‘एनपिएल’का सबै खेलमा ‘डिआरएस’ मा हुने, खेल समय पनि परिवर्तन

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डिआरएस) प्रयोग गरिने भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले आज प्रेस विज्ञप्ति जारी गर्दै प्रतियोगितामा उक्त प्रविधि लागू गर्ने जनाएको हो । क्यानका अनुसार एनपिएल २०२६ को सबै खेलमा ‘डिआरएस’ प्रविधिको प्रयोग गरिनेछ । ‘डिआरएस’को प्रयोगले खेल प्रतियोगिताका क्रममा मैदानमा खटिने ‘अम्पायर’बाट हुने निर्णयलाई चुनौती दिन टोलीलाई अवसर दिनेछ । ‘अम्पायर’को निर्णयप्रति असहमति जनाउने टोलीले मागदाबीसहित सम्बन्धित ‘फुटेज’ हेर्न सक्ने छ । यसैबीच, ‘डिआरएस’ को व्यवस्थासँगै खेल समय पनि परिवर्तन गरिएको क्यानले जनाएको छ । आज सार्वजनिक गरिएको संशोधित तालिकाअनुसार दैनिक दुई खेल हुने दिन पहिलो खेल दिउँसो १२ः३० बजे र दोस्रो खेल साँझ ५ः०० बजे सुरु हुनेछ । एक खेल हुने दिन भने खेल साँझ ५ः०० बजे सुरु हुने क्यानले जनाएको छ । प्रतियोगिता यही कात्तिक ९ गतेदेखि कीर्तिपुरस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट मैदानमा सुरु हुनेछ ।
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News

परिवारसँग दसैंको खाना नखाएको वर्षौं भयो
परदेशी भूमिमा गमिरहेछु- पहिले सामान्य लाग्ने पारिवारिक भेटघाट, आमाको हातले पकाएको खाना, बुबासँग बसेर गरिने कुराकानी र घरआँगनमा सुनिने हाँसोको मूल्य टाढा पुगेपछि मात्र गहिरोसँग महसुस हुँदो रहेछ। ...

अफगानिस्तानमा हिउँदसँगै भोकमरीको जोखिम बढ्दै, एक करोड ९२ लाख प्रभावित हुने अनुमान
काठमाडौँ । संयुक्त राष्ट्रसङ्घले आगामी हिउँदमा अफगानिस्तानमा एक करोड ९२ लाख मानिसले चरम खाद्य असुरक्षाको सामना गर्नुपर्ने चेतावनी दिएको छ । तीमध्ये करिब ५० लाख मानिस भोकमरीको आपत्कालीन अवस्थामा पुग्न... ...

कसरी मनाउँछन् अमेरिकामा रहेका नेपालीले दसैं ?
न्युयोर्कलगायतका स्थानमा रहेका नेपाली दसैंको तयारीमा जुटेका छन् । नेपाली ग्रोसरी स्टोर तथा पसलमा दसैंका सामान किन्नेहरूको चहलपहल बढेको छ । ...

क्रिकेट टोली स्वदेश फिर्ता
ओमानमा सम्पन्न आईसीसी विश्वकप लिग–२ शृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फर्किएको हो । ...


