Saturday, November 21, 2026||
MultiKhabarMultiKhabar

एनएफएलमा तीन टिमका लागि २० वटा प्रस्ताव

Share:WhatsAppFacebookX (Twitter)Telegram
एनएफएलमा तीन टिमका लागि २० वटा प्रस्ताव
Photo / Coverage: हिमालय टाइम्स

काठमाडौं । नेपाल फुटबल लिग (एनएफएल)मा तीन नयाँ टोली थप्न आह्वान गरिएको बोलपत्रमा २० वटा प्रस्ताव परेको छ । त्यसमध्ये छनोट हुने तीन टिमले मात्रै लिग खेल्न पाउनेछन् । नयाँ टोलीका लागि विराटनगर, धरान, जनकपुर, वीरगञ्ज, हेटौँडा, भक्तपुर, नेपालगञ्ज र सुर्खेतका लागि प्रस्ताव माग गरिएको थियो । एनएफएलका कमिश्नर राजु घिसिङले भन्नुभयो, ‘आठ शहर लक्षित गरी खोलिएको बोलपत्रमा २० वटा प्रस्ताव प्राप्त भएको छ । पेश गरिएका बिडिङ रकम, व्यावसायिक तथा वित्तीय पृष्ठभूमि, सामाजिक विश्वसनीयता र १० वर्षको क्लब सञ्चालन योजनाका आधारमा तीन टोली छनोट गरिनेछ ।’ घोषणा गरिएको सात वर्षमा तीनपल्ट आयोजित नेपाल सुपरलिग (एनएसएल) मा काठमाडौं रेजर्स, ललितपुर सिटी, एफसी चितवन, पोखरा थन्डर्स, बुटवल लुम्बिनी, धनगढी एफसी र झापा एफसी एनएफएलका संस्थापक हुन् । यी सात क्लब र नयाँ तीन टिमसहित १० टोलीले ‘होम एण्ड अवे’का आधारमा एनएफएलमा प्रतिस्पर्धा गर्नेछन् । पहिलो संस्करण फागुन १ गते सुरु हुनेछ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
नेपाली फुटबलको प्रतिबन्ध हट्ने बाटो खुल्यो
Latest NewsJust now

नेपाली फुटबलको प्रतिबन्ध हट्ने बाटो खुल्यो

काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले अखिल नेपाल फुटबल संघ (एन्फा) माथि लगाएको अन्तर्राष्ट्रिय निलम्बन फुकुवाका लागि सकारात्मक संकेत दिएको छ । तर, त्यसका लागि वर्तमान अध्यक्ष पंकजविक्रम नेम्वाङकै नेतृत्वमा एन्फाको तहगत निर्वाचन सम्पन्न गर्नुपर्ने शर्त राखेको छ । बिहीबार थाइल्याण्डको बैंककमा नेपाल सरकार, राष्ट्रिय खेलकुद परिषद् (राखेप), फिफा र एसियाली फुटबल महासंघ (एएफसी) का प्रतिनिधिबीच भएको छलफलमा सहमति ...

हिमालय टाइम्स
सन्तोषी श्रेष्ठलाई दुई स्वर्ण, दुवैमा कोर्स रेकर्ड
Latest NewsJust now

सन्तोषी श्रेष्ठलाई दुई स्वर्ण, दुवैमा कोर्स रेकर्ड

काठमाडौं । नेपाली धाविका सन्तोषी श्रेष्ठले माल्दिभ्समा आयोजित १७औँ संस्करणको धिरागु रोड रेस २०२६ मा दुई विधामा कोर्स रेकर्डसहित स्वर्ण पदक जित्नुभएको छ । हुलुमालेस्थित सेन्ट्रल पार्कमा आयोजित प्रतियोगितामा सन्तोषीले महिला हाफ म्याराथन र पाँच किलोमिटर दौडमा स्वर्ण जित्नुभएको हो । उहाँले हाफ म्याराथन एक घण्टा २६ मिनेट ३९ सेकेन्डमा पूरा गर्दै नयाँ कोर्स रेकर्ड बनाउनुभयो । यसअघि पनि दुवै ...

हिमालय टाइम्स
ह्यारी केन केही महिना मैदानबाहिर रहने
Latest NewsJust now

ह्यारी केन केही महिना मैदानबाहिर रहने

म्युनिख । इंग्ल्याण्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केन बायाँ गोलीगाँठाको लिगामेन्ट च्यातिएपछि केही महिनाका लागि मैदानबाहिर रहने हुनुभएको छ । बायर्नले कोलोनसँग खेलेको जर्मन बुन्डेसलिगा खेलमा चोट लागेपछि केनले आगामी केही महिना खेल्न नसक्ने जनाएको हो । बायर्न म्युनिख र कोलोनबीचको खेल १-१ को बराबरीमा सकिएको थियो । खेलको २०औँ मिनेटमा कोलोनका डिफेन्डर जोएल स्मिडसँगको टक्करपछि केन ...

हिमालय टाइम्स
कस्तो छ आइतबारको दिन तपाईको ?
Latest NewsJust now

कस्तो छ आइतबारको दिन तपाईको ?

२०८३ मंसिर ६ गते आइतबारको राशिफल मेषतपाईको दिन शुभ रहने छ । काममा सफल बन्नु हुने छ । मिष्ठान्न भोजन मिल्ने छ । दाम्पत्य जिवन सुखद हुने छ । वृषस्वास्थ्यमा समस्या आउन सक्छ । अनावश्यक यात्रा तथा व्यर्थको कामको लागी धन खर्च हुन सक्छ । मिथुनव्यापार–व्यवसायमा सफलता मिल्ने छ । धनलाभ होला । सन्तान र स्त्रीबाट सहयोग मिल्न सक्छ । कर्कटदिन शुभ रहने छ ...

टक्सार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play