Thursday, October 29, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/एनपीएलको स्वास्थ्य साझेदार बन्यो आर्य फार्माल्याब, तीन वर्षका लागि सम्झौता

एनपीएलको स्वास्थ्य साझेदार बन्यो आर्य फार्माल्याब, तीन वर्षका लागि सम्झौता

Share:WhatsAppFacebookX (Twitter)Telegram
एनपीएलको स्वास्थ्य साझेदार बन्यो आर्य फार्माल्याब, तीन वर्षका लागि सम्झौता

काठमाडौं । आर्य फार्माल्याबले नेपाल प्रिमियर लिग (एनपीएल) को स्वास्थ्य साझेदारका रूपमा तीन वर्ष सहकार्य गर्ने भएको छ। स्थापनाको ३०औँ वर्षमा प्रवेश गरेको अवसरमा कम्पनीले नेपाल क्रिकेट संघ (क्यान)सँग सम्झौता गरेको हो। क्रिकेटमार्फत स्वास्थ्य सचेतना फैलाउने उद्देश्यले सहकार्य गरिएको कम्पनीले जनाएको छ। यसअन्तर्गत दर्शकलाई आधारभूत स्वास्थ्य परीक्षण, परामर्श र स्वस्थ जीवनशैलीबारे जानकारी दिने लक्ष्य राखिएको छ। कम्पनीका अनुसार एनपीएलका खेल हुने त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा स्वास्थ्य परीक्षण तथा परामर्श कक्ष सञ्चालन भइरहेको छ। त्यहाँ स्वास्थ्य सचेतनासँगै मनोरञ्जन र खेलकुदसम्बन्धी गतिविधि पनि सञ्चालन गरिएका छन्। आर्य फार्माल्याबले प्रत्येक खेलमा दुई खेलाडीलाई ‘हेल्दी पार्टनरसिप अवार्ड’ प्रदान गर्ने भएको छ। यो पुरस्कार पाउने खेलाडीले जनही २५ हजार रुपैयाँ प्राप्त गर्नेछन्। खेलाडीको उत्कृष्ट प्रदर्शन र खेल भावनालाई प्रोत्साहन गर्न पुरस्कारको व्यवस्था गरिएको कम्पनीले जनाएको छ। यस्तै, प्रत्येक खेलमा एक जना दर्शकलाई ‘हार्टबिट मुमेन्ट अफ द म्याच’ अन्तर्गत २० हजार रुपैयाँ पुरस्कार दिइनेछ। लोकप्रिय खेल क्रिकेटसँग जोडिएर धेरै नागरिकसम्म स्वास्थ्यसम्बन्धी सन्देश पुर्‍याउन सकिने कम्पनीको विश्वास छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

आमा बनेपछि तौल बढेको भन्दै ट्रोल भएकी कटरिनाले तोडिन् मौनता
ताजा खबरJust now

आमा बनेपछि तौल बढेको भन्दै ट्रोल भएकी कटरिनाले तोडिन् मौनता

मुम्बई । अभिनेत्री कटरिना कैफले आमा बनेपछि आफ्नो शारीरिक परिवर्तन र बढेको तौललाई लिएर भइरहेको ट्रोलिङमाथि मौनता तोडेकी छन्। म्यागजिन ‘वोग इन्डिया’लाई दिएको अन्तर्वार्तामा उनले महिलाहरूमाथि आमा बनेलगत्तै पुरानै रूपमा फर्किनुपर्ने... ...

रातोपाटी
काजकिरिया गरिएका छोरा ६ महिनापछि टुप्लुक्क घर फर्किँदा....
ताजा खबरJust now

काजकिरिया गरिएका छोरा ६ महिनापछि टुप्लुक्क घर फर्किँदा....

विराटनगर । सडक दुर्घटनामा मृत्यु भएको भन्दै परिवारले आँसु बगाउँदै दागबत्ती दिए । विधिवत काजकिरिया गरे र दुर्घटना बिमाको रकमसमेत बुझे। तर, जसलाई मृत सम्झेर परिवारले अन्तिम बिदाइ गरेको थियो, उनी... ...

रातोपाटी
स्थानीय तहमा दलविहीन निर्वाचनको माग गर्दै माइतीघरमा प्रदर्शन
ताजा खबरJust now

स्थानीय तहमा दलविहीन निर्वाचनको माग गर्दै माइतीघरमा प्रदर्शन

स्थानीय तहलाई दलीय राजनीतिको प्रभावबाट मुक्त गराउनुपर्ने माग गर्दै ‘गैर दलीय स्थानीय तह अभियान नेपाल’ ले काठमाडौंको माइतीघर मण्डलमा प्रदर्शन गरेको छ।  बिहीबार अभियानले ऐक्यबद्धता सभा पनि गरेको छ। स्थानीय सरकारको सञ्चालन र निर्णय प्रक्रियामा राजनीतिक दलहरूको हस्तक्षेप बढेको भन्दै अभियानले दबाब सिर्जना गर्न कार्यक्रम गरेको जनाएको छ।  स्थानीय त... ...

नेपालखबर
इरानमा आक्रमणको सम्भावनाबीच अमेरिकी सैन्य अधिकारी हटाइए
ताजा खबरJust now

इरानमा आक्रमणको सम्भावनाबीच अमेरिकी सैन्य अधिकारी हटाइए

वासिङ्टन, कात्तिक १२ गते । अमेरिकाले इरानमाथि नयाँ आक्रमण गर्ने सम्भावनाबारे विचार गरिरहेका बेला युद्धमन्त्री पीट हेग्सेथले पेन्टागनका वरिष्ठ योजना अधिकारी लेफ्टिनेन्ट जनरल ब्रेट स... ...

गोरखापत्र
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play