एनपीएलको तेस्रो संस्करण आजदेखि, उद्घाटन खेलमा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स भिडने

नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण आजबाट त्रिवि क्रिकेट मैदानमा सुरु हुदैछ । आज बेलुका ५ बजे हुने उद्घाटन खेलमा साविक विजेता लुम्बिनी लायन्स र उपविजेता सुदूरपश्चिम रोयल्स भिडनेछन्। पहिलो संस्करणको उपाधि जनकपुर बोल्ट्सले तथा दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सले जितेको थियो । यसैबीच प्रतियोगिताको उद्घाटन प्रधानमन्त्री बालेन्द्र शाहले गर्ने कार्यक्रम रहेको छ। यसका साथै प्रतियोगिताको सबै तयारी लगभग पूरा भएको समेत नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ।
Read Complete Original Article
Published originally on पर्दाफास
Related News

एनपीएलमा सुरक्षा तयारी, यस्तो छ प्रहरीको योजना
काठमाण्डु – नेपाल प्रिमियर लिग (एनपिएल)मा सुरक्षाका लागि प्रहरीले विशेष सुरक्षा योजना बनाएको छ । एनपीएलमा हुन सक्ने बेटिङदेखि म्याच फिक्सिङसम्मको निगरानीका लागि प्रहरीका विशेष टोली परिचालन गरिएको छ ।यस्तै सुरक्षाका लागि झण्डै १४ सय प्रहरी परिचालन गरिने छ। जिल्ला सुरक्षा समितिले नेपाल क्रिकेट संघ (क्यान) सँगको समन्वयमा सुरक्षा योजना तयार पारेको हो। निजी सुरक्षा कम्पनीलाई भित्रको […] ...

अमेरिकाको अग्रणी फिन्टेक बैंकको बोर्ड रुममा नेपाली
नेपाल छाडेर स्नातक तह पढ्न अस्ट्रेलिया पुग्दा विराटनगरका प्रवेश रिजाल १८ वर्षका थिए । त्यसपछिको १८ वर्षमा उनी अहिले अमेरिकाको वित्तीय प्रविधि क्षेत्रको बैंक क्रस रिभर बैंकको नेतृत्वदायी भूमिकामा छन् । परम्परागत बैंकिङलाई प्रविधि, डेटा र कृत्रिम बुद्धिमत्तासँग जोड्ने काममा सक्रिय उनी विश्व वित्तीय प्रणालीको भविष्यसँगै नेपालको आर्थिक सम्भावनाबारे पनि सोचिरहेका छन् । ...

सुपर एआई: हाम्रो विवेकको सार्वभौमिकता कति सुरक्षित छ ?
हामी एआईलाई सूचना खोज्ने र विश्लेषण गर्ने एजेन्ट मात्र बनाइरहेका छौँ कि आफ्नो अन्तिम निर्णय गर्ने विवेक (एजेन्सी) नै सुम्पिँदै छौँ ? एआई इकोनोमीको युगमा मानव र यन्त्रबीचको सम्बन्धको सीमा कहाँनिर कोर्ने भन्नेबारे गम्भीर बहसको बेला आएको छ। ...

रोल्पामा विपद् प्रभावित ५२ परिवारलाई राहत वितरण
९ कात्तिक, रोल्पा। रोल्पा-काठमाडौं सम्पर्क समितिले प्राकृतिक विपद्मा परी ज्यान गुमाएका, बेपत्ता भएका र घाइते भएका व्यक्तिका ५२ परिवारलाई आर्थिक राहत वितरण गरेको छ। समितिले आइतबार रोल्पाको लिबाङमा कार्यक्रम गरी ६ लाख १ हजार ६०१ रुपैयाँ राहत रकम हस्तान्तरण गरेको हो। राहत रकम संकलन अभियान सञ्चालन गरेर जम्मा भएको रकम पीडित परिवारलाई उपलब्ध गराइएको अभियानका… ...


