एनपिएलको टिकट मूल्य निर्धारण, आज रातिबाट बुकिङ खुल्ने

नेपाल क्रिकेट सङ्घ (क्यान) ले तेस्रो सिजनको नेपाल प्रिमियर लिग (एनपिएल) को खेलको टिकट मूल्य निर्धारण गरेको छ । क्यानले आज सार्वजनिक गरेको विवरणअनुसार लिग चरणका खेलका लागि सामान्य टिकटको मूल्य ५०० र प्रिमियम टिकटको मूल्य १ हजार रुपैयाँ तोकिएको छ । त्यस्तै, एलिमिनेटर तथा फाइनल खेलका लागि सामान्य टिकटको मूल्य १ हजार र प्रिमियम टिकटको मूल्य २ हजार रुपैयाँ निर्धारण गरिएको छ । क्यानका अनुसार एनपिएलका टिकट आज साँझ ८ बजेदेखि इसेवामार्फत खरिद गर्न सकिनेछ । एनपिएल कात्तिक ९ गतेदेखि सुरु हुँदैछ ।
Read Complete Original Article
Published originally on फरकधार
Related News

फ्रान्समा विरोध कार्यक्रममाथि कडाइ, कर्फ्यू लगाउने तयारी
फ्रान्समा जीवनयापनको बढ्दो लागतविरुद्ध भएका प्रदर्शनका क्रममा लुटपाट, तोडफोड र आगजनी भएपछि सरकारले विरोध कार्यक्रममाथि प्रतिबन्ध तथा नियन्त्रणका उपाय कडा पारेको छ । शान्ति सुरक्षा कायम गर्न कर्फ्यु लगाउने तयारीसमेत गरिएको छ । राष्ट्रपति इम्यानुएल म्याक्रोँले शान्ति पुनर्बहाली सरकारको प्राथमिकता रहेको बताए । उनले शुक्रबार रक्षा परिषदको बैठक बोलाइएको र त्यसपछि आगामी प्रदर्शनबारे आवश्यक निर्णय गरिने जानकारी दिए । अक्टोबर १७ मा ...

भोटेकोशी बाढीको प्रतिकार्यका लागि तीन अर्ब अनुदान स्वीकृत
जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत, पुनःस्थापना तथा पुनर्निर्माणका लागि हानिनोक्सानी कोषले नेपाललाई २० मिलियन अमेरिकी डलर (करिब तीन अर्ब रुपैयाँ) अनुदान उपलब्ध गराउने निर्णय गरेको छ । कोषको बिहीबार बसेको विशेष बैठकले नेपाललाई उक्त अनुदान उपलब्ध गराउने निर्णय गरेको कृषि, वन तथा पर्यावरण मन्त्रालयले जनाएको छ । मन्त्रालयका सहसचिव एवं जलवायु परिवर्तन व्यवस्थापन महाशाखाका प्रमुख ...

एनपीएलको टिकट मूल्य ५०० देखि २ हजार रुपैयाँसम्म
काठमाडौं, कात्तिक ५ । नेपाल क्रिकेट संघ (क्यान) ले दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) का लागि टिकट मूल्य निर्धारण गरेको छ । आगामी अक्टोबर २६ देखि नोभेम्बर २१, २०२६ सम्म कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने प्रतियोगिताको लिग चरणमा साधारण टिकटको मूल्य ५०० र प्रिमियम टिकटको मूल्य एक हजार रुपैयाँ तोकिएको छ । त्यस्तै, इलिमिनेटर तथा क्वालिफायर ...

मौसम विभागको अनुरोध- साता दिनपछि वर्षा हुन सक्छ, अहिले नै त्रसित नहुनू
नेपाल मौसम विज्ञान विभागले आगामी मङ्गरबारदेखि मुलुकको केही भू–भागमा वर्षा हुनसक्ने सम्भावना रहे पनि त्रसित नहुन सबैसँग अनुरोध गरेको छ । मौसम पूर्वानुमान महाशाखाका मौसमविद् राजन महर्जनले हाल सामाजिक सञ्जालमा फैलाइएको हल्लालाई लक्षित गर्दै केही भागमा वर्षा भए पनि आत्तिनुपर्ने अवस्था नरहेको स्पष्ट पारे । ‘आगामी मङ्गलबारदेखि वर्षाको सम्भावना छ । तर, कुन स्थानमा कति र कहिलेसम्म वर्षा हुन सक्छ निश्चित ...


