एनपीएलको ‘अफिसियल टेलिकम पार्टनर’ बन्यो एनटीसी

काठमाडौं । यही कात्तिक ९ देखि मंसिर ५ गतेगतेसम्म त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदान, कीर्तिपुरमा सञ्चालन हुने नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल ३) प्रतियोगितामा नेपाल टेलिकम ‘अफिसियल टेलिकम पार्टनर’ रहने भएको छ। यस सम्बन्धी सम्झौता पत्रमा नेपाल टेलिकमको तर्फबाट प्रबन्ध निर्देशक संगीता पहाडी (अर्याल) र नेपाल प्रिमियर लिग सिजन–३ को आयोजक नेपाल क्रिकेट संघ (क्यान) को तर्फबाट महाप्रबन्धक उत्सव ढुंगानाले हस्ताक्षर गरेका छन्। नेपाल टेलिकमको केन्द्रीय कार्यालयमा भएको सम्झौता हस्ताक्षर कार्यक्रममा नेपाल टेलिकमको तर्फबाट प्रमुख प्राविधिक अधिकृत डिल्लीराम अधिकारीले राष्ट्रिय स्तरको क्रिकेट प्रतियोगितामा कम्पनीले पहिलेदेखि नै सहयोग गर्दै आएको स्मरण गर्दै कम्पनीको ब्राण्ड इमेज बढाउन मात्र नभई नेपालमा क्रिकेट खेललाई संस्थागत रुपमा थप प्रवद्र्धन गर्नका लागि समेत यो सहकार्य उपयोगी हुने विश्वास व्यक्त गरे। यसले कम्पनीको संस्थागत सामाजिक उत्तरदायित्वलाई समेत व्यवहारमा लागु गर्न र दुई संस्था बिचको सहकार्यलाई बलियो बनाउन भूमिका खेल्ने उनले बताए। नेपाल क्रिकेट संघका महाप्रबन्धक उत्सव ढुंगानाले नेपाल टेलिकम जस्तो प्रतिष्ठित ब्राण्डसँग जोडिएर सहकार्य गर्न पाएकोमा खुसी व्यक्त गर्दै यसबाट नेपाली क्रिकेट खेललाई अझै अगाडि बढाउन योगदान पुग्ने विश्वास व्यक्त गरे। उनले यो सहकार्यले भविष्यमा नेपालमा क्रिकेट खेललाई मात्र नभई खेलाडीको जीवनस्तरमा समेत परिवर्तन ल्याउन सहयोग पुग्ने अपेक्षा गरे। नेपाली खेलकुद क्षेत्रको संवद्र्धन एवम् प्रवद्र्धन गर्ने नेपाल सरकारको नीतिलाई यस सहकार्यले थप टेवा पुर्याउने विश्वास कम्पनीले लिएको छ। एनपीएलले हालै इन्टरनेसनल क्रिकेट काउन्सिल (आईसीसी) बाट मान्यता पाएकोमा टेलिकमले नेपाल क्रिकेट संघ क्यानलाई बधाई ज्ञापन गरेको छ। The post एनपीएलको ‘अफिसियल टेलिकम पार्टनर’ बन्यो एनटीसी appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.
Read Complete Original Article
Published originally on कर्पोरट खबर
Related News

राजदेवी मन्दिरमा भक्तजनको भीड : साँझ ८ बजेदेखि बलि प्रदान गरिने
दशैंको आज आठौं दिन शक्तिपीठहरुमा श्रद्धालुभक्तजनहरुको भीड लागेको छ । यसै क्रममा जनकपुरधामस्थित राजदेवी मन्दिरमा हिजो राती १२ बजेदेखि नै प्रसाद चढाउने र खोँइच भर्ने महिलाहरुको भीड थामिनसक्नु छ । ...

झलनाथ खनालको स्वास्थ्य अवस्था बुझ्न ह्याम्स अस्पताल पुगे केपी ओली
काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पूर्वप्रधानमन्त्री झलनाथ खनालको स्वास्थ्य अवस्था बुझ्न ह्याम्स अस्पताल पुगेका छन्। पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का वरिष्ठ नेता समेत हरेका खनालको स्वास्थ्यमा... ...

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै
‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको सातदिने योजना अझै छलफलका क्रममा रहेको इरानी विदेशमन्त्री सैयद अब्बास अराघचीले बताएका छन् । इराकको राजधानी बग्दादमा आयोजित इस्लामिक सहयोग सङ्गठन (ओआइसी) को... ...

दसैँ बिदामा पनि चितवन मेडिकल कलेजको विशेषज्ञ सेवा सञ्चालन हुने
नारायणगढ (चितवन) । चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालले दसैँ बिदामा पनि विशेषज्ञ चिकित्सकसहितको उपचार सेवा सञ्चालन गर्ने भएको छ । अस्पतालले कात्तिक २ देखि ५ गतेसम्म चार दिन आकस्मिक कक्षबाट सबै प्रकारका सेवा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको छ । अस्पतालका निर्देशक प्रा.डा. गोपेन्द्र देवले बडादसैँको विशेष दिनका रुपमा लिइने अष्टमीदेखि एकादशीसम्मका चार दिन पनि बिरामीले सेवा पाउन सकुन् भनी सेवा ...


