयर अफ दी म्याच भए । मंगलबार नै सम्पन्न पहिलो खेलमा चितवन राइनोजले विराटनगरमाथि ८ रनको जित निकाल्दा कमलसिंह ऐरीले ४ विकेट लिए । उनी खेलका उत्कृष्ट खेलाडी घोषित भए । सोमबार भएको उद्घाटन खेलमा लुम्बिनी लायन्सले सुदूरपश्चिमलाई हराउँदा शेर मल्ल चम्किए । म्यान अफ दी म्याच समेत भएका शेरले ३ विकेट झारेका थिए । अर्धशतकमा पनि नेपालीको वर्चश्व जारी एनपीएलमा हालसम्म पाँच अर्धशतक प्रहार भएका छन् । जसमा ३ नेपाली र २ विदेशी खेलाडीको नाममा छ । अर्धशतक हिकाउने नेपाली खेलाडीमा कर्णाली याक्सका कप्तान सोमपाल कामी, सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरी र विराटनगरका ओपनर ब्याटर लोकेश बम रहेका छन् । विदेशी खेलाडीमा जनकपुर बोल्ट्सका मोइन अली र चितवन राइनोजका डेभिड मलान रहेका छन् । बलिङ र ब्याटिङमा पनि नेपाली खेलाडी नै शीर्षमा नेपाली खेलाडीहरु जारी सिजनमा बलिङ र ब्याटिङमा पनि शीर्ष स्थानमा रहेका छन् । बलिङमा जनकपुर बोल्ट्सका राहुल यादव पहिलो स्थानमा छन् । उनले २ खेलमा ६ विकेट लिएका छन् । समान दुई खेलबाट समान ५ विकेट लिएका कर्णालीका कप्तान सोमपाल कामी र सुदूरपश्चिमका अनिल खरेल क्रमशस् दोस्रो र तेस्रो स्थानमा रहेका छन् । दुई खेलबाटै ४ विकेट लिएका जनकपुरका विदेशी खेलाडी हर्मीत खेलाडी चौथौ स्थानमा छन् । पाचौं स्थानमा भने एक खेलबाट ४ विकेट लिएका लुम्बिनीका नेपाली बलर किशोर महतो अटाएका छन् । यस्तै ब्याटिङको पहिलो स्थानमा दुई खेलबाट एक अर्धशतकसहित ११३ रन जोडेका विराटनगरका लोकेश बम रहेका छन् । लोकेश प्रतियोगिताका व्यक्तिगत उच्च स्कोर बनाउने खेलाडी हुन् । उनले कर्णालीकाविरुद्ध ८७ रन जोडेका थिए । दोस्रो स्थानमा सुदूरपश्चिमका कप्तान दीपेन्द्र सिंह ऐरी रहेका छन् । उनले दुई खेलबाट एक अर्धशतकसहित ७८ रन बनाएका छन् । ब्याटिङको तेस्रो र चौथो स्थानमा भने विदेशी खेलाडी अटाएका छन् । तेस्रो स्थानमा जनकपुरका मोइन अली छन् उनले एक खेलमा एक अर्धशतकसहित ७७ रन बनाएका छन् । चौथो स्थानमा रहेका कर्णालीका अरिफूल स्लामले दुई खेलबाट ७५ रन जोडेका छन् । पाचौं स्थानमा रहेका कर्णालीका नेपाली ब्याटर पवन सराफले २ खेलबाट ७३ रन हिर्काएका छन् । विश्व चर्चित खेलाडी समेत सहभागी प्रतियोगितामा नेपाली खेलाडीले गरेको प्रदर्शनको नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्दले पनि प्रशंसा गरेका छन् । उनले भने,‘विश्वका चर्चित खेलाडी समेत सहभागी एनपीएलमा नेपाली खेलाडीले गरेको प्रदर्शन निकै प्रशंसनीय छ । हामीले नेपाली क्रिकेटको व्यवशायिक विकास र खेलाडी उत्पादनका लागि प्रतियोगिता आयोजना गरेका हौं। जुन नेपाली खेलाडीले देखाइरहेका छन्। ’ उच्च स्कोर बनाउने कर्णाली, न्यूनमा सुदूरपश्चिम प्रतियोगिताको उच्च स्कोर बनाउनेमा कर्णाली छ भने न्यून स्कोर बनाउने टोलीमा सुदूरपश्चिम छ । कर्णालीले १८७ रन बनाएको थियो भने सुदूरपश्चिमको ८७ रनमा समेटिन पुगेको थियो । प्रतियोगिताको उच्च साझेदारी भने जनकपुरका शैफ हसन र मोइन अलीबीच रहेको छ । हसन र अलीले काठमाडौंकाविरुद्ध तेस्रो विकेटका लागि गरेको ७९ रनको साझेदारी गरेका थिए । नेपाल क्रिकेट संघ(क्यान)को आयोजनामा कात्तिक ९ गतेदेखि सुरु भएको प्रतियोगिताको फाइनल खेल मङ्सिर ५ गते हुनेछ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →

Related News

भारतको उत्तराखण्डमा हेलिकप्टर दुर्घटना, ६ जनाको मृत्यु भएको आशंका
ताजा खबरJust now

भारतको उत्तराखण्डमा हेलिकप्टर दुर्घटना, ६ जनाको मृत्यु भएको आशंका

उत्तराखण्ड । भारतको उत्तराखण्डस्थित चमोली जिल्लामा बेपत्ता भएको हेलिकप्टर दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ। हेलिकप्टरमा सवार पाइलटसहित ६ जनाकै मृत्यु भएको आशंका गरिएको अधिकारीहरूले बताएका छन्। बद्रीनाथबाट देहरादुनतर्फ उडिरहेको हेलिकप्टर जोशीमठ नजिकैको हाथी पर्वत क्षेत्रमा सम्पर्कविहीन भएको थियो। खोजीका क्रममा हेलिकप्टर जोशीमठ नजिकै जेपी पावर हाउस क्षेत्रको पहाडी भिरमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको भारतीय सञ्चारमाध्यम टाइम्स अफ इन्डियाले जनाएको छ। हेलिकप्टर बेपत्ता भएको ...

केन्द्रबिन्दु
कान्तिलोकपथमा राति सवारी साधन आवागमनमा रोक
ताजा खबरJust now

कान्तिलोकपथमा राति सवारी साधन आवागमनमा रोक

प्रशासन कार्यालयद्वारा जारी सूचनाअनुसार शुक्रबार र शनिबार अर्थात १३ र १४ कात्तिकमा कान्तिलोकमार्गमा बेलुका ५ बजेदेखि बिहान ५ बजेसम्म सवारी आवागमनमा रोक लगाइएको छ । ...

कान्तिपुर
सरकारले निलम्बन गर्यो एनप्याब्सन, कारण के ?
ताजा खबरJust now

सरकारले निलम्बन गर्यो एनप्याब्सन, कारण के ?

• सरकारले राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एनप्याब्सन) लाई निलम्बन गरेको छ। • एनप्याब्सनले गृह मन्त्रालयबाट जारी गरिएका निर्देशनहरू बारम्बार उल्लंघन गरेको र निर्देशन पालना नगरेको बताइएको छ। • मन्त्रालयले एनप्याब्सनको कार्यशैली विपरीतका गतिविधिहरूको कारण निलम्बन गरिएको जानकारी दिएको छ। ...

नेपालबहस
नेत्रज्योति संघद्वारा विपद् उद्धार कोषमा थप १६ लाख ३३ हजार सहयोग
ताजा खबरJust now

नेत्रज्योति संघद्वारा विपद् उद्धार कोषमा थप १६ लाख ३३ हजार सहयोग

काठमाडौं । नेपाल नेत्रज्योति संघले विपद् प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा थप १६ लाख ३३ हजार एक रुपैयाँ सहयोग गरेको छ । सङ्घले उक्त सहयोग रकम अर्थमन्त्री स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेको हो । संघका अनुसार हस्तान्तरण गरिएको रकममध्ये संघको तर्फबाट एक लाख आठ हजार ४०१ रुपैयाँ र अन्तर्राष्ट्रिय […] ...

लोकपथ
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play