काठमाडौं । नेपाल प्रिमियर लिग अन्तर्गत आज दुई खेल हुदैछन् । आज साढे १२ बजेदेखि शुरु हुने पहिलो खेलमा कर्णाली याक्स र पोखरा एभेन्जर्स भिड्दैछन् । जारी प्रतियोगितामा कर्णाली याक्सले ४ खेलमा २ जित र २ हारसहित ४ अंक हासिल गरेको छ भने पोखरा एभेन्जर्सले अहिलेसम्म खेलेका चारै खेलमा हार बेहोरेको छ । त्यस्तै आज साँझ ५ बजेदेखि हुने दोस्रो खेलमा चितवन राइनोज र काठमाडौं गोर्खाज आमने सामने हुदैछन् । चितवनले अहिलेसम्म खेलका ४ खेलमा ५ अंक हासिल गर्दै चौथो स्थानमा छ भने काठमाडौंले ४ खेलमा ३ जित र एक हारसहित ६ अंक हासिल गरेर दोस्रो स्थानमा रहेको छ । The post एनपीएलमा आज दुई खेल हुँदै appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.
एनपीएलमा आज दुई खेल हुँदै

Read Complete Original Article
Published originally on कर्पोरट खबर






