एनपीएलको आलोचनालाई सकारात्मक रूपमा लिन्छौँ, सुधार गर्न तयार छौँ : पारस खड्का

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले नेपाल प्रिमियर लिग (एनपीएल) को पारदर्शिताबारे उठेका प्रश्न र आलोचनालाई सकारात्मक रूपमा लिने बताउनुभएको छ। उहाँले प्रतियोगिता सञ्चालनका क्रममा कमजोरी भएको भए त्यसलाई पहिचान गरी सुधार गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। आइतबार कीर्तिपुरमा आयोजित पत्रकार सम्मेलनमा खड्काले एनपीएल सञ्चालनका क्रममा भएका कामकारबाहीबारे सम्बन्धित निकायलाई जवाफ दिइसकेको जानकारी दिनुभयो। आवश्यक सुधार गर्न क्यान तयार रहेको उल्लेख गर्दै उहाँले प्रतियोगिता सञ्चालनका लागि गभर्निङ काउन्सिलले छुट्टै कार्यविधि बनाएको बताउनुभयो। उहाँका अनुसार निर्णय प्रक्रियालाई छिटो र प्रभावकारी बनाउन आवश्यक संयन्त्र विकास गरिएको छ। प्रतियोगितासम्बन्धी निर्णयहरू क्यानको बोर्ड र गभर्निङ काउन्सिलमा छलफल गरेर लिने गरिएको उहाँले स्पष्ट पार्नुभयो। एनपीएल कुनै व्यक्तिलाई चर्चित बनाउन वा कसैलाई होच्याउन सञ्चालन गरिएको प्रतियोगिता नभएको उल्लेख गर्दै खड्काले यसलाई नेपाली क्रिकेटको विकास र विस्तारसँग जोडेर हेर्नुपर्ने बताउनुभयो। क्यानले राष्ट्रिय खेलकुद परिषद्, सम्बन्धित मन्त्रालय तथा सरकारसमक्ष आवश्यक कागजात र प्रक्रियागत विवरण पेस गरिसकेको उहाँले जानकारी दिनुभयो। ती निकायबाट प्राप्त पत्रको जवाफसमेत दिइसकेको उल्लेख गर्दै उहाँले आगामी दिनमा पनि जवाफदेही भएर काम गर्ने प्रतिबद्धता जनाउनुभयो। ‘हामीले गरेको काम र गतिविधिमा सुधार गर्नुपर्ने पक्ष छन् भने सुधारेर अगाडि बढ्छौँ। सञ्चारमाध्यमले स्वतन्त्र रूपमा आलोचना गर्न पाउँछन् र सम्बन्धित विषयमा गरिएका आलोचनालाई हामी सकारात्मक रूपमा लिन्छौँ,’ खड्काले भन्नुभयो। उहाँले नेपाली क्रिकेट कुनै एक व्यक्तिमा सीमित नरहेको बताउँदै यसको विकासमा सामूहिक प्रयासको महत्त्व औँल्याउनुभयो। ‘क्रिकेट खेल पनि टिमले खेल्ने हो र क्रिकेट संघ पनि टिमवर्कबाट अगाडि बढेको छ। यो टिमवर्क नभएको भए एनपीएल र नेपाली क्रिकेट आजको अवस्थामा आउन सफल हुने थिएन,’ उहाँले भन्नुभयो। कमजोरी सच्याउँदै अघि बढ्ने प्रतिबद्धता क्यानको नेतृत्वले विगत तीन वर्षदेखि पाएको जिम्मेवारी पूरा गर्न प्रयास गरिरहेको उल्लेख गर्दै खड्काले सही नियत हुँदाहुँदै पनि कामकारबाहीमा कमजोरी हुन सक्ने स्वीकार गर्नुभयो। त्यस्ता कमजोरी पहिचान गरेर सच्याउँदै लैजानुपर्ने उहाँको भनाइ छ। एनपीएलको पारदर्शिता र सञ्चालन प्रक्रियाबारे उठेका प्रश्नलाई सुधारको अवसरका रूपमा लिने उहाँले बताउनुभयो। एनपीएलको तेस्रो संस्करण सोमबारदेखि कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुँदैछ। प्रतियोगिताको तयारीसँगै यसको सञ्चालन, पारदर्शिता र व्यवस्थापनका विषय पनि चर्चामा रहेका छन्।
Read Complete Original Article
Published originally on हिमालय टाइम्स
Related News
.gif)
देशभर १३ विपद्का घटना : एकको मृत्यु, आठ जना घाइते
काठमाडौँ, कात्तिक ८ गते । देशभर पछिल्लो २४ घण्टामा विभिन्न प्रकृतिका १३ वटा विपद्का घटना भएका छन् । ती घटनामा परी एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । विपद्का घटनाबा... ...

आधुनिक ल्याप्रोस्कोपिक शल्यक्रियामा सक्रिय डा. रूपा पनेरु
पोखरा । स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. रूपा पनेरु महिलाको स्वास्थ्य उपचार तथा आधुनिक ल्याप्रोस्कोपिक शल्यक्रियामा सक्रिय छिन्। एमबीबीएस र एमडी (प्रसूति तथा स्त्रीरोग) अध्ययन पूरा गरेकी उनी ६... ...

संघर्षको ‘हियाका कुडा’लाई छायाँदेवी–चेतनाथ गजल पुरस्कार
गजलकार कमल संघर्षको गजल कृति ‘हियाका कुडा’लाई छायाँदेवी–चेतनाथ गजल पुरस्कार–२०८२ प्रदान गरिएको छ। खस भाषामा लेखिएको उक्त कृति गजल विधामा पुर्‍याएको योगदानका लागि पुरस्कृत भएको हो। पुरस्कारको राशि रु १० हजार रहेको छ। पुरस्कारका संस्थापक जे सागरले आज आयोजित कार्यक्रममा पुरस्कार प्रदान गरे। संघर्षको ‘हियाका कुडा’ यस ... ...

रिसाएका जनतालाई आकर्षित गर्छौं: प्रदीप पौडेल
तनहुँ । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीभित्र व्यापक एकता कायम भएको उल्लेख गर्दै असन्तुष्ट रहेका सबै पक्षलाई पनि एकताबद्ध बनाएर अघि बढ्न कांग्रेस तयार रहेको बताएका छन्। नेपाली कांग्रेस शुक्लागण्डकी नगर समितिले आइतबार आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै पौडेलले कांग्रेसलाई रूपान्तरण भएको अनुभूति जनतामाझ दिलाउने गरी पार्टी अघि बढ्ने बताए। उनले सबै पक्षसँग सहमति र सहकार्य गर्दै देशलाई समृद्ध ...


