एनपीएलमा उत्कृष्ट खेलाडीलाई एक्स्ट्रीम इनर्जी ड्रिंकको चाँदीको बल

नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा एक्स्ट्रीम इनर्जी ड्रिंकले उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई चाँदीको बल प्रदान गर्न थालेको छ। कम्पनीले खेलाडीको व्यक्तिगत कौशल, मेहनत र प्रदर्शनलाई प्रोत्साहन गर्ने उद्देश्यले ‘एक्स्ट्रीम म्यान अफ द म्याच’ पुरस्कारअन्तर्गत चाँदीको बल प्रदान गर्ने व्यवस्था गरेको हो। आठ टोली सहभागी प्रतियोगितामा एक्स्ट्रीम इनर्जी ड्रिंकले सात टोलीसँग प्रायोजन साझेदारी गरेको छ। कम्पनीले प्रायोजन गरेका टोलीका उत्कृष्ट खेलाडीलाई उक्त पुरस्कार प्रदान गरिनेछ। एक्स्ट्रीम प्रायोजित दुई टोलीबीच प्रतिस्पर्धा हुँदा दुवै टोलीबाट उत्कृष्ट प्रदर्शन गर्ने एक-एक खेलाडीले चाँदीको बल प्राप्त गर्नेछन्। प्रतियोगिताको पहिलो खेलबाटै पुरस्कार वितरण सुरु भइसकेको छ। सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्सबीचको खेलमा उत्कृष्ट प्रदर्शन गरेका शेर मल्ल चाँदीको बल प्राप्त गर्ने पहिलो खेलाडी बनेका छन्। कम्पनीका अनुसार खेलको नतिजासँगै खेलाडीको व्यक्तिगत योगदान र उत्कृष्ट प्रदर्शनलाई समेत सम्मान गर्ने उद्देश्यले पुरस्कारको व्यवस्था गरिएको हो। यसबाट खेलाडीमा थप उत्साह र प्रतिस्पर्धात्मक भावना विकास हुने अपेक्षा गरिएको छ। एक्स्ट्रीम इनर्जी ड्रिंकले आफ्नो यस पहलबाट एनपीएलप्रतिको आकर्षण बढ्नुका साथै नेपाली क्रिकेटका खेलाडी र समर्थकमा थप उत्साह सिर्जना हुने विश्वास व्यक्त गरेको छ।
Read Complete Original Article
Published originally on पर्दाफास
Related News

मझिया स्मृति कप महिला फुटबल : फेदाप सेमिफाइनलमा प्रवेश
१० कात्तिक, काठमाडौं । प्रथम मझिया स्मृति कप २०८३ आमन्त्रित ९ ए साइड महिला फुटबल प्रतियोगितामा फेदाप गाउँपालिका, पोक्लावाङ तेह्रथुम सेमिफाइनलमा प्रवेश गरेको छ। संखुवासभाको मादी नगरपालिका–३, मूलखर्कमा मंगलबार भएको तेस्रो क्वार्टरफाइनलमा फेदापले डीवाईसी साँगुरीगढी, भेडेटार धनकुटालाई ४–० गोलले पराजित गरेको हो। खेलको पहिलो मिनेटमै अनिता राना मगरले गोल गर्दै फेदापलाई अग्रता दिलाइन्। उनले १६औँ… ...

राहुलको शानदार डेब्यू तर युनिशको तिखो वाणमा झुक्यो जनकपुुर
कर्णालीको जितमा युवा बलर युनिशले निर्णायक भूमिका खेले। उनले जनकपुरका कप्तान हर्मीत सिंह र जिमी नीशमजस्ता प्रमुख ब्याटरलाई आउट गर्दै खेल कर्णालीको पक्षमा मोडे। ...

सीमापार विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेशको बाटो खुल्दै, सरकारले दियो आशय पत्र
सरकारले सीमापार विद्युत् व्यापारमा निजी क्षेत्रको सहभागिता विस्तार गर्ने उद्देश्यले विद्युत् व्यापारको तयारीका लागि निजी कम्पनीहरूलाई आशय पत्र (लेटर अफ इन्टेन्ट-एलओआई) प्रदान गरेको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको निर्णयअनुसार निजी क्षेत्रलाई स्वदेशी तथा अन्तर्राष्ट्रिय विद्युत् बजारको अध्ययन, सम्भावित खरिदकर्ता पहिचान र व्यापारिक साझेदारीका लागि आवश्यक तयारी अघि बढाउने बाटो खुलेको हो। नेपालमा जलविद्युत् उत्पादनमा निजी क्षेत्रको लगानी विस्तार भइरहेका बेला सरकारले ...


