एनपिएलः म्याथ्युज विराटनगर र शेड्ली लुम्बिनीमा आबद्ध

काठमाडौं । श्रीलङ्काका क्रिकेटर एन्जेलो म्याथ्युजले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) विराटनगर किङ्सबाट खेल्ने भएका छन् । विराटनगर किङ्ग्समा उनलाई स्वागत गर्दै उनी एक अनुभवी, उत्कृष्ट र शालीन खेलाडी भएको उल्लेख गरेको छ ।

म्याथ्युज अन्तरराष्ट्रिय क्रिकेटमा लामो अनुभव बटुलेका अनुभवी खेलाडी हुन् । श्रीलङ्काको टेस्ट तथा एकदिवसीय टोलीको कप्तानी सम्हालिसकेका ३९ वर्षीय म्याथ्युजले लामो समय राष्ट्रिय टोलीमा महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् । उनले आफ्नो अन्तरराष्ट्रिय करिअरमा टेष्टमा ११९ खेलमा आठ हजार २१४, एकदिवसीयमा २२६ खेलमा पाँच हजार ९१६ र ९० टी–२० अन्तरराष्ट्रिय खेलमा एक हजार ४१६ रन बनाएका छन् ।

बलिङतर्फ उनले टेष्टमा ३३, एकदिवसीयमा १२६ र टी–२० अन्तरराष्ट्रिय क्रिकेटमा ४५ विकेट लिएका छन् । म्याथ्युजले इण्डियन प्रिमियर लिग (आइपिएल) र लङ्का प्रिमियर लिग (एलपिएल) पनि खेलिसकेका छन् ।

यस्तै, दक्षिण अफ्रिकीमूलका अमेरिकन अलराउन्डर शेड्ली भान स्काल्कविकले लुम्बिनी लायन्सबाट एनपिएल खेल्ने भएका छन् । लुम्बिनीले आज सामाजिक सञ्जालमार्फत उनलाई टोलीमा अनुबन्ध गरेको जनाएको हो ।

शेड्लीले हालसम्म १३ एकदिवसीय खेल र १८ टी–२० अन्तरराष्ट्रिय खेल खेलेका छन् । उनले क्यारेबियन प्रिमियर लिग ९सिपिएल०, लङ्का प्रिमियर लिग ९एलपिएल०, आईएल टी–२० जस्ता प्रतिष्ठित लिगमा प्रतिस्पर्धा गरिसकेका छन् । तेस्रो संस्करणको एनपिएल यही कात्तिक ९ गतेदेखि काठमाडौँमा आयोजना हुँदैछ ।

Read Complete Original Article
Published originally on आर्थिक न्यूज
Related News

आज दशैं टीकाको तेस्रो दिन : टीका-जमरा लगाउने क्रम जारी
काठमाडौँ / विजयादशमीको मुख्य दिनदेखि सुरु भएको दशैंको टीका लगाउने क्रम आज द्वादशीमा पनि जारी रहनेछ। निधारमा रातो टीका र कानमा पहेँलो जमरा सिउरिएर मान्यजनबाट ...

तिब्बतमा शक्तिशाली भूकम्प : १६ जनाको मृत्यु, कति भयो क्षति ?
चीनको दुर्गम तिब्बत क्षेत्रमा बिहीबार राति गएको ७.० म्याग्निच्युडको भूकम्पमा परी कम्तीमा १६ जनाको मृत्यु भएको छ भने ४६ जना घाइते भएका छन् । भूकम्पका कारण ...

तीनदिने निजी तथा पारिवारिक भ्रमणका लागि भारततर्फ रवि लामिछाने, पत्नी निकितासहित तीर्थाटनमा
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीनदिने निजी तथा पारिवारिक भ्रमणका लागि भारततर्फ प्रस्थान गरेका छन्। उनी पत्नी निकिता लामिछाने र मन्त्री प्रतिभा रावलसहित भारत भ्रमणमा निस्किएका हुन्। प्राप्त विवरणअनुसार, लामिछाने आज बिहान काठमाडौंको विमानस्थलबाट हवाईजहाजमार्फत धनगढी प्रस्थान गरेका थिए। धनगढी पुगेपछि त्यहाँबाट भारततर्फ जाने उनको कार्य… ...

साउदी अरबमा २२ बंगलादेशी नागरिकको अवस्थाबारे अन्योल, दुई जनालाई मृत्युदण्ड दिइएको खबरले विवाद
काठमाडौं । साउदी अरबका जेलमा रहेका २२ जना बंगलादेशी नागरिकको मुद्दा र सजायबारे स्पष्ट जानकारी नपाएपछि बंगलादेशमा चिन्ता बढेको छ। साउदी अधिकारीहरूले बंगलादेशलाई पठाएको कैदीसम्बन्धी सूचीमा ती नागरिकको नामसँगै ‘दोषी’ उल्लेख भए पनि उनीहरूलाई के सजाय सुनाइएको हो भन्ने विवरण उपलब्ध नभएको बताइएको छ। यस सूचीमा मक्कास्थित एक मस्जिदमा अनैतिक आचरण गरेको आरोप… ...