Wednesday, November 18, 2026||
MultiKhabarMultiKhabar

एनपीएलका खेलमा अनलाइन सट्टेबाजी गर्ने एक जना पक्राउ

Share:WhatsAppFacebookX (Twitter)Telegram
एनपीएलका खेलमा अनलाइन सट्टेबाजी गर्ने एक जना पक्राउ
Photo / Coverage: पर्दाफास

काठमाडौंमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा अनलाइनमार्फत सट्टेबाजी गरेको आरोपमा एक भारतीय नागरिक पक्राउ परेका छन्। पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–१७ ठमेलमा बस्दै आएका भारतको राजस्थानस्थित श्रीगंगानगरका ३५ वर्षीय रोहित पथरिया रहेका छन्। काठमाडौंको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सञ्चालन भइरहेको एनपीएलको तेस्रो संस्करणका खेलमा अनलाइनमार्फत सट्टेबाजी हुने गरेको सूचनाका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार पथरियाले एनपीएलका विभिन्न क्रिकेट खेलमा पटक–पटक गरी ८ लाख ७५ हजार ४० रुपैयाँ बराबरको सट्टेबाजी कारोबार गरेको खुलेको छ। पक्राउ परेका उनलाई जुवा खेल्न वा सट्टेबाजी गर्न नहुने कसुरमा थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
काठमाडौँ–तराई द्रुतमार्गको सबैभन्दा लामो महादेवटार सुरुङ ‘ब्रेकथ्रु’
OthersJust now

काठमाडौँ–तराई द्रुतमार्गको सबैभन्दा लामो महादेवटार सुरुङ ‘ब्रेकथ्रु’

राष्ट्रिय गौरवको आयोजना काठमाडौं-तराई-मधेस द्रुतमार्ग सडक आयोजनाको करिव ५१ प्रतिशत निर्माण कार्य सम्पन्न भएको छ । नेपाली सेनाको व्यवस्थापनमा निर्माण भइरहेको आयोजनाअन्तर्गत सबैभन्दा लामो महादेवटार सुरुङको दुवैतर्फको खण्ड जोड्ने (ब्रेकथ्रु)कार्य पनि सम्पन्न भएको हो । नेपाली सेनाकाअनुसार आयोजनाअन्तर्गत सात स्थानमा १४ वटा सुरुङ निर्माण भइरहेका छन् । तीमध्ये तीन स्थानका पाँचवटा सुरुङको यसअघि नै ब्रेकथ्रु भइसकेको छ । महादेवटार सुरुङको ब्रेकथ्रुसँगै सुरुङ ...

पर्दाफास
एमालेले आफूलाई पुनः आविष्कार गर्नुपर्छ
OthersJust now

एमालेले आफूलाई पुनः आविष्कार गर्नुपर्छ

मदन भण्डारीको सिर्जनात्मक विरासत बोकेको पार्टीलाई आज केपी ओलीको अर्को अनुमोदन होइन, वैचारिक पुनर्जागरण र नेतृत्वको पुस्तान्तरण आवश्यक छ। बदलिँदो समय र नयाँ पुस्ताको आकाङ्क्षालाई सम्बोधन गर्न एमालेले आफूलाई पुनः आविष्कार गर्नुपर्छ । ...

अनलाइन खबर
पाँच स्थानीय तह भूमिहीन दलित, सुकुमवासी तथा अव्यवस्थित बसोवासीमुक्त घोषणा (सूचीसहित)
OthersJust now

पाँच स्थानीय तह भूमिहीन दलित, सुकुमवासी तथा अव्यवस्थित बसोवासीमुक्त घोषणा (सूचीसहित)

२ मंसिर, काठमाडौं । सरकारले भूमिहीन दलित, सुकुमवासी तथा अव्यवस्थित बसोवासीका लागि स्थानीय तह र जिल्लाको प्रगतिलाई छुट्टाछुट्टै अनुगमन र मूल्यांकन गर्ने भएको छ । भूमिहीन दलित, सुकुमवासी तथा अव्यवस्थित बसोवासीका समस्या समाधानका लागि अब जिल्ला र पालिकाको छुट्टाछुट्टै अनुगमन र मूल्यांकन सुरु गरिएको भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले… ...

अनलाइन खबर
आईपीएल २०२७ को अक्सन डिसेम्बर १६ मा गोवामा हुने
OthersJust now

आईपीएल २०२७ को अक्सन डिसेम्बर १६ मा गोवामा हुने

२ मंसिर, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२७ को खेलाडी अक्सन आगामी डिसेम्बर १६ मा भारतको गोवामा हुने भएको छ। आईपीएलले बुधबार अक्सनको मिति र स्थान सार्वजनिक गरेको हो। यसअघि मंगलबार सबै टोलीले खेलाडी रिटेन र रिलिज पनि घोषणा गरिसकेका छन् । आईपीएलको अक्सन ३ वर्षपछि भारतमै हुन लागेको हो । पछिल्ला तीन संस्करणका अक्सन… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play