एनएफएलमा तीन नयाँ क्लब थपिने

काठमाडौं । फुटबल फ्रेन्चाइज नेपाल फुटबल लिग (एनएफएल) ले तीन नयाँ क्लब थप्ने भएको छ । लिगले विराटनगर, धरान, जनकपुर, वीरगन्ज, हेटौंडा, भक्तपुर, नेपालगन्ज र सुर्खेतलगायत सहरलाई आफ्नो प्रतिनिधित्व गर्ने फुटबल क्लब स्थापनाका लागि बोलपत्र पेस गर्न आह्वान शुक्रबार गरेको छ । नयाँ क्लबका लागि बोलपत्र पेस गर्ने अन्तिम मिति ३० कात्तिक तोकिएको छ । बोलपत्र फारामको शुल्क ५० हजार रुपैयाँ निर्धारण गरिएको छ । नयाँ क्लबका लागि आवेदन दिने इच्छुक पक्षले आफ्नो व्यावसायिक तथा वित्तीय इतिहास, १० वर्षको क्लब सञ्चालन योजना र सामाजिक विश्वसनीयतासम्बन्धी विवरण पेस गर्नुपर्नेछ । नेपाली फुटबललाई व्यावसायिक दिशातर्फ अघि बढाउने लक्ष्यसहित एनएफएलको पहिलो संस्करण १ फागुनदेखि हुने घोषणा भइसकेको छ । एनएफएलको पहिलो संस्करणमा घरेलु फुटबलका सात पुराना क्लबले यसअघि नै खेल्ने पक्का भइसकेको छ । हाल लिगमा काठमाडौं रेजर्स एफसी, ललितपुर सिटी एफसी, एफसी चितवन, पोखरा थन्डर्स, बुटवल लुम्बिनी एफसी, धनगढी एफसी र झापा एफसी छन् । रंगशालाको उपलब्धताका आधारमा प्रतियोगिता ‘होम एन्ड अवे’ प्रणालीमा सञ्चालन गर्ने योजना रहको जनाइएको छ । तयारी अवधिसहित एनएफएल करिब चार महिना सञ्चालन हुनेछ ।
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News

इजरायली विपक्षी गठबन्धनद्वारा प्रधानमन्त्रीको प्रत्यक्ष निर्वाचन गर्ने प्रस्ताव
काठमाडौं । इजरायलको विद्यमान राजनीतिक गतिरोध अन्त्य गर्न त्यहाँका विपक्षी दलहरू (चेन्ज ब्लक)ले प्रधानमन्त्रीको प्रत्यक्ष निर्वाचन प्रणाली लागु गर्ने कानुन अघि बढाउने विषयमा छलफल थालेका छन् । इजरायली सञ्चारमाध्यम ‘च्यानल १२’ का अनुसार, विपक्षी दलहरूले यस प्रस्तावलाई ‘नेतन्याहू मोडल–२०२१’ को नाम दिएका छन् । सन् २०२१ मार्चमा भएको अनिर्णीत निर्वाचनपछि गठबन्धन सरकार गठनको प्रयास असफल हुँदा तत्कालीन प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले पनि ...

अम्बे स्टिलमा आगलागी हुँदा ८ जना घाइते
विद्युत् सर्ट सर्किटपछि तीन फलाम पगाल्ने भट्टीमा लागेको आगो दमकल, सुरक्षाकर्मी र स्थानीयवासीको सहयोगमा नियन्त्रणमा लिइयो। ...

कर्मचारीले राजीनामा दिने क्रम बढ्दै
काठमाडौँ, कात्तिक १५ गते । पछिल्लो समय निजामती कर्मचारीले राजीनामा दिने क्रम बढ्दै गएको छ । नेपाल सरकारका सचिवदेखि कार्यालय सहयोगीसम्मले राजीनामा दिने क्रम तीव्र बन्दै गएको हो । रा... ...

बंगालको खाडीमा फेरि अर्को मौसमी प्रणाली, नेपालमा प्रभाव नपर्ने
काठमाडौं । बंगालको खाडीमा फेरि अर्को मौसमी प्रणाली विकास भएको छ । त्यो हाल न्यूनचापीय क्षेत्रका रूपमा रहेको भारत मौसम विज्ञान विभागले जनाएको छ । उक्त प्रणाली पश्चिम–उत्तरपश्चिम दिशातिर अघि बढ्ने र आज (नोभेम्बर १) मध्याह्नसम्ममा दक्षिण–पश्चिम तथा त्यससँग जोडिएको दक्षिण–पूर्वी बंगालको खाडीमा गहिरो न्यूनचापीय क्षेत्रमा परिणत हुने सम्भावना छ । त्यसपछि बिस्तारै त्यो भोलि (नोभेम्बर २) पश्चिम–मध्य बंगालको खाडीमा शक्तिशाली ...


