काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करणको उपाधि जितेको सुदूरपश्चिम रोयल्सले आफ्नो ट्रफी टूर कार्यक्रम सार्वजनिक गरेको छ । मंसिर १३ देखि २० गतेसम्म सञ्चालन हुने टूरअन्तर्गत टोलीको उपाधि ट्रफी सुदूरपश्चिमका नौ जिल्लामा पुर्याइनेछ । सुदूरपश्चिम रोयल्सका मालिक स्वतन्त्र प्रताप शाहले समर्थकसँग गरेको वाचाअनुसार ट्रफीलाई प्रदेशका नौ जिल्लामा पुर्याउन लागिएको बताउनुभयो । यसमार्फत उपाधि जितको खुसी समर्थक र स्थानीय समुदायसँग बाँड्ने रोयल्सको योजना छ । ट्रफी टूर मंसिर १३ गते अछाम र बाजुराबाट सुरु हुनेछ । बिहान ८ः३० बजे बैजनाथ मन्दिरमा ट्रफी प्रदर्शन गरिनेछ । त्यसपछि बिहान ९ः३० देखि ११ः३० बजेसम्म बैजनाथ मन्दिरबाट साँफेबगरसम्म र्याली हुनेछ । दिउँसो ४ देखि ५ बजेसम्म बाजुराको मार्तडीमा र्याली आयोजना हुनेछ । मंसिर १४ गते डोटी र डडेल्धुरामा कार्यक्रम हुनेछ । बिहान ९ बजे शैलेश्वरी मन्दिरमा ट्रफी पुर्याइनेछ भने १० बजेदेखि १२ बजेसम्म शैलेश्वरी मन्दिरबाट दिपायल बजारसम्म र्याली हुनेछ । दिउँसो ४ देखि ६ बजेसम्म डडेल्धुरा बजारमा र्याली र साँझ ६ः३० बजे उग्रतारा मन्दिरमा पूजा गरिनेछ । मंसिर १५ गते बैतडी र दार्चुलामा कार्यक्रम हुनेछ । बिहान ८ः३० बजे निङ्गलाशैनी मन्दिरमा ट्रफी प्रदर्शन गरिनेछ भने ९ः३० देखि ११ः३० बजेसम्म गोठलापानीमा र्याली हुनेछ । मंसिर १६ गते दार्चुलाको मालिकार्जुन मन्दिरमा बिहान ८ः३० बजे ट्रफी पुर्याइनेछ । त्यसपछि ९ः३० देखि ११ः३० बजेसम्म खलंगा बजारमा र्याली हुनेछ । मंसिर १७ गते बझाङको चैनपुर बजारमा बिहान ८ः३० देखि १०ः३० बजेसम्म र्याली आयोजना हुनेछ । मंसिर १८ गते डडेल्धुराको परशुराम धाममा दिउँसो १२ः३० बजे ट्रफी पुर्याइने कार्यक्रम छ । मंसिर १९ गते कैलालीको टीकापुर पार्कमा बिहान ८ः३० बजे ट्रफी प्रदर्शन हुनेछ । त्यसपछि बिहान १० बजे चिसापानी, ११ः३० बजे लम्की, १२ः३० बजे घोडाघोडी ताल र दिउँसो २ बजे अत्तरियामा ट्रफी पुर्याइनेछ । दिउँसो ४ देखि ६ बजेसम्म महेन्द्रनगर बजारबाट दोधारा चाँदनी पुलसम्म र्याली हुनेछ । ट्रफी टूरको अन्तिम दिन मंसिर २० गते धनगढीमा कार्यक्रम हुनेछ । दिउँसो ३ देखि ५ बजेसम्म चौराहाबाट महोत्त्सव मैदानसम्म र्याली आयोजना हुनेछ । साँझ ५ बजे महोत्सव मैदानमा सांगीतिक कार्यक्रमसहित ट्रफी टूर समापन हुनेछ ।
एनपिएल विजेता सुदूरपश्चिम रोयल्सको ट्रफी टूर मंसिर १३ गतेदेखि

Read Complete Original Article
Published originally on हिमालय टाइम्स






