एनपीएलमा आज जनकपुर र पोखरा भिड्दै

नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत आज जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुँदैछ। कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेल साँझ ५ बजे सुरु हुनेछ। दुवै टोली आजको खेल जित्दै प्रतियोगितामा आफ्नो स्थिति बलियो बनाउने लक्ष्यमा छन्। जनकपुरको कप्तानी हरमित सिंहले गर्नेछन् भने पोखराको नेतृत्व कुशल भुर्तेलले सम्हाल्नेछन्। दुवै टोलीमा इफ्तिखार अहमद, जेम्स निसम, मोइन अली, शाकिब अल हसन र महेदी हसनजस्ता अन्तर्राष्ट्रिय खेलाडी रहेका छन्। यसअघि शनिबार भएको खेलमा विराटनगर किंग्सले सुदूरपश्चिम रोयल्सलाई ३५ रनले पराजित गर्दै प्रतियोगितामा पहिलो जित निकालेको थियो। वर्षाका कारण पाँच ओभरमा झारिएको अर्को खेलमा चितवन राइनोज र लुम्बिनी लायन्सले भने अंक बाँडेका थिए।
Read Complete Original Article
Published originally on पर्दाफास
Related News

नजिकिँदै तिहार, माटोको पाला बनाउन भ्याइ नभ्याइ (तस्वीरहरू)
उपत्यका तथा बाहिरका बासिन्दाका लागि भक्तपुरमा बनाइने माटोका पाला निकै परिचित छ । ...

विद्यालयको जग्गा सशस्त्र प्रहरीलाई दिने मन्त्रिपरिषद्को निर्णय विवादमा
१५ कात्तिक, स्याङ्जा । स्याङ्जाको वालिङस्थित पूर्णामृत भवानी माध्यमिक विद्यालयको जग्गा सशस्त्र प्रहरी बललाई उपलब्ध गराउने मन्त्रिपरिषद्को निर्णय विवादमा परेको छ । विद्यालयको सहमतिबिनै जग्गा अधिग्रहण प्रक्रिया अघि बढाइएको भन्दै विद्यालयले विरोध जनाएको छ । गत असोज १९ गतेको मन्त्रिपरिषद् बैठकले वालिङ नगरपालिका–८ मा विद्यालयको स्वामित्वमा रहेको कित्ता नम्बर ४८२ को २९ रोपनी ५ आना… ...

गोरखाका समस्या समाधान गर्ने गरी काम गर्छु : गृहमन्त्री गुरुङ
१५ कात्तिक, काठमाडौं । गृहमन्त्री सुधन गुरुङले गोरखा जिल्लमा भएका समस्या समाधान गर्ने गरी काम गर्ने प्रतिबद्धता जनाएका छन् । गोरखाका बुद्धिजीवी, उद्योगी तथा व्यवसायीहरूसँग अन्तर्क्रिया कार्यक्रममा उनले यस्तो प्रतिबद्धता जनाएका हुन् । सहभागीहरूका गुनासा तथा सुझाव सुनेपछि गृहमन्त्री गुरुङले आफू सरकारमा आएको ६ महिना मात्रै भएको उल्लेख गर्दै गोरखाको विकास र नागरिकका समस्या समाधानका… ...

अम्बे स्टिलमा आगलागी, ८ जना घाइते
१५ कात्तिक, काठमाडौं । बाँकेको जानकी गाउँपालिका–५, बकसपुरस्थित अम्बे स्टिल सरिया कम्पनीमा आगलागी हुँदा ८ जना घाइते भएका छन् । आइतबार बिहान करिब ५:४० बजे कम्पनीभित्र फलाम पगाल्ने तीनवटा भट्टी (प्रतिभट्टी २५ टन क्षमताको) मा विद्युत् सर्ट सर्किट भई अचानक आगलागी भएको हो । प्रहरीका अनुसार आगलागीमा परी घाइते हुनेमा बाँकेका ५ जना र भारतको… ...


