Wednesday, November 18, 2026||
MultiKhabarMultiKhabar

एनएमबि बैंकको डिजिटल बैंकिङ सेवा अस्थायी रूपमा अवरुद्ध हुने

Share:WhatsAppFacebookX (Twitter)Telegram
एनएमबि बैंकको डिजिटल बैंकिङ सेवा अस्थायी रूपमा अवरुद्ध हुने
Photo / Coverage: कर्पोरट खबर

काठमाडौं । एनएमबि बैंकको डिजिटल बैंकिङ सेवा अस्थायी रूपमा अवरुद्ध हुने भएको छ । बैंकले प्रयोग गरिरहेको कोर बैंकिङ प्रणालीमा आवश्यक अपग्रेड तथा मर्मत कार्य गर्नुपर्ने भएकाले बैंकका विभिन्न सेवाहरू अस्थायी रूपमा अवरुद्ध हुने भएको हो । सेवा अवरुद्ध हुने समय तालिका मंसीर ४ गते (शुक्रबार) राति ८ बजेदेखि कात्तिक ६ गते (आइतबार) दिनको १ः३० बजेसम्म रहेको छ । बैंककाअनुसार यस अवधिमा बैंकद्वारा जारी गरिएका सबै डेबिट तथा क्रेडिट कार्ड, मोबाइल बैंकिङ र इन्टरनेट बैंकिङ सेवाहरू उपलब्ध हुने छैनन् । कोर बैंकिङ प्रणाली अपडेटका क्रममा ग्राहकवर्गमा पर्न जाने असुविधाप्रति बैंकले क्षमाप्रार्थी रहेको जनाएको छ । थप जानकारी वा सोधपुछका लागि बैंकको सम्पर्क नम्बर ०१–५९७०१५० मा सम्पर्क गर्न बैंकले अनुरोध गरेको छ । The post एनएमबि बैंकको डिजिटल बैंकिङ सेवा अस्थायी रूपमा अवरुद्ध हुने appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
उर्जामन्त्री श्रेष्ठ र विश्व बैंकका नेपाल प्रमुख सिस्लेनबीच भेटवार्ता
Latest NewsJust now

उर्जामन्त्री श्रेष्ठ र विश्व बैंकका नेपाल प्रमुख सिस्लेनबीच भेटवार्ता

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठ र विश्व बैंकका नेपाल प्रमुख डेभिड सिस्लेनबीच भेटवार्तामा भएको छ । भेटमा मन्त्री श्रेष्ठले ऊर्जा पूर्वाधारको उत्थानशीलता, जलविद्युत् आयोजनाको वित्तीय दिगोपन तथा प्रसारण र वितरण प्रणालीको सुधारलाई प्राथमिकता दिनुपर्ने बताएका हुन् । उनले सम्भावित विपद्बाट ऊर्जा पूर्वाधार सुरक्षित राख्न जोखिममा आधारित योजना, पूर्वसूचना प्रणाली, जलवायु जोखिम मूल्यांकन र विपद् व्यवस्थापन क्षमता बढाउन ...

कर्पोरट खबर
एआई प्रयोगमा व्यवसायलाई जिम्मेवार बनाउँदै न्युजिल्यान्ड
Latest NewsJust now

एआई प्रयोगमा व्यवसायलाई जिम्मेवार बनाउँदै न्युजिल्यान्ड

वेलिङ्टन । न्युजिल्यान्डको कमर्स कमिसनले व्यवसायमा कृत्रिम बुद्धिमत्ता (एआई) को प्रयोग गर्दा प्रतिस्पर्धा तथा उपभोक्ता संरक्षणसम्बन्धी कानुनी व्यवस्था कसरी लागू हुन्छ भन्ने विषयमा नयाँ निर्देशिका जारी गरेको छ । कमर्स कमिसनकी उपाध्यक्ष एनी क्यालिननले बुधबार जारी गरेको विज्ञप्तिमा एआईले व्यवसाय सञ्चालनको शैलीमा परिवर्तन ल्याए पनि यसले व्यवसायको कानुनी दायित्वमा कुनै परिवर्तन नगर्ने बताएका छन् । उनका अनुसार निर्णय मानिसले गरे पनि, ...

केन्द्रबिन्दु
शिशुको मृत्यु भएपछि अस्पतालमा तनाव
Latest NewsJust now

शिशुको मृत्यु भएपछि अस्पतालमा तनाव

दिपक गौतम वीरगञ्ज (पर्सा), मङ्सिर २ गते । उपचारका क्रममा १५ दिने नवजात शिशुको मृत्यु भएपछि वीरगञ्जमा रहेको नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल तनावग्रस्त बनेको छ ।शिशुको मृत्यु चि... ...

गोरखापत्र
जलवायु वित्त अनुदानमा आधारित सहज पहुँच हुनुपर्छ : मन्त्री चौधरी
Latest NewsJust now

जलवायु वित्त अनुदानमा आधारित सहज पहुँच हुनुपर्छ : मन्त्री चौधरी

जलवायु परिवर्तनका कारण नेपालले भोगिरहेको विपद्पछिको पुनः स्थापना र पुनर्निर्माणका लागि पाँच अर्ब अमेरिकी डलर आवश्यक रहेको उल्लेख गर्दै उनले अन्तर्राष्ट्रिय समुदायसँग जलवायु वित्तमा सहज पहुँचको व्यवस्था हुनुपर्ने बताएकी छन् । ...

कान्तिपुर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play