Thursday, October 22, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/एनपीएलका लागि तयार छ त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान (फोटोफिचर)

एनपीएलका लागि तयार छ त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान (फोटोफिचर)

Share:WhatsAppFacebookX (Twitter)Telegram
एनपीएलका लागि तयार छ त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान (फोटोफिचर)

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करण नजिकिँदै गर्दा कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानको स्तरोन्नति तथा व्यवस्थापनको काम अन्तिम चरणमा पुगेको छ। प्रतियोगिता सुरु हुन केहि दिन बाँकी रहँदा मैदानमा आवश्यक पूर्वाधार निर्माण र व्यवस्थापनका काम लगभग सकिएको छ नेपाल क्रिकेट संघ (क्यान) ले यसपटक विगतका संस्करणमा देखिएका व्यवस्थापनसम्बन्धी कमजोरी सुधार गर्दै दर्शक, खेलाडी, सञ्चारकर्मी तथा विशिष्ट पाहुनालाई सहज वातावरण उपलब्ध गराउने तयारी गरेको छ। प्रतियोगिताको प्रत्येक संस्करण थप व्यवस्थित र बृहत् बन्दै गएकाले यसपटक दर्शकको अनुभवलाई विशेष प्राथमिकता दिइएको क्यानले जनाएको छ। एनपिएलका खेलमा दर्शकको चाप अत्यधिक हुने भएकाले उपलब्ध स्थानको अधिकतम उपयोग गर्दै दर्शक क्षमता बढाउने प्रयास भइरहेको छ। टिकट काटेर मैदान पुग्ने दर्शकलाई प्रवेशदेखि खेल अवलोकन गरेर फर्किंदासम्म सहज वातावरण उपलब्ध गराउने गरी व्यवस्थापनमा ध्यान दिइएको छ। गत संस्करणमा दर्शकले शौचालयको अपर्याप्त सुविधा तथा आवतजावतका क्रममा धुलोको समस्या भोग्नुपरेको थियो। यसपटक त्यस्ता समस्या दोहोरिन नदिन आवश्यक सुधारका काम अघि बढाइएको छ। साथै, मैदानमा केही नयाँ संरचना थपेर समग्र व्यवस्थापनलाई थप प्रभावकारी बनाउने तयारी गरिएको छ। यस वर्षको एनपिएल दसैँ र तिहारको बीचमा आयोजना हुँदैछ। एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि मंसिर ५ तेसम्म काठमाडौंमा आयोजना हुँदैछ। प्रतियोगिता सफलतापूर्वक सम्पन्न गर्न मैदानको पूर्वाधार, दर्शक व्यवस्थापन र आवश्यक सुविधालाई व्यवस्थित बनाउने कामलाई अन्तिम रूप दिइँदैछ। नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग हुने भएको छ । The post एनपीएलका लागि तयार छ त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान (फोटोफिचर) appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

नेपाल सरकारका वेबसाइट डाउन गराउने पीएचपी के हो? विश्वभरका ३ करोड वेबसाइट जोखिममा
ताजा खबरJust now

नेपाल सरकारका वेबसाइट डाउन गराउने पीएचपी के हो? विश्वभरका ३ करोड वेबसाइट जोखिममा

काठमाडौं । वेबसाइट निर्माणमा व्यापक रूपमा प्रयोग हुने प्रोग्रामिङ भाषा PHP मा भेटिएका गम्भीर सुरक्षा कमजोरीका कारण विश्वभर करिब तीन करोड वेबसाइट प्रभावित हुन सक्ने साइबर सुरक्षा विज्ञले चेतावनी दिएका छन् । नेपालसहित संसारभरका करोडौं सरकारी साइट बन्द छन् । बेलायती साइबर सुरक्षा विज्ञ तथा युनिभर्सिटी अफ सरेको सेन्टर फर साइबर सेक्युरिटीका प्राध्यापक एलन वुडवर्डका अनुसार, यी कमजोरीको दुरुपयोग गरेर आक्रमणकारीले ...

केन्द्रबिन्दु
बाढीपहिरोले क्षति सडक तथा पुल मर्मतका लागि सिफारिस
ताजा खबरJust now

बाढीपहिरोले क्षति सडक तथा पुल मर्मतका लागि सिफारिस

तनहुँ। गत असोज ९ देखि ११ गतेसम्म परेको अविरल वर्षासँगै आएको बाढीपहिरोले तनहुँका विभिन्न सडक, पुल तथा कल्भर्टमा क्षति पुर्‍याएको छ । क्षति भएका संरचनाको पुनर्निर्माण तथा मर्मतसम्भारका लागि जिल्ला विपद् व्यवस्थापन समितिले सम्बन्धित निकायमा सिफारिस गरेको छ । जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीका अनुसार बाढीपहिरोबाट क्षति पुगेका सडक तथा संरचनाको विवरण संकलन गरी आवश्यक पुनर्निर्माण ...

नेपालन्युज
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play