Wednesday, November 25, 2026||
MultiKhabarMultiKhabar

एनपिएललाई रंगशाला बनाउन सरकारको तदारुकता

Share:WhatsAppFacebookX (Twitter)Telegram
एनपिएललाई रंगशाला बनाउन सरकारको तदारुकता
Photo / Coverage: हिमालय टाइम्स

काठमाडौं । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले नेपाल प्रिमियर लिग (एनपिएल) का आठवटै फ्रेन्चाइज टोलीका सञ्चालक तथा प्रतिनिधिसँग क्रिकेट रंगशाला निर्माण र ‘होम एण्ड अवे’ ढाँचामा प्रतियोगिता सञ्चालन गर्ने विषयमा छलफल गर्नुभएको छ । प्रधानमन्त्री बालेन्द्र शाहले एनपिएलको छैटौँ संस्करणदेखि आठवटै क्लबका आफ्नै फ्लडलाइटसहितका घरेलु रंगशाला निर्माण गरी ‘होम एण्ड अवे’ प्रणालीमा लिग सञ्चालन गर्ने घोषणा गरेपछि त्यसको कार्यान्वयन मोडालिटीबारे मन्त्रालयले सरोकारवालासँग परामर्श थालेको हो । छलफलमा नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्कासहित आठवटै फ्रेन्चाइज टोलीका प्रतिनिधि सहभागी थिए । छलफलमा मन्त्री पोखरेलले एकैपटक आठवटै रंगशाला निर्माण गर्नुभन्दा यथार्थपरक योजना बनाएर चरणबद्धरूपमा अगाडि बढ्ने विषय राख्नुभयो । आगामी चौथो संस्करणदेखि नै दुईदेखि तीनवटा भेन्युबाट ‘होम एण्ड अवे’ को अभ्यास सुरु गर्ने र पाँचौँ तथा छैटौँ सिजनसम्म पुग्दा आठवटै घरेलु मैदानमा खेल सञ्चालन गर्न सकिने विषयमा छलफल गर्न खोजिएको बताउनुभयो । ‘पहिलो चरणमा कुन मोडालिटी र समयसीमाभित्र रंगशाला निर्माण गर्ने भन्ने विषयमा स्पष्ट हुन जरुरी छ’, छलफलमा मन्त्री पोखरेलले भन्नुभयो, ‘सार्वजनिक-निजी साझेदारी (पिपिपी) मोडलमा जाने कि क्लबहरूलाई दीर्घकालीन लिजमा दिएर निर्माणको जिम्मा दिने भन्ने विकल्पमा सरकार खुला छ ।’ यसबाट क्लबहरूको स्वामित्व र अपनत्व हुँदा निर्माण छिटो हुने र समर्थकमाझ पनि सकारात्मक सन्देश जाने उहाँको भनाइ थियो । छलफलमा अन्तर्राष्ट्रियस्तरको प्रसारण, प्रोडक्सन र रिभ्यु सिस्टम (डिआरएस) का कारण एउटै मैदानमा लिग गर्दा पनि लागत उच्च रहेको विषय उठेको थियो । सोही सन्दर्भमा ‘होम एण्ड अवे’ प्रणालीमा जाँदा लागत साझेदारी (कस्ट सेयरिङ) र रेभिन्यु सेयरिङको स्पष्ट खाका बनाएर अगाडि बढ्ने समझदारी बनेको छ । बैठकमा क्यान सचिव पारस खड्काले कीर्तिपुरस्थित टियु मैदान र मूलपानीको विद्यमान महँगो डिपिआरलाई परिमार्जन गरी सहुलियत बजेटमा टियु, मूलपानी र चितवनको गौतमबुद्ध क्रिकेट रंगशाला छोटो समयभित्रै तयार पार्न सकिने प्रस्ताव प्रस्तुत गर्नुभयो । ‘एनपिएल सकिएसँगै प्रधानमन्त्रीबाट जे कुरा आयो, एकदमै खुसी छौँ । हाम्रो क्लबको युनिटी पनि एकदमै राम्रो छ । राम्रो काम गर्ने इगोमात्र उहाँहरूमा छ । त्यसैले सहकार्यमा काम गर्न असहज छैन’, खड्काले थप्नुभयो । फ्रेन्चाइज क्लबका प्रतिनिधिहरूले पनि आगामी सिजनका लागि तत्काल टियु मैदानको दर्शक क्षमता बढाउनुपर्नेमा जोड दिनुभयो । अन्य मैदानको हकमा आपसी सहकार्य गरेर रंगशाला निर्माणमा पनि लाग्न सक्ने विषय उहाँहरूको थियो । सरकारले दीर्घकालीन स्पष्ट नीतिगत व्यवस्था गरिदिए रंगशाला निर्माण तथा सञ्चालनमा निजी क्षेत्रबाट लगानी भित्र्याउन पनि आफूहरू तयार रहेको उहाँहरूले बताउनुभयो । यस्तै, क्लबका प्रतिनिधिहरूले खेलकुद पूर्वाधारमा प्रत्यक्ष वैदेशिक लगानी (एफडिआई) भित्र्याउन र प्रायोजनसम्बन्धी नीतिगत जटिलता फुकाउन सरकारसँग आग्रह गर्नुभएको छ । त्यस्तै, तत्काल टियुलाई व्यवस्थित गर्दै मूलपानी र चितवन रंगशालाको काम छिटो सकेर आगामी सिजनमा बिहानको खेल मूलपानी र बेलुकाको फ्लडलाइट खेल टियुमा खेलाउन सकिने व्यावहारिक उपायसमेत क्लबका प्रतिनिधिहरूले सुझाएका छन् । छलफलमा सरोकारवालाहरूको सुझाव समेट्दै मन्त्री पोखरेलले आफूहरूले पिपिपी मोडलमै काम गर्न चाहेको र त्यसका लागि क्लबहरूसँगै सहकार्य गर्ने कुरालाई सरकारले प्राथमिकतासाथ हेरेको बताउनुभयो । ‘अब यसलाई कमर्सियल एंगलले पनि सोच्नुपर्छ । पिपिपी मोडलमै हामी जाने हो । अरू निजी क्षेत्रसँग जानुभन्दा पनि एनपिएलका क्लबसँगै जानुपर्छ भनेर तपाईंहरूसँग छलफल गरेका हौँ’, मन्त्री पोखरेलले थप्नुभयो, ‘यसमा तपाईंहरूको सकारात्मक प्रतिक्रियाले थप उत्साह थपेको छ । घोषणा गरेअनुरूप एउटा मोडालिटी बनाएर छिट्टै काम सुरु हुन्छ ।’

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
पिएमजिसी खेल्न होरा इस्पोर्ट्सको टोली टर्किए प्रस्थान
Latest NewsJust now

पिएमजिसी खेल्न होरा इस्पोर्ट्सको टोली टर्किए प्रस्थान

काठमाडौं । नेपाली इस्पोर्ट्स टोली होरा इस्पोर्ट्स पब्जी मोबाइल ग्लोबल च्याम्पियनसिप (पिएमजिसी) २०२६ मा प्रतिस्पर्धा गर्न टर्किए प्रस्थान गरेको छ । प्रतियोगिता नोभेम्बर २६ देखि डिसेम्बर १३ सम्म टर्किएको इस्तानबुलमा आयोजना हुँदैछ । पब्जी मोबाइलको सन् २०२६ को प्रतिस्पर्धात्मक सिजनको अन्तिम प्रतियोगिताका रूपमा रहेको पिएमजिसीमा विश्वका ३९ टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताको कुल पुरस्कार राशि ३० लाख अमेरिकी ...

हिमालय टाइम्स
कोपा अमेरिका २०२८ लगातार तेस्रोपटक पनि अमेरिकामै हुने
Latest NewsJust now

कोपा अमेरिका २०२८ लगातार तेस्रोपटक पनि अमेरिकामै हुने

न्युयोर्क । दक्षिण अमेरिकी फुटबलको प्रतिष्ठित प्रतियोगिता कोपा अमेरिकाको ४९औँ संस्करण सन् २०२८ मा अमेरिकामा आयोजना हुने भएको छ । दक्षिण अमेरिकी फुटबल महासंघ (कन्मेबोल) ले प्रतियोगिता अमेरिकामा आयोजना गर्ने औपचारिक घोषणा गरेको हो । निर्धारित तालिकाअनुसार प्रतियोगिता सन् २०२८ जुन ९ देखि जुलाई ९ सम्म सञ्चालन हुनेछ । अघिल्ला दुई संस्करणमा जस्तै यसपटक पनि १६ टोलीले उपाधिका लागि प्रतिस्पर्धा ...

हिमालय टाइम्स
विहीबारको दिन कस्तो छ तपाईको ?
Latest NewsJust now

विहीबारको दिन कस्तो छ तपाईको ?

२०८३ मंसिर १० गते विहीबारको राशिफल मेषमेष राशि भएकाहरुको आजको दिन राम्रो रहेको छ । रोकिएका कामहरु बन्नेछन् । दाजुभाईहरुबाट सहयोग मिल्ने छ । रोकिएको काम बन्ने छ । वृषवृष राशिहरुको लागि आजको दिन अशुभ रहेको छ । स्वास्थ्यमा असर पर्ने छ । आजको दिन विभिन्न अप्ठ्याराहरु पाइपर्नेछन् । बोलीले आफन्तमा नराम्रो पर्ने भएकोले आफतसँग बोल्दा विचार पुर्याउनु होला । मिथुनमिथुन राशिहुनेहरुको आजको ...

टक्सार
साइबर जोखिम बढ्दै जाँदा अस्ट्रेलियाको पूर्वाधार सुरक्षा चिन्ताको विषय: प्रतिवेदन
Latest NewsJust now

साइबर जोखिम बढ्दै जाँदा अस्ट्रेलियाको पूर्वाधार सुरक्षा चिन्ताको विषय: प्रतिवेदन

काठमाडौँ । हालै माइक्रोसफ्टको सेवामा देखिएको अवरोधले परस्पर जोडिएका प्रणालीहरूको संवेदनशीलता उजागर गरेको छ । यसै सन्दर्भमा सार्वजनिक एक नयाँ प्रतिवेदनले अस्ट्रेलियामा महत्त्वपूर्ण पूर्वाधारको उत्थानशीलता मूल्याङ्कन गर्न आवश्यक राष्ट्रिय मापदण्डको अभाव... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement