एनटी फाइबरमा ग्राहकको आकर्षण

काठमाडौं।नेपाल टेलिकमले एनटी फाइबर सेवाअन्तर्गत ल्याएको इन्टरनेट प्याकेजमा ग्राहकको आकर्षण बढेको छ। नयाँ लाइन जडानसम्बन्धी जानकारी लिन टेलिकमको १९८ नम्बरमा सम्पर्क गर्ने ग्राहकको चाप बढेपछि कम्पनीले उक्त नम्बरको क्षमता वृद्धि गरेको छ। नेपाल टेलिकमका अनुसार एनटी फाइबरको नयाँ लाइन जडान गर्न इच्छुक ग्राहकले १९८ नम्बरमा कल गरी आफूलाई पायक पर्ने स्थानमा सेवा उपलब्ध भए–नभएको जानकारी लिन सक्ने छन्। नम्बरको क्षमता वृद्धि गरेपछि ग्राहकलाई आवश्यक जानकारी लिन र सेवा जडान प्रक्रिया अघि बढाउन सहज हुने अपेक्षा गरिएको छ। ग्राहकले एनटी फाइबर जडानका लागि अनलाइनबाट पनि अनुरोध गर्न सक्ने व्यवस्था टेलिकमले गरेको छ। यसका लागि https://complain.ntc.net.np मा लगइन गरी आफ्नो नेपाल टेलिकमको मोबाइल नम्बर प्रयोग गरेर आवश्यक विवरण पेस गर्न सकिनेछ। उक्त प्रणालीबाट इन्टरनेट जडानको अनुरोध गर्नुका साथै सेवासम्बन्धी गुनासो पनि दर्ता गर्न सकिने कम्पनीले जनाएको छ। टेलिकमले हालै एनटी फाइबरअन्तर्गत चार हजार ९९९ मा ३० एमबीपीएस गतिको इन्टरनेट प्याकेज उपलब्ध गराएको छ। ग्राहकको आवश्यकता र प्रयोगअनुसार अन्य प्याकेज पनि उपलब्ध छन्। इन्टरनेट सेवाको शुल्क, गति र गुणस्तरका आधारमा विभिन्न सेवा प्रदायकका प्याकेज तुलना गर्ने प्रवृत्ति बढिरहेका बेला तुलनात्मक रूपमा कम शुल्कमा इन्टरनेट सेवा लिन चाहने ग्राहक एनटी फाइबरतर्फ आकर्षित भएका कम्पनीले जनाएको छ।
Read Complete Original Article
Published originally on नेपालन्युज
Related News

छुमसुरको पहिरो हटेपछि खाँदबारी–किमाथांका सडकमा एकतर्फी यातायात सञ्चालन
नेपाली सेनाले आइतबार साँझ ब्लाष्टिङ गरेर पहिरो हटाएसँगै लामो समयदेखि अवरुद्ध सडकमा सवारीसाधन सञ्चालन भएको हो । ...

बूढीगण्डकीले बगाएको आरुघाट पुलमा जोडियो बेलिब्रिज
काठमाडौं । बूढीगण्डकी नदीको बाढीले क्षतिग्रस्त बनाएको गोरखा र धादिङ जोड्ने आरुघाटस्थित पुलको टुटेको भागमा बेलिब्रिज जडान गरिएको छ । बेलिब्रिज निर्माणको काम सम्पन्न भएसँगै यातायात सेवा पुन: सञ्चालन गर्ने तयारी गरिएको छ । बाढीले पुलको गोरखातर्फको २२ मिटर भाग बगाएपछि उक्त सडकखण्डमा सवारी आवागमन ठप्प भएको थियो । यातायात सेवा तत्काल सञ्चालनमा ल्याउने उद्देश्यले नेपाली सेना र गोरखा सडक योजनाको ...

एनटी फाइबरको प्याकेजमा ग्राहकको आकर्षण, अनलाइनबाटै सेवा लिन सकिने
• नेपाल टेलिकमले एनटी फाइबर सेवाअन्तर्गत नयाँ इन्टरनेट प्याकेजमा ग्राहकको चासो बढेको छ र १९८ नम्बरको क्षमता वृद्धि गरेको छ। • ग्राहकले अनलाइनमा पनि एनटी फाइबर जडानको लागि अनुरोध गर्न सक्ने व्यवस्था गरिएको छ। • एनटी फाइबरले रु चार हजार ९९९ मा ३० एमबीपीएस गतिको इन्टरनेट प्याकेज उपलब्ध गराएको छ, जसले तुलनात्मक रूपमा कम शुल्कमा सेवा चाहने ग्राहकलाई आकर्षित गरेको ...

त्रिवि क्रिकेट मैदानमा कात्तिक ८ गतेसम्म भिडियो छायाङ्कन र ड्रोन उडाउन रोक
काठमाडौँ। त्रिवि क्रिकेट मैदानमा अन्तिम तयारीका काम गर्नुपर्ने भएकाले आगामी आइतबार, कात्तिक ८ गतेसम्म भिडियो छायाङ्कन, युट्युब सामग्री निर्माण र ड्रोन उडाउन रोक लगाइएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले... ...


