Wednesday, October 28, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/एनएफएल आयोजनाप्रति एनएसएलको आपत्ति

एनएफएल आयोजनाप्रति एनएसएलको आपत्ति

Share:WhatsAppFacebookX (Twitter)Telegram
एनएफएल आयोजनाप्रति एनएसएलको आपत्ति

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल)ले नेपाल फुटबल लिग (एनएफएल) आयोजना गर्ने तयारीप्रति असन्तुष्टि जनाउँदै अर्को कुनै लिग सञ्चालनका लागि आफूले स्वीकृति वा अनुमति नदिएको स्पष्ट पारेको छ । एनएफएलको पहिलो संस्करण आगामी फागुन १ गतेदेखि आयोजना गर्ने तयारी भइरहेको समाचार सार्वजनिक भएपछि एनएसएलले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै आफ्नो धारणा सार्वजनिक गरेको हो । एनएफएलमा एनएसएलमा सहभागी सातवटै फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्ने तयारी गरेपछि एनएसएलको यस्तो प्रतिक्रिया आएको हो । एनएसएलका प्रबन्ध निर्देशक श्रेयन्स कार्कीले जारी गरेको विज्ञप्तिमा नेपालमा मान्यता प्राप्त एकमात्र राष्ट्रव्यापी तथा शहरमा आधारित फुटबल लिग आयोजना गर्ने अधिकार आफूहरूसँग रहेको दाबी गरिएको छ । ‘हालैका समाचारमा आएजस्तो अन्य कुनै लिगका सम्बन्धमा एनएसएलले स्वीकृति वा अनुमति दिएको छैन,’ विज्ञप्तिमा भनिएको छ । एनएसएलले नेपाली फुटबलको विकासका लागि आफ्नो दीर्घकालीन दृष्टिकोण, अधिकार र जिम्मेवारीप्रति प्रतिबद्ध रहेको जनाएको छ । नयाँ लिग सञ्चालनको विषयमा आफ्नो धारणा स्पष्ट पार्दै एनएसएलले यसबारे आगामी कदम तय गर्ने प्रक्रिया अघि बढिरहेको र थप विवरण पछि सार्वजनिक गर्ने जनाएको छ । ‘नेपाली फुटबलको भविष्य खेलाडी र समर्थकको हितलाई केन्द्रमा राखेर सहकार्य, आपसी सम्मान र साझा प्रतिबद्धताका साथ अघि बढ्दामात्रै राम्रो हुने हाम्रो विश्वास छ,’ विज्ञप्तिमा उल्लेख छ । अखिल नेपाल फुटबल संघ (एन्फा) फिफाको निलम्बनमा परेपछि नेपाली फुटबलको घरेलु प्रतियोगिता सञ्चालनबारे अन्योल बढेको छ । सरकारी हस्तक्षेप भएको भन्दै फिफाले एन्फालाई निलम्बन गरेपछि घरेलु फुटबल प्रतियोगितासहित यसअघि सञ्चालन हुँदै आएको एनएसएलसमेत प्रभावित भएको छ । एनएफएलको पहिलो संस्करण आगामी फागुन १ गतेदेखि सञ्चालन गर्ने तयारी गरिएको छ । प्रतियोगितामा एनएसएलमा सहभागी हुँदै आएका काठमाडौं रेजर्स, ललितपुर सिटी, एफसी चितवन, पोखरा थन्डर्स, बुटवल लुम्बिनी, धनगढी एफसी र झापा एफसीले प्रतिस्पर्धा गर्ने तयारी छ । एनएसएलका सातवटै फ्रेन्चाइज टोली एनएफएलमा सहभागी हुने तयारी भइरहेका बेला आएको विज्ञप्तिले नेपाली फुटबलमा नयाँ लिगको वैधानिकता, सञ्चालन अधिकार र प्रतियोगिताबीचको समन्वयबारे थप प्रश्न उठाएको छ । एनएसएलले भने यस विषयमा आफ्नो आगामी कदमबारे थप विवरण सार्वजनिक गर्ने जनाएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →

Related News

प्रदर्शनीमा राख्ने तयारी
ताजा खबरJust now

प्रदर्शनीमा राख्ने तयारी

काठमाडौँ, कात्तिक ११ गते । अगाडि घन्टी झुन्डिएको । पछाडि खिया उप्केका पानी फाल्ने साना पम्प । बिचमा पानी ट्याङ्की, माथि फलामको भर्‍याङ । झट्ट हेर्दा सानो जिप जस्तो त्यो सवारी एक सय... ...

गोरखापत्र
नेपाली मौलिक कथालाई पर्दामा उतार्न सरकारको साढे तीन करोड
ताजा खबरJust now

नेपाली मौलिक कथालाई पर्दामा उतार्न सरकारको साढे तीन करोड

काठमाडौं । नेपाल सरकारले सांस्कृतिक पहिचान, राष्ट्रिय महत्त्व र सामाजिक चेतना झल्काउने मौलिक तथा यथार्थपरक चलचित्र निर्माणलाई प्रोत्साहन गर्न चालु आर्थिक वर्ष २०८३/८४ मा तीन करोड ५० लाख रुपैयाँ अनुदान उपलब्ध गराउने भएको छ । सूचना तथा सञ्चार मन्त्रालयले चलचित्र क्षेत्रको सिर्जनात्मक विकास र मौलिक कथावस्तुमा आधारित चलचित्र निर्माणलाई प्रवर्द्धन गर्ने उद्देश्यसहित अनुदानका लागि आवेदन आह्वान गरेको हो । मन्त्रालयले मंगलबार ...

हिमालय टाइम्स
अमेरिकी र अस्ट्रेलियन डलरको मूल्यमा गिरावट
ताजा खबरJust now

अमेरिकी र अस्ट्रेलियन डलरको मूल्यमा गिरावट

नेपाल राष्ट्र बैंकले आज (बुधबार)का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ।  आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुवेती र बहराइन दिनारसहित धेरैजसो विदेशी मुद्राको विनिमयदर घटेको छ। हिजो यी सबैजसो मुद्रा महँगिएका थिए।  आज अमेरकी डलर १ को खरिददर १५१ रुपैयाँ ८९ पैसा र बिक्रीदर १५२ रुपैयाँ ४९ पैसा छ। हिजो अमेरिकी डलर १ को ... ...

नेपालखबर
धान थन्क्याउन किसानलाई युवा जनशक्ति पाउनै मुस्किल
ताजा खबरJust now

धान थन्क्याउन किसानलाई युवा जनशक्ति पाउनै मुस्किल

भोजपुर ।गाउँघरबाट युवा जनशक्ति वैदेशिक रोजगारी तथा सहरतर्फ पलायन हुन थालेपछि भोजपुरका किसानलाई धान काट्न र थन्क्याउन कामदार पाउन मुस्किल हुन थालेको छ । खेतीपातीका लागि आवश्यक जनशक्ति अभाव हुँदा... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play