Monday, November 9, 2026||
MultiKhabarMultiKhabar

बसुन्धारामा कारको ठक्करबाट स्कुटरमा सवार २७ वर्षीया युवतीको मृत्यु

Share:WhatsAppFacebookX (Twitter)Telegram
बसुन्धारामा कारको ठक्करबाट स्कुटरमा सवार २७ वर्षीया युवतीको मृत्यु
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । काठमाडौंको बसुन्धारामा कारको ठक्करबाट स्कुटरमा सवार एक युवतीको मृत्यु भएको छ। काठमाडौं महानगरपालिका–३ बसुन्धारामा बा.प्र.०१-०२७ च ९७३६ नम्बरको कारले दोलखा घर भई हाल काठमाडौंको बुढानीलकण्ठ बस्ने २४ वर्षीय सोमबहादुर धामीले चलाएको बा.प्र.०२-०६४ प ८९७५ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो। कारको ठक्करबाट स्कुटरको पछाडि सवार दोलखाकी २७ वर्षीया ङबुदि शेर्पा (श्रेष्ठ) को मृत्यु भएको प्रहरीले जनाएको छ। नारायणगोपाल चोकबाट सामाखुशीतर्फ जाँदै कारले चक्रपथतर्फ आउँदै गरेको स्कुटरलाई ठक्कर दिँदा दुर्घटना भएको हो। प्रहरीले कार चालक धादिङ घर भई हाल काठमाडौंको बालुवाटार बस्ने ४२ वर्षीया शान्ताकुमारी तामाङलाई पक्राउ गरेको छ। दुर्घटनामा गम्भीर घाइते भएकी शेर्पालाई तत्काल उपचारका लागि बसुन्धारास्थित ग्रिनसिटी अस्पताल लगिएको थियो। उपचारकै क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्। स्कुटर चालक सोमबहादुर धामी भने सामान्य घाइते भएका छन्। हाल दुवै सवारीसाधन ट्राफिक प्रहरीको नियन्त्रणमा रहेका छन्। कारलाई थप अनुसन्धानको लागि नेपाल प्रहरी प्रतिकार्य तथा तालिम केन्द्रमा पठाइएको प्रहरीले जनाएको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
ठुलो संख्यामा मानिसहरूलाई अमेरिकाबाट निकाल्दा मलाई राजनीतिक नोक्सान भयो : ट्रम्प
Latest NewsJust now

ठुलो संख्यामा मानिसहरूलाई अमेरिकाबाट निकाल्दा मलाई राजनीतिक नोक्सान भयो : ट्रम्प

देशको मध्यावधि निर्वाचनमा आफ्नो दल रिपब्लिकन पार्टीले ऐतिहासिक पराजय भोगेपछि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले यसको एउटा कारण आफ्नो सरकार अवैध आप्रवासीविरुद्ध अत्यधिक कडा हुनु भएको बताएका छन्।  सीबीएसको ‘६० मिनेट’ कार्यक्रममा अन्तर्वार्तामा दिँदै ट्रम्पले अमेरिकी सीमा पार गर्ने अवैध आप्रवासीको संख्या घटाएकामा आफू ‘ए प्लस&rsquo... ...

नेपालखबर
पशुपतिनाथ मन्दिर परिसरमा यसरी गरियो गाईपूजा (तस्बिर)
Latest NewsJust now

पशुपतिनाथ मन्दिर परिसरमा यसरी गरियो गाईपूजा (तस्बिर)

काठमाडौं । यमपञ्चकअन्तर्गत आज गाईतिहारका अवसरमा पशुपतिनाथ मन्दिर परिसरमा गाईको पूजाआजा गरिएको छ । गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन परम्पराअनुसार पशुपतिनाथ मन्दिर परिसरको संस्कृत वेद विद्याश्रम, राम मन्दिरमा गाईको पूजा... ...

रातोपाटी
भोटेकोशीको कटानले रसुवाको हाकुबेँसी गाउँ जोखिममा, बस्ती सार्न माग
Latest NewsJust now

भोटेकोशीको कटानले रसुवाको हाकुबेँसी गाउँ जोखिममा, बस्ती सार्न माग

काठमाडौं । भोटेकोशी नदीमा भीषण बाढी आएको साढे दुई महिना बितिसक्दा पनि कटान र पहिरोको जोखिम नटरेपछि रसुवाको आमाछोदिङमो गाउँपालिका–१ हाकुबेँसी गाउँका १५६ परिवारले बस्ती सुरक्षित स्थानमा स्थानान्तरण गर्न माग गरेका छन् । भोटेकोशी नदीमा आएको बाढीका कारण गाउँको तल्लो भागबाट तीव्र कटान हुन थालेपछि हाकुबेँसी गाउँ पूर्ण रूपमा जोखिममा परेको स्थानीय निमाकैसाङ तामाङले बताए […] ...

लोकपथ
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play