Wednesday, November 18, 2026||
MultiKhabarMultiKhabar

एनपीएलको फाइनल प्रवेशका लागि सुदूरपश्चिमसँग चितवनले खेल्ने, काठमाडौंमाथि चितवनको शानदार जीत

Share:WhatsAppFacebookX (Twitter)Telegram
एनपीएलको फाइनल प्रवेशका लागि सुदूरपश्चिमसँग चितवनले खेल्ने, काठमाडौंमाथि चितवनको शानदार जीत
Photo / Coverage: अनलाइनपाना

काठमाडौं । नेपाल प्रिमियर लिग एनपीएल क्रिकेटको फाइनल प्रवेशका लागि सुदूरपश्चिम रोयल्स र चितवन राइनोज खेल्ने भएका छन् । आज भएको एलिमिनेटरमा घरेलु टोली काठमान्डु गोर्खाजलाई ६१ रनले हराउँदै चितवनले दोस्रो क्वालिफायरमा सुदूरपश्चिमसँगको भेट पक्का गरेको हो । २०५ रनको लक्ष्य पाएको काठमान्डुले २० ओभरमा ९ विकेट गुमाएर १४३ रन मात्र बनाउन सक्यो । ठुलो लक्ष्य पछ्याएको काठमान्डु शुरुदेखि नै दबाबमा रह्यो । काठमाडौँका कुनै पनि ब्याटरले भरपर्दो ब्याटिड गर्न सकेनन् । उसका विलियम बोसिस्टोले बनाएको ३७ रन नै सर्वाधिक रह्यो । यस्तै, भीम सार्कीले १७ बलमा अविजित ३० रन बनाए भने सहान अराचिंगेले २४ रनको योगदान गरे । भीमले जारी प्रतियोगितामा आज पहिलोपटक राम्रो रन बनाए । तर उनलाई नवौँ नम्बरमा मात्र ब्याटिडको लागि पठाइएको थियो । चितवनले कसिलो बलिड गर्दै काठमान्डुलाई निरन्तर दबाबमा राख्यो । चितवनका रिजन ढकालले ४ विकेट लिए भने उसामा मिरले ३ विकेट लिए । रिजनले ४ ओभरमा मात्र १६ रन खर्चेर ४ विकेट लिए । यससँगै उनी प्रतियोगितामा १५ विकेट लिँदै सर्वाधिक विकेट लिने खेलाडीको शिर्ष स्थानमा उक्लिएका छन् । यस्तै, उसामा मिरले ४ ओभरमा मात्र १५ रन खर्चिएर ३ विकेट हात पारे । यसैगरी कुशल मल्ल र सलाहउद्दिन खानले एक एक विकेट लिए । त्यसअघि कमिल मिसराको विस्फोटक शतकको सहयोगमा चितवन राइनोजले काठमान्डु गोर्खाजसामु २०५ रनको लक्ष्य प्रस्तुत गरेको थियो । टस जितेर पहिले ब्याटिङ गरेको चितवनले २० ओभरमा ४ विकेट गुमाएर २०४ रन बनाएको हो । चितवनका लागि श्रीलंकाकाली खेलाडी कमिल मिसराले अविजित १२० रन बनाए । उनले ५९ बलमा ५ चौका र १० छक्का प्रहार गरेका थिए । यो एनपीएलकै सर्वाधिक रन समेत हो।यसअघि कर्णाली याक्सका मार्क वाटको नाममा ११३ रनको रेकर्ड थियो। यस्तै, जारी एनपीएलमा यो दोस्रो शतक हो । यसअघि पोखराका युवराज सिंह सामराले शतक बनाएका थिए। चितवनले २२ रन जोड्दा २ विकेट गुमाए पनि तेस्रो विकेटका लागि मिसरा र कप्तान रवि बोपाराले १५४ रनको साझेदारी गर्दै ठूलो योगफल तयार पारे । बोपाराले ४२ बलमा ५३ रन बनाए। काठमान्डुका लागि कप्तान करण केसी र राशिद खानले दुई दुई विकेट लिए ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on अनलाइनपाना

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
चार महिनामा एक लाख १२ हजारभन्दा बढी पर्यटक मुस्ताङ भित्रिए
Latest NewsJust now

चार महिनामा एक लाख १२ हजारभन्दा बढी पर्यटक मुस्ताङ भित्रिए

मुस्ताङ । चालु आर्थिक वर्षको पहिलो चौमासिकमा एक लाख १२ हजार ४८ जना पर्यटक मुस्ताङ भित्रिएका छन् । जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार साउनदेखि कात्तिक मसान्तसम्म भित्रिने कुल पर्यटकमध्ये ५७ हजार... ...

रातोपाटी
क्वालिफायरमा विपक्षी को छ भन्ने कुराले खासै फरक पार्दैन : कामिल मिशारा
Latest NewsJust now

क्वालिफायरमा विपक्षी को छ भन्ने कुराले खासै फरक पार्दैन : कामिल मिशारा

काठमाडौँ । चितवन राइनोजका ब्याटर कामिल मिशाराले व्यक्तिगत कीर्तिमानभन्दा टोलीको जित महत्त्वपूर्ण रहेको बताएका छन् । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को इलिमिनेटरमा काठमाण्डु गोर्खाजलाई ६१ रनले हराउँदै चितवन दोस्रो... ...

रातोपाटी
सर्वोच्च अदालतबाट पशुपति गौशाला धर्मशालासम्बन्धी फैसला सदर, स्वामित्व कोषकै मातहत
Latest NewsJust now

सर्वोच्च अदालतबाट पशुपति गौशाला धर्मशालासम्बन्धी फैसला सदर, स्वामित्व कोषकै मातहत

• सर्वोच्च अदालतले पशुपति गौशाला धर्मशालाको जग्गामा मारवाडी सेवा समितिको मोही हक नलाग्ने ठहर गर्दै जिल्ला र उच्च अदालतका फैसला सदर गरेको छ। • यस निर्णयले पशुपति गौशाला धर्मशालाको सम्पूर्ण स्वामित्व पशुपति क्षेत्र विकास कोषमा रहने कानुनी आधारलाई बलियो बनाएको छ। • तीन तहका अदालतहरूले मारवाडी सेवा समितिको मोही हक नरहेको ठहर गर्दै धर्मशालाको व्यवस्थापन र सञ्चालन कोषको मातहतमा ल्याउने ...

नेपालबहस
पाथीभरा केबलकारको काम रोकिएकै बेला ‘नो केबलकार समूह’ले दियो आन्दोलनको चेतावनी
Latest NewsJust now

पाथीभरा केबलकारको काम रोकिएकै बेला ‘नो केबलकार समूह’ले दियो आन्दोलनको चेतावनी

ताप्लेजुङ सदरमुकाम फुङलिङ, काठमाडौंको माइतीघरलागायतका स्थानमा पत्रकार सम्मेलन तथा विरोध प्रदर्शन गरेर निर्माणको चलखेल भएको भन्दै खबरदारी गरिएको हो । ...

कान्तिपुर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play