एनपीएलको तेस्रो संस्करणको पूर्वसन्ध्यामा यस्तो देखियो त्रिवि क्रिकेट मैदान [तस्वीरहरु]
![एनपीएलको तेस्रो संस्करणको पूर्वसन्ध्यामा यस्तो देखियो त्रिवि क्रिकेट मैदान [तस्वीरहरु]](https://ehimalayatimes.com/wp-content/uploads/2026/10/tu-cricket.jpg)
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण भोलि सोमबारबाट सुरू हुँदैछ। नेपाल क्रिकेट संघ (क्यान) ले आज यसबारे पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ। एनपीएलको तेस्रो संस्करणको एक महिनाको अवधिमा समग्र आर्थिक कारोबार करिव डेढ अर्ब रुपैयाँ पुग्ने अनुमान छ । प्रतियोगिताको विजेताले एक करोड ५० लाख रुपैयाँ प्राप्त गर्नेछ । उपविजेताले ८० लाख रुपैयाँ पाउनेछन् भने तेस्रो हुने टोलीले ४० लाख र चौथो हुने टोलीले ३० लाख रुपैयाँ प्राप्त गर्नेछन् । यसपालि खेलाडीले अम्पायरको निर्णय चित्त नबुझेमा रिभ्यु माग गर्न पाउनेछन्। एलबीडब्लूका लागि थ्रीडी बल ट्र्याकिङ, ब्याट र बलको सम्पर्क पत्ता लगाउन एज डिटेक्सन तथा साउन्ड वेभ प्रविधि प्रयोग हुनेछ। एनपीएलको तेस्रो सिजनलाई आईसीसीले स्याङ्सन दिएको छ। त्यसपछि प्रतियोगिता अन्तर्राष्ट्रिय टी–२० सरह गणना हुनेछ र खेलाडीका रन तथा विकेट अन्तर्राष्ट्रिय रेकर्डमा समावेश हुनेछन्। अघिल्लो सिजनसम्म कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा समर्थकका लागि दर्शकदीर्घा र फ्लडलाइट्स जडान भइसकेका थिए। यसपटक दर्शकका लागि थपिएका सुविधा र संरचना पनि एनपीएलका आकर्षण हुन्।
Read Complete Original Article
Published originally on हिमालय टाइम्स
Related News
.gif)
देशभर १३ विपद्का घटना : एकको मृत्यु, आठ जना घाइते
काठमाडौँ, कात्तिक ८ गते । देशभर पछिल्लो २४ घण्टामा विभिन्न प्रकृतिका १३ वटा विपद्का घटना भएका छन् । ती घटनामा परी एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । विपद्का घटनाबा... ...

आधुनिक ल्याप्रोस्कोपिक शल्यक्रियामा सक्रिय डा. रूपा पनेरु
पोखरा । स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. रूपा पनेरु महिलाको स्वास्थ्य उपचार तथा आधुनिक ल्याप्रोस्कोपिक शल्यक्रियामा सक्रिय छिन्। एमबीबीएस र एमडी (प्रसूति तथा स्त्रीरोग) अध्ययन पूरा गरेकी उनी ६... ...

संघर्षको ‘हियाका कुडा’लाई छायाँदेवी–चेतनाथ गजल पुरस्कार
गजलकार कमल संघर्षको गजल कृति ‘हियाका कुडा’लाई छायाँदेवी–चेतनाथ गजल पुरस्कार–२०८२ प्रदान गरिएको छ। खस भाषामा लेखिएको उक्त कृति गजल विधामा पुर्‍याएको योगदानका लागि पुरस्कृत भएको हो। पुरस्कारको राशि रु १० हजार रहेको छ। पुरस्कारका संस्थापक जे सागरले आज आयोजित कार्यक्रममा पुरस्कार प्रदान गरे। संघर्षको ‘हियाका कुडा’ यस ... ...

रिसाएका जनतालाई आकर्षित गर्छौं: प्रदीप पौडेल
तनहुँ । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीभित्र व्यापक एकता कायम भएको उल्लेख गर्दै असन्तुष्ट रहेका सबै पक्षलाई पनि एकताबद्ध बनाएर अघि बढ्न कांग्रेस तयार रहेको बताएका छन्। नेपाली कांग्रेस शुक्लागण्डकी नगर समितिले आइतबार आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै पौडेलले कांग्रेसलाई रूपान्तरण भएको अनुभूति जनतामाझ दिलाउने गरी पार्टी अघि बढ्ने बताए। उनले सबै पक्षसँग सहमति र सहकार्य गर्दै देशलाई समृद्ध ...


