एनपीएलमा दर्शकलाई सास्ती, क्यानले सुनेन गुनासो

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण सफलतापूर्वक सञ्चालन भइरहँदा पनि दर्शकले भोग्नुपरेका आधारभूत समस्याबारे नेपाल क्रिकेट संघको ध्यान नगएको भन्दै गुनासो बढेको छ । मैदान र खेलको आकर्षण बढे पनि टिकट व्यवस्थापन, पार्किङ, शौचालय, खानेपानी र खानाको मूल्यजस्ता विषयमा दर्शकले असुविधा भोग्नुपरेको गुनासो गरेका छन् । दर्शकका अनुसार पहिलो संस्करणदेखि उठ्दै आएका समस्या दोस्रो र तेस्रो संस्करणसम्म पनि दोहोरिएका छन् । जस्तै, अनलाइनबाट टिकट खरिद गरेपछि पनि प्रवेशद्वारमा क्युआर सङ्केत देखाएर भौतिक टिकट लिनुपर्ने बाध्यताले अनावश्यक झन्झट थपेको छ । त्यस्तै, प्रयोग गरिएका टिकट च्यातेर मैदान परिसरमै फालिँदा फोहोर बढ्ने समस्या पनि देखिएको छ । पार्किङ व्यवस्थापन पनि दर्शकको अर्को प्रमुख गुनासो बनेको छ । खेल सकिएपछि राति ९ बजेसम्म पनि आफ्नो सवारीसाधनसम्म पुग्न १० मिनेटभन्दा बढी हिँड्नुपर्ने र पार्किङ शुल्क महँगो भएको उनीहरूको गुनासो छ । मैदानमा पर्याप्त शौचालय र पिउने पानीको व्यवस्था नहुनुका साथै खानाको मूल्य महँगो हुँदा दर्शकलाई थप समस्या परेको बताइएको छ । एनपीएलको मैदान र खेलको स्तर राम्रो देखिए पनि दर्शकको सुविधालाई प्राथमिकता नदिइएको भन्दै समर्थकहरुले सामाजिक सञ्जालमा व्यापक रुपमा प्रश्न उठाए पनि क्यानले यसलाई नजरअन्दाज गरेको देखिएको छ । दर्शकले टिकट किन्नुका साथै समय, पैसा र मेहनत खर्च गरेर प्रतियोगितालाई समर्थन गरिरहेका छन् । त्यसैले उनीहरूले सहज प्रवेश, उचित पार्किङ, सफा परिसर, पिउने पानी, शौचालय र उचित मूल्यमा खाना पाउने व्यवस्था अपेक्षा गरेका छन् । अर्कोकुरा, नेपाली क्रिकेटलाई समर्थकको अपार समर्थनको कथा विश्वभर चर्चित छ तर डेढ अर्ब भन्दा बढीको कारोबार हुने गरि प्रतियोगिता संचालन भइरहदा यसका प्रमुख सरोकारवाला दर्शका न्युनतम सुविधामा पनि क्यानले ध्यान दिएको देखिएको छैन । यसअघि पहिलो र दोस्रो संस्करणमा पनि दर्शकले यी विषय उठाएका थिए तर क्यानले आगमी समयमा सुधार गर्ने बताएपनि त्यसलाई यस सिजनमा पनि बिर्सेको आम दर्शकको गुनासो छ । उनीहरुले दर्शकलाई भरिभराउ मैदान देखाउने माध्यमका रूपमा मात्र नभई प्रतियोगिताका महत्वपूर्ण साझेदारका रूपमा सम्मान गर्नुपर्ने प्रश्न उठाएका छन् । अर्को पक्ष, आइसीसीको मान्यता, डिआरएस प्रविधिले प्रतियोगिताको उचाई बढिरहेका बेला आउदा दिनमा दर्शकप्रतिको उपेक्षाले उनीहरु मैदानसम्म आउन छोडे भने के हुन्छ ? भन्ने तर्फ क्यानको समयमै ध्यानजानुपर्ने देखिन्छ । The post एनपीएलमा दर्शकलाई सास्ती, क्यानले सुनेन गुनासो appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.
Read Complete Original Article
Published originally on कर्पोरट खबर
Related News

केन्टका आधुनिक इलेक्ट्रिक वाटर हिटर
कम्पनीका अनुसार नयाँ हिटरमा प्रभावकारी तताउने प्रविधि, सुरक्षा प्रणाली, टिकाउपन र प्रयोगमैत्री तापक्रम नियन्त्रण सुविधा समेटिएका छन्। ...

प्रहरी नेतृत्वबारेका भ्रामक हल्लाप्रति मुख्यालयको गम्भीर ध्यानाकर्षण
गोरखापत्र समाचारदाताकाठमाडौँ, कात्तिक १२ गते । प्रहरी नेतृत्वबारे सञ्चारमाध्यम र सामाजिक सञ्जालमा फैलिएका भ्रामक हल्लाप्रति नेपाल प्रहरी प्रधान कार्यालयले गम्भीर ध्यानाकर्षण भएको ज... ...

हसिना भागेको भिडिओ खिचेका वायुसेना अधिकारीको रहस्यमय मृत्यु
बंगलादेशकी तत्कालीन प्रधानमन्त्री शेख हसिनाले देश छाडेर भागेका बेला भिडिओ रेकर्ड गरेका तत्कालीन वायुसेना अधिकारी केएम तौसिफ सौरी मृत फेला परेका छन्। उनको शव बिहीबार ढाकाको तुराग नदीमा भेटिएको हो। २८ वर्षीय फ्लाइट लेफ्टिनेन्ट सौरी अक्टोबर २७ देखि बेपत्ता थिए। पीडित परिवारले हसिनाको भिडिओ सार्वजनिक गरेका कारण उनको हत्या गरिएको आरोप लग... ...

कर्णालीको दोस्रो जित, विराटनगर ४ विकेटले पराजित
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा कप्तान सोमपाल कामीको उत्कृष्ट अलराउन्ड प्रदर्शनको मद्दतले कर्णाली याक्सले विराटनगर किंग्सविरुद्ध ४ विकेटको रोमाञ्चक जित रेकर्ड गरेको छ । विराटनगरले प्रस्तुत गरेको १ सय ८७ रनको विशाल लक्ष्य कर्णालीले अन्तिम ओभरको पाँचौँ बलमा ६ विकेट गुमाएर पूरा ग¥यो । यो जितसँगै कर्णालीले प्रतियोगितामा लगातार दोस्रो जित हात पारेको छ भने विराटनगरले लगातार दोस्रो ...


