Monday, October 19, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/एनपीएलका सात टोलीको लोगो अंकित एक्स्ट्रीमका विशेष क्यान बजारमा

एनपीएलका सात टोलीको लोगो अंकित एक्स्ट्रीमका विशेष क्यान बजारमा

Share:WhatsAppFacebookX (Twitter)Telegram
एनपीएलका सात टोलीको लोगो अंकित एक्स्ट्रीमका विशेष क्यान बजारमा

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित गर्दै एक्स्ट्रीम इनर्जी ड्रिङ्कले सात टोलीका लोगो अंकित विशेष संस्करणका क्यान बजारमा ल्याएको छ। क्रिकेट समर्थकले आफूलाई मनपर्ने टोलीप्रतिको समर्थन फरक शैलीमा व्यक्त गर्न सकून् भन्ने उद्देश्यले कम्पनीले स्पेसल एडिसन क्यान सार्वजनिक गरेको हो। कम्पनीका अनुसार विशेष क्यानमा काठमाडौं गोर्खाज, लुम्बिनी लायन्स, विराटनगर किङ्स, जनकपुर बोल्ट्स, चितवन राइनोज, कर्णाली याक्स र पोखरा एभेन्जर्सका लोगो समावेश गरिएका छन्। एनपीएलको तेस्रो संस्करणमा एक्स्ट्रीमले काठमाडौं गोर्खाज, लुम्बिनी लायन्स, विराटनगर किङ्स, जनकपुर बोल्ट्स, चितवन राइनोज र कर्णाली याक्ससँग मुख्य प्रायोजकका रूपमा साझेदारी गरेको छ। पोखरा एभेन्जर्ससँग भने जर्सीको छातीमा लोगो रहने गरी प्रायोजन साझेदारी गरिएको कम्पनीले जनाएको छ। क्रिकेटमा समर्थकले आफ्नो मनपर्ने टोलीप्रतिको माया जर्सी, झन्डा र हुटिङमार्फत व्यक्त गर्दै आएका छन्। यही भावनालाई जोड्दै एक्स्ट्रीमले टोलीको लोगो अंकित क्यानमार्फत समर्थकलाई आफ्नो रोजाइको टिमसँग जोड्ने प्रयास गरेको हो। कम्पनीका अनुसार यी विशेष क्यानले एनपीएलको उत्साहलाई क्रिकेट मैदान र दर्शकदीर्घाबाट बाहिर बजारसम्म विस्तार गर्न सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ। क्रिकेट हेर्दा, साथीभाइसँग खेलको चर्चा गर्दा वा समर्थकबीचको जमघटमा समेत मनपर्ने टोलीको पहिचान झल्काउन यी क्यान उपयोगी हुने कम्पनीको विश्वास छ। नेपाली क्रिकेटको लोकप्रियता बढ्दै गएको अवस्थामा युवा पुस्ताको रुचि र खेलप्रतिको आकर्षणलाई जोड्ने उद्देश्यले विशेष क्यान बजारमा ल्याइएको कम्पनीले जनाएको छ। एनपीएलका सात टोलीका लोगो अंकित एक्स्ट्रीम इनर्जी ड्रिङ्कका विशेष क्यान उपभोक्ताले नजिकका पसल तथा बिक्री केन्द्रबाट खरिद गर्न सक्ने कम्पनीले जनाएको छ। विशेष क्यानमार्फत क्रिकेट समर्थकले आफ्नो मनपर्ने टोलीको पहिचानलाई फरक शैलीमा प्रस्तुत गर्न सक्ने र एनपीएलको रौनकलाई मैदानबाहिर समेत विस्तार गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ। The post एनपीएलका सात टोलीको लोगो अंकित एक्स्ट्रीमका विशेष क्यान बजारमा appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

बाढीले खोस्यो घर, पीडितको दसैं कष्टकर
ताजा खबरJust now

बाढीले खोस्यो घर, पीडितको दसैं कष्टकर

बागलुङको निसीखोलाको बाढीले २६ घर नामेट भएका छन् । पहिरोले घर बगाएपछि एकै घरका चार जनासहित पाँच जनाको मृत्यु पनि भएको थियो । पीडितहरू अहिले अरूकै आश्रयमा छन् । ...

कान्तिपुर
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङको नियुक्ति विवादमा, निर्णय फिर्ता लिन माग
ताजा खबरJust now

लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङको नियुक्ति विवादमा, निर्णय फिर्ता लिन माग

काठमाडाैं । लुम्बिनी विकास कोषको उपाध्यक्षमा गायिका आनी छोइङ डोल्मा नियुक्त भएपछि लुम्बिनी बचाउ महाअभियानका अध्यक्ष अक्रम खानले विरोध जनाउनुभएको छ । उहाँले डोल्माको नियुक्ति खारेज गर्न सरकारसँग माग गर्दै निर्णय फिर्ता नलिए चरणवद्ध आन्दोलन गर्ने चेतावनी दिनुभएको हो । खानले लुम्बिनीको विकास, संरक्षण र प्रवद्र्धनका लागि स्थानीय भावना बुझ्ने, स्वच्छ छवि भएको र पारदर्शी व्यक्तिलाई नेतृत्वमा ल्याउनुपर्ने बताउनु भयो । लुम्बिनीको ...

हिमालय टाइम्स
युक्रेन युद्ध अन्त्य गर्न पुटिनको प्रस्ताव : ट्रम्प र सीसँग त्रिपक्षीय शिखर वार्ता गर्ने तयारी
ताजा खबरJust now

युक्रेन युद्ध अन्त्य गर्न पुटिनको प्रस्ताव : ट्रम्प र सीसँग त्रिपक्षीय शिखर वार्ता गर्ने तयारी

मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन युद्ध अन्त्यका लागि छलफल गर्न आगामी महिना अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङसँग त्रिपक्षीय शिखर सम्मेलन गर्ने प्रस्ताव गरेका छन्। प्रस्तावित वार्तामा युक्रेन र अमेरिकाका युरोपेली सहयोगीको प्रतिनिधित्व नहुने सम्भावनाले चासो बढाएको छ । द वाल स्ट्रिट जर्नलका अनुसार पुटिनले अक्टोबर ९ मा ट्रम्पसँगको टेलिफोन वार्ताका क्रममा प्रस्ताव अघि सारेका थिए। ...

केन्द्रबिन्दु
दशैंको लागि बजार झारेका च्याङ्ग्राको बथान (फोटो फिचर)
ताजा खबरJust now

दशैंको लागि बजार झारेका च्याङ्ग्राको बथान (फोटो फिचर)

• मुस्ताङबाट १३ हजार २७९ वडा भेडा च्याङ्ग्रा बिक्रीको लागि बजार झारिएको छ। • यस वर्ष मुस्ताङबाट करिब ३५ करोड बराबरको भेडारच्याङ्ग्रा निकासी भएको छ। • च्याङ्ग्राहरु तिब्बत र डोल्पा हुँदै मुस्ताङ भित्र्याइएका हुन्। ...

नेपालबहस
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play