एनपीएलमा आज : काठमाडौं र जनकपुर तथा कर्णाली र विराटनगर भिड्दै

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा आज बिहीबार दुई खेल हुँदै छन्। आज जनकपुर बोल्टस र काठमाडौँ गोर्खाज तथा कर्णाली याक्स र विराटनगर किंग्स भिड्दै छन्। त्रिवि क्रिकेट मैदानमा पहिलो खेल जनकपुर र काठमाडौंबीच दिउँसो साढे १२ बजे सुरु हुनेछ। जारी एनपीएलमा काठमाडौँले पहिलो खेल खेल्न लागेको हो। जनकपुर भने यसअघि कर्णाली याक्ससँग हारेको टोली हो। यसपछि आजै साँझ ५ बजे कर्णाली र विराटनगर बिच प्रतिस्पर्धा हुनेछ। विराटनगर किंग्स यसअघि चितवन राइनोजसँग पराजित भएको थियो।
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News

नेपालबाट भारततर्फ तस्करी हुँदै गरेका १० वटा गाईगोरु बरामद
रौतहट । नेपालबाट भारततर्फ तस्करी गरी लैजाँदै गरिएका १० वटा गाई गोरु बरामद गरिएको छ । भारतीय सीमा सुरक्षा बल (एसएसबी) र स्थानीय प्रहरीले संयुक्त रूपमा ती गोरु बरामद गरेका... ...

‘अर्नब’ चक्रवात कमजोर भए पनि नेपालमा जोखिम कायमै
काठमाडौँ । छिमेकी मुलुक भारतमा सक्रिय चक्रवात ‘अर्नब’ का कारण नेपालको मौसममा बदली भई वर्षा र हिमपातको सम्भावना बढेको छ। मौसम पूर्वानुमान महाशाखाले मौसम प्रतिकूल बन्दै गएकाले आगामी दुई दिनसम्म धानबाली... ...

बैंकिङ प्रणालीबाट १ खर्ब ५० अर्ब रुपैयाँ निक्षेप खिच्दै राष्ट्र बैंक
काठमाडौं। नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापन गर्न १ खर्ब ५० अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने भएको छ। राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले बिहीबार आठ दिनका लागि निक्षेप संकलन उपकरणमार्फत उक्त रकम संकलन गर्न बोलकबोल आह्वान गरेको हो । बोलकबोलमा सहभागी हुन इच्छुक ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले तोकिएको समयभित्र अनलाइन बिडिङ प्रणालीमार्फत आवेदन पेस ...



