एनपिएलमा म्याथ्युज विराटनगर र शेड्ली लुम्बिनीमा आबद्ध

काठमाडौं। श्रीलङ्काका क्रिकेटर एन्जेलो म्याथ्युजले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) विराटनगर किङ्सबाट खेल्ने भएका छन्। विराटनगर किङ्ग्समा उनलाई स्वागत गर्दै उनी एक अनुभवी, उत्कृष्ट र शालीन खेलाडी भएको उल्लेख गरेको छ। म्याथ्युज अन्तर्राष्ट्रिय क्रिकेटमा लामो अनुभव बटुलेका अनुभवी खेलाडी हुन्। श्रीलङ्काको टेस्ट तथा एकदिवसीय टोलीको कप्तानी सम्हालिसकेका ३९ वर्षीय म्याथ्युजले लामो समय राष्ट्रिय टोलीमा महत्वपूर्ण भूमिका निर्वाह गरेका छन्। उनले आफ्नो अन्तर्राष्ट्रिय करिअरमा टेष्टमा ११९ खेलमा आठ हजार २१४, एकदिवसीयमा २२६ खेलमा पाँच हजार ९१६ र ९० टी–२० अन्तर्राष्ट्रिय खेलमा एक हजार ४१६ रन बनाएका छन्। बलिङतर्फ उनले टेष्टमा ३३, एकदिवसीयमा १२६ र टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा ४५ विकेट लिएका छन्। म्याथ्युजले इण्डियन प्रिमियर लिग (आइपिएल) र लङ्का प्रिमियर लिग (एलपिएल) पनि खेलिसकेका छन्। यस्तै, दक्षिण अफ्रिकीमूलका अमेरिकन अलराउन्डर शेड्ली भान स्काल्कविकले लुम्बिनी लायन्सबाट एनपिएल खेल्ने भएका छन्। लुम्बिनीले आज सामाजिक सञ्जालमार्फत उनलाई टोलीमा अनुबन्ध गरेको जनाएको हो। शेड्लीले हालसम्म १३ एकदिवसीय खेल र १८ टी–२० अन्तर्राष्ट्रिय खेल खेलेका छन्। उनले क्यारेबियन प्रिमियर लिग (सिपिएल), लङ्का प्रिमियर लिग (एलपिएल), आईएल टी–२० जस्ता प्रतिष्ठित लिगमा प्रतिस्पर्धा गरिसकेका छन्। तेस्रो संस्करणको एनपिएल यही कात्तिक ९ गतेदेखि काठमाडौँमा आयोजना हुँदैछ।
Read Complete Original Article
Published originally on नेपालन्युज
Related News

दार्चुलाको सुन्सेरामा पहिलोपटक पुग्यो बस
वर्षौँको प्रतीक्षापछि सुन्सेरामा बस पुगेपछि स्थानीयमा खुसी छाएको छ । ...

कम्दीघाटस्थित राप्ती नदीमा करिब चार सय मूर्ति विसर्जन
बाँकेमा बडादसैँका लागि विभिन्न स्थानमा स्थापना गरिएका दुर्गा भगवतीका मूर्ति बिहीबार एकादशीका दिन नगर परिक्रमापश्चात् विसर्जन गरिएको छ । ...

अम्बे स्टिलमा आगलागी, फर्नेस आयलको ट्यांकीमा क्षति
फलाम उद्योगमा प्रयोग हुने फर्नेस आयलको ट्यांकीमा विद्युत् लाइन सर्ट हुँदा आगलागी भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । ...

अचानक शुक्रबार भारत भ्रमणमा जाँदै रवि लामिछाने
सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने बिहीबार भारत भ्रमणमा जाने भएका छन्। लामिछानेको निजी सचिवालयका अनुसार उनले शुक्रबार कात्तिक ६ देखि तीन दिनसम्म भारत भ्रमण गर्ने भएका हुन्। विज्ञप्तिमा भनिएको छ, ‘राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेज्यू भोलि मिति २०८३ कार्तिक ६ गतेदेखि तीन दिने निजी... ...


