Wednesday, November 25, 2026||
MultiKhabarMultiKhabar

कोपा अमेरिका २०२८ लगातार तेस्रोपटक पनि अमेरिकामै हुने

Share:WhatsAppFacebookX (Twitter)Telegram
कोपा अमेरिका २०२८ लगातार तेस्रोपटक पनि अमेरिकामै हुने
Photo / Coverage: हिमालय टाइम्स

न्युयोर्क । दक्षिण अमेरिकी फुटबलको प्रतिष्ठित प्रतियोगिता कोपा अमेरिकाको ४९औँ संस्करण सन् २०२८ मा अमेरिकामा आयोजना हुने भएको छ । दक्षिण अमेरिकी फुटबल महासंघ (कन्मेबोल) ले प्रतियोगिता अमेरिकामा आयोजना गर्ने औपचारिक घोषणा गरेको हो । निर्धारित तालिकाअनुसार प्रतियोगिता सन् २०२८ जुन ९ देखि जुलाई ९ सम्म सञ्चालन हुनेछ । अघिल्ला दुई संस्करणमा जस्तै यसपटक पनि १६ टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । अमेरिकाले कोपा अमेरिकाको आयोजना गर्न लागेको यो तेस्रोपटक हो । यसअघि सन् २०१६ मा शतवार्षिकी संस्करण र सन् २०२४ मा पछिल्लो संस्करण अमेरिकामै सम्पन्न भएका थिए । यससँगै अमेरिका लगातार तेस्रोपटक प्रतियोगिताको आयोजक बन्ने भएको छ । प्रतियोगितामा दक्षिण अमेरिकी फुटबल महासंघअन्तर्गतका १० टोलीसँगै उत्तर, मध्य अमेरिका तथा क्यारेबियन क्षेत्रको फुटबल महासंघ (कन्काकाफ) का ६ टोली सहभागी हुनेछन् । कन्काकाफका प्रतिनिधि टोलीको टुंगो सन् २०२७ को गोल्डकपको नतिजाका आधारमा लाग्नेछ । अमेरिकालाई आयोजक बनाउनुमा आर्थिक सम्भावना, व्यावसायिक बजार र उपलब्ध पूर्वाधारले महत्त्वपूर्ण भूमिका खेलेको देखिन्छ । सन् २०२६ को विश्वकप आयोजनाका लागि अमेरिकाका विभिन्न शहरका रंगशालामा व्यापक स्तरोन्नति र आधुनिकीकरण गरिएको छ । त्यसैले कोपा अमेरिकाजस्तो ठूलो प्रतियोगिता सञ्चालन गर्न आवश्यक भौतिक संरचना र व्यवस्थापकीय क्षमता अमेरिकासँग उपलब्ध छ । ४९औँ संस्करणको आयोजना अधिकारका लागि सुरुमा इक्वेडरले पनि चासो देखाएको थियो । तर, अन्ततः कन्मेबोलले अमेरिकालाई नै आयोजकको जिम्मेवारी सुम्पिएको छ । अमेरिकामा भएका पछिल्ला दुई संस्करण अर्जेन्टिनाका लागि भने विशेष सम्झनलायक बने । सन् २०१६ मा उपाधि नजिक पुगेर पनि अर्जेन्टिना चिलीसँग पेनाल्टी सुटआउटमा पराजित हुँदै उपविजेतामै सीमित भएको थियो । तर, सन् २०२४ मा भने उसले उपाधि जित्दै त्यसअघिको निराशालाई सफलतामा बदल्यो । सन् २०२४ को फाइनलमा अर्जेन्टिनाले कोलम्बियालाई अतिरिक्त समयमा १-० गोलले हराउँदै लगातार दोस्रोपटक उपाधि उचालेको थियो । लाउटारो मार्टिनेजले निर्णायक गोल गर्नुभएको थियो । चोटका कारण कप्तान लिओनल मेसीले मैदानमा रहेर फाइनल पूरा गर्न सक्नुभएन । उहाँले बेन्चबाटै आफ्ना सहकर्मीको ऐतिहासिक जित नियाल्नुभएको थियो । अब सन् २०२८ मा पनि अमेरिकामै प्रतियोगिता आयोजना हुने भएपछि अर्जेन्टिनासहित दक्षिण अमेरिकी टोलीले फेरि एकपटक अमेरिकी भूमिमा महादेशीय फुटबलको सर्वोच्च उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । एजेन्सी

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
एनपिएललाई रंगशाला बनाउन सरकारको तदारुकता
Latest NewsJust now

एनपिएललाई रंगशाला बनाउन सरकारको तदारुकता

काठमाडौं । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले नेपाल प्रिमियर लिग (एनपिएल) का आठवटै फ्रेन्चाइज टोलीका सञ्चालक तथा प्रतिनिधिसँग क्रिकेट रंगशाला निर्माण र ‘होम एण्ड अवे’ ढाँचामा प्रतियोगिता सञ्चालन गर्ने विषयमा छलफल गर्नुभएको छ । प्रधानमन्त्री बालेन्द्र शाहले एनपिएलको छैटौँ संस्करणदेखि आठवटै क्लबका आफ्नै फ्लडलाइटसहितका घरेलु रंगशाला निर्माण गरी ‘होम एण्ड अवे’ प्रणालीमा लिग सञ्चालन गर्ने घोषणा गरेपछि त्यसको कार्यान्वयन मोडालिटीबारे ...

हिमालय टाइम्स
पिएमजिसी खेल्न होरा इस्पोर्ट्सको टोली टर्किए प्रस्थान
Latest NewsJust now

पिएमजिसी खेल्न होरा इस्पोर्ट्सको टोली टर्किए प्रस्थान

काठमाडौं । नेपाली इस्पोर्ट्स टोली होरा इस्पोर्ट्स पब्जी मोबाइल ग्लोबल च्याम्पियनसिप (पिएमजिसी) २०२६ मा प्रतिस्पर्धा गर्न टर्किए प्रस्थान गरेको छ । प्रतियोगिता नोभेम्बर २६ देखि डिसेम्बर १३ सम्म टर्किएको इस्तानबुलमा आयोजना हुँदैछ । पब्जी मोबाइलको सन् २०२६ को प्रतिस्पर्धात्मक सिजनको अन्तिम प्रतियोगिताका रूपमा रहेको पिएमजिसीमा विश्वका ३९ टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताको कुल पुरस्कार राशि ३० लाख अमेरिकी ...

हिमालय टाइम्स
विहीबारको दिन कस्तो छ तपाईको ?
Latest NewsJust now

विहीबारको दिन कस्तो छ तपाईको ?

२०८३ मंसिर १० गते विहीबारको राशिफल मेषमेष राशि भएकाहरुको आजको दिन राम्रो रहेको छ । रोकिएका कामहरु बन्नेछन् । दाजुभाईहरुबाट सहयोग मिल्ने छ । रोकिएको काम बन्ने छ । वृषवृष राशिहरुको लागि आजको दिन अशुभ रहेको छ । स्वास्थ्यमा असर पर्ने छ । आजको दिन विभिन्न अप्ठ्याराहरु पाइपर्नेछन् । बोलीले आफन्तमा नराम्रो पर्ने भएकोले आफतसँग बोल्दा विचार पुर्याउनु होला । मिथुनमिथुन राशिहुनेहरुको आजको ...

टक्सार
साइबर जोखिम बढ्दै जाँदा अस्ट्रेलियाको पूर्वाधार सुरक्षा चिन्ताको विषय: प्रतिवेदन
Latest NewsJust now

साइबर जोखिम बढ्दै जाँदा अस्ट्रेलियाको पूर्वाधार सुरक्षा चिन्ताको विषय: प्रतिवेदन

काठमाडौँ । हालै माइक्रोसफ्टको सेवामा देखिएको अवरोधले परस्पर जोडिएका प्रणालीहरूको संवेदनशीलता उजागर गरेको छ । यसै सन्दर्भमा सार्वजनिक एक नयाँ प्रतिवेदनले अस्ट्रेलियामा महत्त्वपूर्ण पूर्वाधारको उत्थानशीलता मूल्याङ्कन गर्न आवश्यक राष्ट्रिय मापदण्डको अभाव... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement