एनपीएलको टिकट मूल्य सार्वजनिक, ५०० देखि २ हजारसम्म

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका खेलहरूको टिकट मूल्य सार्वजनिक गरेको छ। क्यानले लिग चरणका खेलका लागि साधारण टिकट ५०० रुपैयाँ र प्रिमियम टिकट एक हजार रुपैयाँ निर्धारण गरेको छ। त्यसैगरी, इलिमिनेटर तथा फाइनल खेलका लागि साधारण टिकटको मूल्य एक हजार रुपैयाँ र प्रिमियम टिकटको मूल्य दुई हजार रुपैयाँ निर्धारण गरिएको क्यानले जनाएको छ।क्यानले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै आगामी अक्टोबर २६ देखि नोभेम्बर २१, २०२६ सम्म कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा प्रतियोगिता सञ्चालन हुने प्रतियोगिताको टिकट मूल्य सार्वजनिक गरेको हो । तेस्रो संस्करणको एनपीएलका टिकट बिहीबार साँझ ८ बजेदेखि इसेवामार्फत खरिद गर्न सकिने व्यवस्था गरिएको छ। The post एनपीएलको टिकट मूल्य सार्वजनिक, ५०० देखि २ हजारसम्म appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.
Read Complete Original Article
Published originally on कर्पोरट खबर
Related News

प्राकृतिक स्रोतको उपयोगबाट करोडौं आम्दानी
कास्की।अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले जडीबुटी संकलन शुल्कलगायत प्राकृतिक स्रोतको उपयोगबाट गत आर्थिक वर्षमा तीन करोड ८६ लाख ५१ हजार ९०८ संकलन गरेको छ। कार्यालयले जडीबुटी, काठ दाउरा आदिको संकलन तथा उपयोगबाट हुने उक्त आम्दानी गरेको हो। आयोजना प्रमुख डा. रविन कडरियाका अनुसार कार्यालयले आव २०८१/८२ मा पाँच करोड ७७ लाख १६ हजार ७८१ रुपैंयाँ र आव २०८०/८१ मा तीन करोड ९० ...
_jngkj3r13m_7PHWnhfPpk.jpg)
साउदीमा ड्रोन आक्रमणबाट नेपालीको मृत्युप्रति कांग्रेसको ध्यानाकर्षण : सुरक्षा र उद्धारको प्रबन्ध मिलाउन सरकारसँग माग
काठमाडौँ । साउदी अरबको ‘सेवा’ आयल फिल्डमा भएको ड्रोन आक्रमणका क्रममा भग्नावशेष खस्दा एक नेपाली नागरिकको मृत्यु भएको घटनाप्रति नेपाली कांग्रेसले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । कांग्रेसले सो घटनाप्रति... ...
![[अर्काइभ] यस्तो थियो २६ वर्षअघि राजा वीरेन्द्रले वाचन गरेको सरकारको वार्षिक नीति तथा कार्यक्रम](https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2026/miscellaneous/birendra-s-kps-kpr-21102026060317-watermarked.jpg)
[अर्काइभ] यस्तो थियो २६ वर्षअघि राजा वीरेन्द्रले वाचन गरेको सरकारको वार्षिक नीति तथा कार्यक्रम
माओवादी सशस्त्र आन्दोलन मुलुकको सबैभन्दा ठूलो चुनौती भइरहेका बेला २०५७ जेठ ६ मा राजा वीरेन्द्रले सरकारको नीति तथा कार्यक्रम संसद्को संयुक्त बैठकमा वाचन गरेका थिए । शान्ति सुरक्षा, सुशासन र माओवादी गतिविधि नियन्त्रणलाई प्राथमिकता दिइएको उक्त कार्यक्रममा वैदेशिक लगानी, जलस्रोत विकास, शिक्षा र स्वास्थ्यका विषय पनि समेटिएका थिए । ...

अटो दुर्घटनामा एकको मृत्यु, दुई घाइते
अनिल पराजुलीहेटौँडा, कात्तिक ५ गते । पूर्वी मकवानपुरको बकैया गाउँपालिका –५, श्रीपुरस्थित मदन भण्डारी लोकमार्गमा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् ।... ...


