एनपिएलको पुरस्कार राशि घोषणा, विजेताले डेढ करोड पाउने

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपिएल)को तेस्रो संस्करणको उपाधि जित्ने टोलीले एक करोड ५० लाख प्राप्त गर्ने भएको छ। अघिल्लो संस्करणको तुलनामा यस पटक विजेता टोलीको पुरस्कार राशि ४० लाखले बढाइएको नेपाल क्रिकेट सङ्घ (क्यान)ले आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएको हो। प्रतियोगितामा दोस्रो स्थान हासिल गर्ने टोलीले ८० लाख, तेस्रो हुने टोलीले ४० लाख र चौथो स्थानमा रहने टोलीले ३० लाख पाउने क्यानका कोषाध्यक्ष पदमबहादुर खड्काले जानकारी दिए। गत संस्करणमा लुम्बिनी लायन्सले उपाधिसँगै एक करोड १० लाख पुरस्कार पाएको थियो। यसपटक विजेताको पुरस्कार राशि बढाइएसँगै प्रतियोगिताको प्रतिस्पर्धात्मक आकर्षण र व्यावसायिक महत्त्व थप बढ्ने क्यानको अपेक्षा छ। एनपिएलको तेस्रो संस्करण सोमबारदेखि कीर्तिपुरस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट मैदानमा सुरु हुँदै छ। यस पटक पनि प्रतियोगितामा आठ वटा टोलीको सहभागिता रहनेछ।
Read Complete Original Article
Published originally on नेपालन्युज
Related News

१२ बजे १२ समाचार : यस्ता छन आजका प्रमुख समाचार
काठमाडाैँ । आज दिनभरका मुख्य १२ घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१२ बजे १२ समाचार’मा प्रस्तुत गरेका छौँ– १. एनपीएलको तेस्रो संस्करण भोलिदेखि नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करण... ...

दसैँपछि मुक्तिनाथ मन्दिरमा दर्शनार्थी बढे
मुस्ताङ । हिन्दु तथा बौद्ध धर्मालम्बीहरुको धार्मिक साझा तीर्थस्थल मुक्तिनाथ मन्दिरमा दसैँपछि भक्तजनको सङ्ख्या बढेको छ । दसैँ अगाडि प्रायः सुनसान जस्तै रहेको मुक्तिनाथ मन्दिरमा अहिले भने पर्यटकको चहलपहल बाक्लो... ...

सप्तरी सहिदहरूको भूमि हो : महामन्त्री संग्रौला
सप्तरी । नेपाली कांग्रेसका महामन्त्री महिला डा डिला संग्रौलाले सप्तरी सहिदहरूको भूमि भएको बताएकी छन् । सप्तरी क्षेत्र नं २ प्रदेश तथा नगर कार्यसमितिले राजविराजमा आज आयोजना गरेको दसैँ, तिहार तथा... ...

न्युक्यासलसँग क्रिस्टल प्यालेस २–० ले पराजित
काठमाडौँ । इङ्लिस प्रिमियर लिग फुटबलमा न्युक्यासल युनाइटेडले क्रिस्टल प्यालेसलाई २–० गोलले पराजित गरेको छ । आइतबार प्यालेसको घरेलु मैदान सेलहर्स्ट पार्कमा भएको खेलमा न्युक्यासलले दोस्रो हाफमा दुई गोल गरेको... ...


